Date
शुक्र, अशोज ३०, २०८३
Fri, October 16, 2026

वीरगंज क्लेजद्वारा पत्रकार पासवानसहित ३ जना सम्मानित

spot_img
spot_img

वीरगंज । वीरगंज कलेजले आयाेजना गरेकाे स्वागत तथा प्रशिक्षण कार्यक्रम साेमबार सम्पन्न भएको छ । एसईई उत्तिर्ण गरि कक्षा ११ का विभिन्न संकायमा भर्ना भएका विद्यार्थीहरुको लागि कलेजले आयोजना गरेकाे ३ दिने कार्यक्रम सम्पन्न भएको हो ।

कलेजका सञ्चालक समितिका अध्यक्ष डा. दिपेन्द्र कुमार चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा संविधान दिवसकाे अवसरमा जन सेवा प्रदान गरेकाेमा कदर गर्दै कलेजले पत्रकार बृजलाल पासवानसहित ३ जनालाई सम्मान समेत गरेकाे थियाे ।

यस्तै, पत्रकार पासवानसहित कोभिड महामारीका क्रममा जनजीवन साम्य पार्न योग्दान पुर्याएको भन्दै कलेजले सामाजिक अभियन्ता कमल चौगाई र ओम प्रकाश सर्राफलाई सम्मान गरेको थियाे ।

कार्यक्रमका प्रमुख अतिथी बीरगन्ज महानगरपालिकाका नगरप्रमुख विजय कुमार सरावगीले सम्मान पत्र र दोसल्ला ओढाएर तीनै जनालाई सम्मान गरेका थिए ।

सम्मान ग्रहणपश्चात कार्यक्रममा वाेल्दै पत्रकार पासवानले जीवन सफल हुन संसारकाे सफल व्यक्तिहरुकाे इतिहास अध्ययन गर्दै आफ्नाे पनि आत्मबल मजबुत पारी मिहेनेत साथ अध्ययन गर्नु पर्ने वताए । उनले संसारका सफल व्यक्तिहरुकाे बारेमा अध्ययन गरे धेरे ज्ञान मिल्ने वताए । 

सामाजिक अभियन्ताद्वयले परिवर्तनका संवाहक भनिने युवाहरुको जमात सामाजिक क्षेत्रमा सक्रिय हुनुपर्नेमा जोड दिए । हरेक सामाग्रीको डेट एक्सपाएर हुने जस्तै अब पुराना नेताहरुको डेट एक्सपाएर भएको बताउँदै अध्यक्ष चौगाईले पुराना नेताहरुको अनुभव र नयाँ सृजनशिल युवाहरुको क्षमता र ज्ञानका आधारमा सरकार सञ्चालन गर्ने बेला आएको बताए ।

भिस्वा हाेटलमा भएकाे कार्यक्रममा वीरग‌ंज उद्याेग वाणिज्य संघका उपाध्यक्ष हरि गाैतम, नेपाल पत्रकार महासंघ प्रदेश नं. २ का सचिव श्याम बन्जारा, बैंक अफ काठमाडाैं प्रदेश न‌ं. २ का प्रमुख दिपक कुमार श्रेष्ठ, वीरगंज कलेजका प्रमुख विनाेद गुप्ता, नेपाल दलित मुक्ति संगठन पर्साका अध्यक्ष सुशिल हजारा लगायतकाे सहभागिता रहेकाे थियाे । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

चाडपर्वमा खाद्य स्वच्छता कायम गर्न व्यवसायीलाई विभागको निर्देशन

काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले दसैँ, तिहार र छठलगायतका चाडपर्वलाई लक्षित गर्दै होटल, रेष्टुरेन्ट, मिठाइ पसल तथा भोजनालय सञ्चालकलाई खाद्य स्वच्छता...

भोटेकोशी बाढीः काभे्रका ३७ जनालाई मृत घोषणाको प्रक्रिया थालियो

काभ्रेपलाञ्चोक । रसुवाको भोटेकोशीमा भदौ १० गते आएको बाढीपछि बेपत्ता भएका काभे्रपलाञ्चोकका ३७ जनालाई मृत घोषणा गर्ने प्रक्रिया अघि बढाइएको छ । यसका लागि...

आश्विन शुक्ल षष्ठीः कात्यायनी देवीको विशेष पूजा आराधना गरिँदै

काठमाडौँ । दुर्गा पक्ष अर्थात् नवरात्रको छैटौँ दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी छैटौँ कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गरिँदैछ । प्रत्येक वर्ष...