Date
शुक्र, कार्तिक १४, २०८३
Fri, October 30, 2026

वीरगञ्जमा सुरक्षित गर्भपतन सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

spot_img
spot_img

वीरगंज ।  अन्तराष्ट्रिय सुरक्षित गर्भपतन दिवसको अवसरमा वीरगञ्जमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । युवा नामक गैरसरकारी संस्थाले संस्कृति वीरगञ्जसँगको सहकार्यमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएकाे हो ।

संस्थाका कोषाध्यक्ष शतिष कर्णको सभापतित्वमा भएको उद्घाटन समारोहलाई सम्बोधन गर्दै वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीले सुरक्षित गर्भपतनले नेपालमा वैधानिकता पाएको भएपनि धेरै नागरिक अनविज्ञ रहेको बताए । यौन तथा प्रजनन स्वास्थ्यको बारेमा सबैलाई सचेत बनाउन संघ संस्थाहरुको भूमिका महत्वपूर्ण हुने बताउँदै मेयर सरावगीले वीरगञ्ज महानगरपालिका पनि सहकार्य गर्न तयार रहेको बताए । 

त्यसैगरी पर्साको पोखरिया नगरपालिकाकी उपप्रमुख सलमा खातुनले गर्भपतन जस्तो संवेदनशिल विषयमा बहस र बिमर्स हुनुपर्ने आवश्यक्ता औँल्याईन् । अँझै पनि हाम्रो समाजमा यस विषयमा खुलेर कुरा गर्ने अवस्था नरहेको हुँदा लुकाउनुपर्ने र लाज मान्ने अवस्थाको अन्त्यका लागि सबै जागरुप हुनुपर्नेमा खातुनले जोड दिईन् । शिक्षा र समाजको तादम्यता नमिल्दा समस्या भएको बताउँदै उपप्रमुख खातुनले ग्रामिण क्षेत्रमा गर्भपतन सम्बन्धी ज्ञानको अभावकै कारण धेरैले नचाहेर पनि सन्तान जन्माउनुपर्ने बाध्यता रहेको बताईन् । 

उद्घाटन पश्चातको अन्तरक्रिया कार्यक्रममा वीरगञ्ज महानगरपालिकाको स्वास्थ्य तथा सामाजिक विकास महाशाखा संयोजक अरुण कुमार महतोले वीरगञ्ज महानगरपालिकाले स्वास्थ्य सँगै प्रजनन स्वास्थ्यलाई पनि प्राथमिकता दिएको बताए । वीरगञ्जको वडा नम्बर ९ र नारायणी अस्पताल  पर्ने वडा नमबर ३ र ४ बाहेक अरु सबै वडामा आधारभुत स्वास्थ्यको सुनिश्चितता भइसकेको महतोको भनाई छ । अशिक्षाकै कारण मातृ मृत्युदर पनि उच्च रहेको हुँदा सचेतना र जागरण फैलाउनुको विकल्प नरहेको महतोले बताए । 

नारायणी अस्पतालकी स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा. प्रीति यादवले यौन तथा प्रजनन स्वास्थ्यको बारेमा ज्ञान भएर समाज र परिवारको डरका कारण पनि युवाहरु हिचकिचाउने गरेको बताईन् । उनले भनिन्, ‘१२ हप्तासम्मको गर्भलाई चिकित्सकको मञ्जुरीमा सुरक्षित रुपमा गर्भपतन गर्न सकिन्छ । सबैलाई जनचेतना जगाउन सके गर्भपतन गर्ने अवस्था नै आउँदैन ।’ ‘गर्भपतन भन्दा अगाडी नै अरु धेरै उपायहरु भएको हुँदा गर्भपतन अन्तिम विकल्प हो’, डा. यादवले भनिन् । 

सामाजिक अभियानता एवम् महिला अधिकारकर्मी डा. सुष्मा तिवारी द्विवेदीले गर्भपतनलाई परिवार नियोजनको साधन बनाउन नहुने बताईन् । आफुले पनि गर्भपतन गर्दाको पिडा सुनाउँदै डा. द्विवेदीले भनिन्  ‘हाम्रो समाज  अशिक्षित छ । परिवारसँग यौन र प्रजननका कुरा गर्ने छोराछोरीलाई संस्कारी मान्दैन । जुन एउटा ठूलो समस्या हो । आधारभूत तहको पाठ्यक्रममा पनि यौन तथा प्रजनन स्वास्थ्यलाई समावेश गर्नुपर्छ ।’ विशेष गरी किशोर किशोरीको गोपनीयतालाई मध्यनजर गर्दै फोन तथा म्यासेज जस्ता भौतिक उपस्थिती बिना नै सल्लाह र सुझाव दिने व्यवस्था गर्नुपर्ने डा. द्विवेदीको धारणा छ ।

सुरक्षित गर्भपतन सम्बन्धी काम गर्दै आएको म्यारीस्टोपका सुरेश ठाकुरले अभिभावकहरुको चेतनास्तर माथी उकास्नुपर्ने बताए । छोरी र अभिभावकबिच गर्भपतन सम्बन्धी खुलेर कुरा गर्ने अवस्था आएमा मात्रै परिवर्तित हुने ठाकुरको भनाई छ । अन्तरक्रिया कार्यक्रममा युवाकी उपाध्यक्ष निशा अधिकारीले सहजकर्ताको भूमिका निर्वाह गरेकी थिईन् । 

संस्कृति वीरगञ्जका संयोजक आँशु कुमार सर्राफले धन्यवाद व्यक्त गरेको कार्यक्रमको सहजिकरण युवा वीरगञ्जका विवेक कर्ण र रेखा सिँहले गरेका थिए । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

छठअघि सिर्सिया नदी सफा राख्न उद्योग विभागको निर्देशन

वीरगञ्ज । उद्योग विभागले प्रशोधन नगरी वा निर्धारित वातावरणीय मापदण्डविपरीतको फोहोर पानी नदी तथा खोलामा सिधै विसर्जन नगर्न देशभरका उद्योगहरूलाई निर्देशन दिएको छ। विशेषगरी वीरगञ्ज–पथलैया...

मधेस प्रदेशमा अब चौमासिक रूपमा आन्तरिक लेखापरीक्षण हुने

जनकपुरधाम । मधेस प्रदेश सरकारले सरकारी निकायहरूको आर्थिक कारोबारमा वित्तीय अनुशासन र पारदर्शिता कायम गर्ने उद्देश्यले अब चौमासिक रूपमा आन्तरिक लेखापरीक्षण गर्ने भएको छ। चालू...

अमलेखगञ्जमा ट्यांकर, ईभी हाइस र मोटरसाइकल ठोक्किँदा १० जना घाइते

बारा। बाराको जितपुरसिमरा उपमहानगरपालिका–२१ स्थित अमलेखगञ्जमा डिजेल बोकेको ट्यांकर, ईभी हाइस र मोटरसाइकल एकआपसमा ठोक्किँदा १० जना घाइते भएका छन्। शुक्रबार दिउँसो करिब १२ बजे...