Date
मङ्ल, असार २, २०८३
Tue, June 16, 2026

पटेर्वा सुगौलीकाे ७ विद्यालयका १९० छात्राले पाए साइकल

spot_img
spot_img

वीरगंज । प्रदेश नं.२ सरकारको मुख्यमन्त्री “बेटी पढाउ, बेटी बचाउ” अभियान अन्तर्गत पर्साकाे पटेर्वा सुगौली गाउँपालिका वडा नं. ४ मा रहेकाे श्री जनता अधारभुत विद्यालय पथरैयाकाे कक्षा-८ मा अध्ययनरत ६ जना छात्राहरुलाई साईकल वितरण गरिएको छ ।

यस अघि श्री नेपाल राष्ट्रिय मा. बि. निचुटामा ४४ थान, नेपाल राष्ट्रिय मा. बि. सुगौलीमा ५१ थान, नेपाल राष्ट्रिय आ. बि. पटेर्वामा ८ थान, नेपाल राष्ट्रिय आ. बि. लक्षमिपुरमा १८ थान, नेपाल राष्ट्रिय आ. बि. बेलवामा १७ थान, नेपाल राष्ट्रिय मा. बि. रङ्गपुरमा ४६ थान गरि पटेर्वा सुगौली गापाको ७ बिधालयमा १९० थान साइकल  वितरण जसपाका युवा नेता शिव कुमार साहले जानकारी दिए ।

श्री जनता आधारभुत बिधालय पथरैयाको अध्यक्ष रामेश्वेर राउतको अध्यक्षतामा भएको साइकल वितरण कार्यक्रममा जसपाका पर्सा जिल्ला अध्यक्ष रामनरेश यादव, प्रदेश सदस्य दिपक यादव, क्षेत्रिय अध्यक्ष नगेन्द्र यादव, युवा नेता शिव कुमार साह र पालिका शिक्षा प्रमुख सम्भु साह तेलिले मन्तव्य ब्यक्त गरेका थिए ।

कार्यक्रममा जसपा नेपालको स्थानीय नेता रसिद मिया, नेपाल शिक्षक महासंघ पटेर्वा सुगौली गाउँपालिका अध्यक्ष मोहन दास, प्र.अ. लक्षमी नारायण ओझैया, इलाका प्रहरी पथरैयाका प्रहरी सहायक निरीक्षक कृष्ण यादव, बिधालयका शिक्षक र बिद्यार्थी एवं स्थानीय नागरिकको सहभागिता रहेको थियो ।

spot_img
spot_img

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रमुख प्रशासकीय अधिकृत बाेहरा आएपछि वीरगंज महानगरमा तलब निकासा सुरु

वीरगंज । लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृतविहीन हुँदा आर्थिक कारोबार प्रभावित बनेको वीरगंज महानगरपालिकामा कर्मचारीहरूको रोकिएको तलब भुक्तानी प्रक्रिया सुरु भएको छ । प्रमुख...

धोबिनीसहित पर्साका अधिकांश पालिकामा जनप्रतिनिधिबीच विवाद, नीति तथा कार्यक्रम अन्योलमा

वीरगंज । पर्साको धोबिनी गाउँपालिकामा जनप्रतिनिधिहरूबीचको विवादका कारण आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम अन्योलमा परेको छ । सोमबार नीति तथा कार्यक्रम...

मधेस प्रदेशको बजेट ४१ अर्ब १३ करोड, युवा रोजगारीदेखि ‘हेलो सीएम’सम्मका नयाँ कार्यक्रम घोषणा

वीरगंज । मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ४१ अर्ब १३ करोड ८६ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । प्रदेशका...