Date
शुक्र, अशोज ३०, २०८३
Fri, October 16, 2026

वीउवा संघका अध्यक्ष गुप्ता “प्रोफेसनल डक्टरल सर्टिफिकेट”बाट सम्मानित

spot_img
spot_img

वीरगंज । वीरगंज उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुबोध कुमार गुप्तालाई युरोपियन इन्टरनेशनल युनिभरसिटी, पेरिस, फ्रान्सले ग्लोबल लिडरसीप एण्ड म्यानेजमेन्टमा “प्रोफेसनल डक्टरल सर्टिफिकेट”बाट सम्मानित गरेको छ । सेराटन दुबई क्रिक होटल्स एण्ड टावर्समा आयोजित कार्यक्रममा गुप्तालाई युनिभरसिटीले भव्य समारोहका बीच सम्मान गरेको हो ।

उनले वर्षौदेखि सामाजिक सेवा, संस्थागत र आर्थिक विकासको क्षेत्रमा पु¥याएकाे उल्लेखनीय योगदानका फलस्वरुप युरोपियन इन्टरनेशनल युनिभरसिटीको मोनिटरिङ्ग बोर्डले गुप्तालाई “प्रोफेसनल डक्टरल सर्टिफिकेट” दिने निर्णय गरेकाे हो ।

बारा–पर्साका नीजिक्षेत्रका छाता संगठन वीरगञ्ज उद्योग वाणिज्य सङ्घको अध्यक्षका हैसियतले गुप्ताले प्राप्त गर्नु भएको यस किसिमको अन्तर्राष्ट्रिय क्षेत्रमा प्रतिष्ठित सम्मान वहाँको लागि मात्र नभई वीरगञ्ज उद्योग वाणिज्य सङ्घ र बारा–पर्साका सम्पूर्ण उद्योगी व्यवसायीको लागि गौरवको बिषय भएको वीरगंज उद्याेग वाणिज्य संघका कार्यवाहक अध्यक्ष अनिल कुमार अग्रवालले वताए ।

साथै गुप्ता नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारणी सदस्य र नेपाल चामल, तेल, दाल उद्योग महासंघका केन्द्रिय अध्यक्ष भएको नाताले राष्ट्रका सम्पूर्ण उद्यमी व्यवसायीको लागि यो सम्मान महत्वको बिषय बनेको उनले वताए ।

नेपालको जिल्ला नगर उद्योग वाणिज्य संघ क्षेत्रबाट अध्यक्षको हैसियतले उल्लेखित सम्मान ग्रहण गर्ने गुप्ता पहिलो व्यक्तित्व हुन् । वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष गुप्तालाई यस किसिमको अन्तर्राष्ट्रिय सम्मान प्रदान गरिएकोमा युरोपियन इन्टरनेशनल युनिभरसिटी प्रति संघले हार्दिक आभार समेत व्यक्त गरेकाे छ ।

उनले आफ्नो व्यापार, व्यवसायको अलावा सामाजिक सेवा, संस्थागत तथा आर्थिक विकासका लागि विभिन्न सामाजिक एवम् व्यावसायिक संघ–संस्थाहरुमा आबद्ध रही नेपालको उद्योग, व्यापारको प्रबर्द्धन निमित्त विगत २ दशकदेखि निर्वाह गरेकाेमा नेतृत्वदायी भूमिकाका फलस्वरुप यस्तो अन्तर्राष्ट्रिय सम्मान प्राप्त गर्न सफल भएकाे संघका कार्यवाहक अध्यक्ष अग्रवालले वताए ।

गुप्ता वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य, नेपाल चामल, तेल, दाल उद्योग संघका केन्द्रीय अध्यक्षका साथै नेउवामहासङ्घ–बैंकिङ्ग, फाइनान्स एण्ड इन्स्योरेन्स कमिटीका उप–सभापति, नेउवामहासङ्घ–प्रदेश नं. २, नेपाल रेल्वे माध्यमिक विद्यालय, वीरगञ्ज र नेपाल रेडक्रस सोसाइटी, पर्साका सल्लाहकारको रुपमा हाल पनि सक्रिय रुपमा आफ्नो भूमिका निर्वहन गरि राखेका छन् ।

यस अघि उनलाई लायन्स क्लब इन्टरनेशनल, अञ्चल प्रहरी कार्यालय नारायणी, राष्ट्रिय सरोकार मञ्च नेपाल, उद्योग वाणिज्य सङ्घ–सिमरा, नागरिक सरोकार सेवा समाज सुधार समिति, नेपाल हिमालय सिमापार वाणिज्य सङ्घ, सानो पाइला, मानव सेवा आश्रम, नेपाल युवा उद्यमी मञ्च, निर्यात व्यवसायी महासङ्घ नेपाल लगायत विभिन्न सङ्घसंस्थाहरुले विभिन्न समयमा सम्मानित गरि सकेकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

चाडपर्वमा खाद्य स्वच्छता कायम गर्न व्यवसायीलाई विभागको निर्देशन

काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले दसैँ, तिहार र छठलगायतका चाडपर्वलाई लक्षित गर्दै होटल, रेष्टुरेन्ट, मिठाइ पसल तथा भोजनालय सञ्चालकलाई खाद्य स्वच्छता...

भोटेकोशी बाढीः काभे्रका ३७ जनालाई मृत घोषणाको प्रक्रिया थालियो

काभ्रेपलाञ्चोक । रसुवाको भोटेकोशीमा भदौ १० गते आएको बाढीपछि बेपत्ता भएका काभे्रपलाञ्चोकका ३७ जनालाई मृत घोषणा गर्ने प्रक्रिया अघि बढाइएको छ । यसका लागि...

आश्विन शुक्ल षष्ठीः कात्यायनी देवीको विशेष पूजा आराधना गरिँदै

काठमाडौँ । दुर्गा पक्ष अर्थात् नवरात्रको छैटौँ दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी छैटौँ कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गरिँदैछ । प्रत्येक वर्ष...