Date
मङ्ल, साउन १२, २०८३
Tue, July 28, 2026

वीरगञ्जमा सुरक्षित गर्भपतन सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

spot_img
spot_img

वीरगंज ।  अन्तराष्ट्रिय सुरक्षित गर्भपतन दिवसको अवसरमा वीरगञ्जमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । युवा नामक गैरसरकारी संस्थाले संस्कृति वीरगञ्जसँगको सहकार्यमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएकाे हो ।

संस्थाका कोषाध्यक्ष शतिष कर्णको सभापतित्वमा भएको उद्घाटन समारोहलाई सम्बोधन गर्दै वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीले सुरक्षित गर्भपतनले नेपालमा वैधानिकता पाएको भएपनि धेरै नागरिक अनविज्ञ रहेको बताए । यौन तथा प्रजनन स्वास्थ्यको बारेमा सबैलाई सचेत बनाउन संघ संस्थाहरुको भूमिका महत्वपूर्ण हुने बताउँदै मेयर सरावगीले वीरगञ्ज महानगरपालिका पनि सहकार्य गर्न तयार रहेको बताए । 

त्यसैगरी पर्साको पोखरिया नगरपालिकाकी उपप्रमुख सलमा खातुनले गर्भपतन जस्तो संवेदनशिल विषयमा बहस र बिमर्स हुनुपर्ने आवश्यक्ता औँल्याईन् । अँझै पनि हाम्रो समाजमा यस विषयमा खुलेर कुरा गर्ने अवस्था नरहेको हुँदा लुकाउनुपर्ने र लाज मान्ने अवस्थाको अन्त्यका लागि सबै जागरुप हुनुपर्नेमा खातुनले जोड दिईन् । शिक्षा र समाजको तादम्यता नमिल्दा समस्या भएको बताउँदै उपप्रमुख खातुनले ग्रामिण क्षेत्रमा गर्भपतन सम्बन्धी ज्ञानको अभावकै कारण धेरैले नचाहेर पनि सन्तान जन्माउनुपर्ने बाध्यता रहेको बताईन् । 

उद्घाटन पश्चातको अन्तरक्रिया कार्यक्रममा वीरगञ्ज महानगरपालिकाको स्वास्थ्य तथा सामाजिक विकास महाशाखा संयोजक अरुण कुमार महतोले वीरगञ्ज महानगरपालिकाले स्वास्थ्य सँगै प्रजनन स्वास्थ्यलाई पनि प्राथमिकता दिएको बताए । वीरगञ्जको वडा नम्बर ९ र नारायणी अस्पताल  पर्ने वडा नमबर ३ र ४ बाहेक अरु सबै वडामा आधारभुत स्वास्थ्यको सुनिश्चितता भइसकेको महतोको भनाई छ । अशिक्षाकै कारण मातृ मृत्युदर पनि उच्च रहेको हुँदा सचेतना र जागरण फैलाउनुको विकल्प नरहेको महतोले बताए । 

नारायणी अस्पतालकी स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा. प्रीति यादवले यौन तथा प्रजनन स्वास्थ्यको बारेमा ज्ञान भएर समाज र परिवारको डरका कारण पनि युवाहरु हिचकिचाउने गरेको बताईन् । उनले भनिन्, ‘१२ हप्तासम्मको गर्भलाई चिकित्सकको मञ्जुरीमा सुरक्षित रुपमा गर्भपतन गर्न सकिन्छ । सबैलाई जनचेतना जगाउन सके गर्भपतन गर्ने अवस्था नै आउँदैन ।’ ‘गर्भपतन भन्दा अगाडी नै अरु धेरै उपायहरु भएको हुँदा गर्भपतन अन्तिम विकल्प हो’, डा. यादवले भनिन् । 

सामाजिक अभियानता एवम् महिला अधिकारकर्मी डा. सुष्मा तिवारी द्विवेदीले गर्भपतनलाई परिवार नियोजनको साधन बनाउन नहुने बताईन् । आफुले पनि गर्भपतन गर्दाको पिडा सुनाउँदै डा. द्विवेदीले भनिन्  ‘हाम्रो समाज  अशिक्षित छ । परिवारसँग यौन र प्रजननका कुरा गर्ने छोराछोरीलाई संस्कारी मान्दैन । जुन एउटा ठूलो समस्या हो । आधारभूत तहको पाठ्यक्रममा पनि यौन तथा प्रजनन स्वास्थ्यलाई समावेश गर्नुपर्छ ।’ विशेष गरी किशोर किशोरीको गोपनीयतालाई मध्यनजर गर्दै फोन तथा म्यासेज जस्ता भौतिक उपस्थिती बिना नै सल्लाह र सुझाव दिने व्यवस्था गर्नुपर्ने डा. द्विवेदीको धारणा छ ।

सुरक्षित गर्भपतन सम्बन्धी काम गर्दै आएको म्यारीस्टोपका सुरेश ठाकुरले अभिभावकहरुको चेतनास्तर माथी उकास्नुपर्ने बताए । छोरी र अभिभावकबिच गर्भपतन सम्बन्धी खुलेर कुरा गर्ने अवस्था आएमा मात्रै परिवर्तित हुने ठाकुरको भनाई छ । अन्तरक्रिया कार्यक्रममा युवाकी उपाध्यक्ष निशा अधिकारीले सहजकर्ताको भूमिका निर्वाह गरेकी थिईन् । 

संस्कृति वीरगञ्जका संयोजक आँशु कुमार सर्राफले धन्यवाद व्यक्त गरेको कार्यक्रमको सहजिकरण युवा वीरगञ्जका विवेक कर्ण र रेखा सिँहले गरेका थिए । 

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

एसपीसँगको विवादपछि नारायणी अस्पतालका ६५ चिकित्सकले दिए सामूहिक राजीनामा

वीरगंज । उपचारका क्रममा बिरामीको मृत्यु भएपछि उत्पन्न विवादका बीच आन्दोलनरत वीरगंजस्थित नारायणी अस्पतालका ६५ जना चिकित्सकले सामूहिक राजीनामा दिएका छन् । चिकित्सकहरूले अस्पतालमा...

कञ्चन झा भन्छन्– ‘पर्सा प्रशासनको नाकामीले देशव्यापी संकट निम्त्यायो’

वीरगञ्ज । नेपाली कांग्रेसका युवा नेता कञ्चन झाले नारायणी अस्पतालमा उत्पन्न विवाद र त्यसपछि देशभर फैलिएको चिकित्सक आन्दोलनलाई पर्सा प्रहरी–प्रशासनको असफलताको परिणाम भएको बताएका...

ओपन डिबेट एन्ड इम्प्रोम्प्टु स्पिच च्याम्पियनसिप २०२६’ को अडिसन सम्पन्न, २० विद्यार्थी दोस्रो चरणका लागि छनोट

वीरगंज । राष्ट्रिय अग्रवाल प्रज्ञा प्रतिष्ठान, वीरगञ्ज र वीरगञ्ज टोस्टमास्टर्स क्लबको संयुक्त आयोजनामा सञ्चालन भइरहेको ‘Open Debate & Impromptu Speech Championship 2026’ को पहिलो...