Date
शुक्र, अशोज ३०, २०८३
Fri, October 16, 2026

वीरगंजका पत्रकारद्वारा भारतका पत्रकार तिवारी सम्मानित

spot_img
spot_img

वीरग‌ंज । वीरगंजका पत्रकारहरुले मिडिया फर वाेर्डर हार्माेनी भारतका अध्यक्ष अमरेन्द्र तिवारीलाई सम्मान गरेका छन् ।

वीरगंज आएका भारतका बरिष्ठ पत्रकार तिवारीलाई रेडियाे वीरगंजमा बुधबार सांझ एक कार्यक्रमकाे आयाेजना गरी वीरगंजका पत्रकारहरुले स्वागत तथा सम्मान गरेका हुन् ।

रेडियो वीरगंजका कार्यकारी अध्यक्ष ध्रुव साहकाे अध्यक्षतामा भएकाे कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव दिपेन्द्र चाैहानले गमछा र फुलकाे माला लगाई मायाँकाे चिन्हाे प्रदान गरी सम्मान गरेका थिए ।

स्वागत तथा सम्मान कार्यक्रममा बाेर्डर फाेर हार्माेनी नेपालका अध्यक्ष अनिल तिवारी, समाजवादी प्रेस संगठनका नेता बृजलाल पासवान, पत्रकार रितेश त्रिपाठी, आरके पटेल, मनोज पटेल, नरेश सराफ, शम्भु कुमार सुमन, हरिशंकर शर्मा, एसएम जहान गस्त, उदय दास लगायतकाकाे उपस्थिती रहेकाे थियाे ।

एक महिना अघि भारत भ्रमणमा गएका वीरगंजका पत्रकारहरुलाई मिडिया फाेर हार्माेनीले भारतमा भव्य स्वागत तथा सम्मान गरेकाे थियाे । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

चाडपर्वमा खाद्य स्वच्छता कायम गर्न व्यवसायीलाई विभागको निर्देशन

काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले दसैँ, तिहार र छठलगायतका चाडपर्वलाई लक्षित गर्दै होटल, रेष्टुरेन्ट, मिठाइ पसल तथा भोजनालय सञ्चालकलाई खाद्य स्वच्छता...

भोटेकोशी बाढीः काभे्रका ३७ जनालाई मृत घोषणाको प्रक्रिया थालियो

काभ्रेपलाञ्चोक । रसुवाको भोटेकोशीमा भदौ १० गते आएको बाढीपछि बेपत्ता भएका काभे्रपलाञ्चोकका ३७ जनालाई मृत घोषणा गर्ने प्रक्रिया अघि बढाइएको छ । यसका लागि...

आश्विन शुक्ल षष्ठीः कात्यायनी देवीको विशेष पूजा आराधना गरिँदै

काठमाडौँ । दुर्गा पक्ष अर्थात् नवरात्रको छैटौँ दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी छैटौँ कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गरिँदैछ । प्रत्येक वर्ष...