Date
शनि, कार्तिक १५, २०८३
Sat, October 31, 2026

पटेर्वा सुगौलीकाे ७ विद्यालयका १९० छात्राले पाए साइकल

spot_img
spot_img

वीरगंज । प्रदेश नं.२ सरकारको मुख्यमन्त्री “बेटी पढाउ, बेटी बचाउ” अभियान अन्तर्गत पर्साकाे पटेर्वा सुगौली गाउँपालिका वडा नं. ४ मा रहेकाे श्री जनता अधारभुत विद्यालय पथरैयाकाे कक्षा-८ मा अध्ययनरत ६ जना छात्राहरुलाई साईकल वितरण गरिएको छ ।

यस अघि श्री नेपाल राष्ट्रिय मा. बि. निचुटामा ४४ थान, नेपाल राष्ट्रिय मा. बि. सुगौलीमा ५१ थान, नेपाल राष्ट्रिय आ. बि. पटेर्वामा ८ थान, नेपाल राष्ट्रिय आ. बि. लक्षमिपुरमा १८ थान, नेपाल राष्ट्रिय आ. बि. बेलवामा १७ थान, नेपाल राष्ट्रिय मा. बि. रङ्गपुरमा ४६ थान गरि पटेर्वा सुगौली गापाको ७ बिधालयमा १९० थान साइकल  वितरण जसपाका युवा नेता शिव कुमार साहले जानकारी दिए ।

श्री जनता आधारभुत बिधालय पथरैयाको अध्यक्ष रामेश्वेर राउतको अध्यक्षतामा भएको साइकल वितरण कार्यक्रममा जसपाका पर्सा जिल्ला अध्यक्ष रामनरेश यादव, प्रदेश सदस्य दिपक यादव, क्षेत्रिय अध्यक्ष नगेन्द्र यादव, युवा नेता शिव कुमार साह र पालिका शिक्षा प्रमुख सम्भु साह तेलिले मन्तव्य ब्यक्त गरेका थिए ।

कार्यक्रममा जसपा नेपालको स्थानीय नेता रसिद मिया, नेपाल शिक्षक महासंघ पटेर्वा सुगौली गाउँपालिका अध्यक्ष मोहन दास, प्र.अ. लक्षमी नारायण ओझैया, इलाका प्रहरी पथरैयाका प्रहरी सहायक निरीक्षक कृष्ण यादव, बिधालयका शिक्षक र बिद्यार्थी एवं स्थानीय नागरिकको सहभागिता रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

नेपाल प्रेसको कार्यालयमै छिरेर पत्रकार सुवेदी पक्राउ, पक्राउ पुर्जीबिनै प्रहरीको धरपकड

काठमाडौं । प्रहरीले काठमाडौंस्थित नेपाल प्रेसको कार्यालयभित्रै प्रवेश गरेर पत्रकार विश्वमणि सुवेदीलाई नियन्त्रणमा लिएको छ । सादा पोशाकमा आएका प्रहरीले समाचार कक्षमै कार्यरत रहेका...

छठअघि सिर्सिया नदी सफा राख्न उद्योग विभागको निर्देशन

वीरगञ्ज । उद्योग विभागले प्रशोधन नगरी वा निर्धारित वातावरणीय मापदण्डविपरीतको फोहोर पानी नदी तथा खोलामा सिधै विसर्जन नगर्न देशभरका उद्योगहरूलाई निर्देशन दिएको छ। विशेषगरी वीरगञ्ज–पथलैया...

मधेस प्रदेशमा अब चौमासिक रूपमा आन्तरिक लेखापरीक्षण हुने

जनकपुरधाम । मधेस प्रदेश सरकारले सरकारी निकायहरूको आर्थिक कारोबारमा वित्तीय अनुशासन र पारदर्शिता कायम गर्ने उद्देश्यले अब चौमासिक रूपमा आन्तरिक लेखापरीक्षण गर्ने भएको छ। चालू...