Date
बुध, साउन २०, २०८३
Wed, August 5, 2026

पोखरीमा डुबेर वीरगंजमा दुई किशाेरकाे मृत्यु

spot_img
spot_img
वीरगंज । पाेखरीमा डुबेर वीरगंजमा दुई किशाेरकाे मृत्यु भएकाे छ । वीरगंज महानगरपालिकाे वडा नं. १२ मुर्लीमा रहेको पोखरीमा डुबेर दुई जनाकाे मृत्यु भएकाे प्रहरीले जनाएकाे छ ।
 
मृत्यु हुनेमा वीरगंज महानगरपालिकाकाे वडा नं. १५ निवासी दिनेश प्रसाद साहका १७ वर्षीय छोरा मुन्ना साह (आशिष् गुप्ता) र सोही ठाउँ निवासी उमेश प्रसाद साहका छोरा १२ वर्षीय प्रितम गुप्ता रहेका छन् ।
 
उनीहरु २ बजे घरबाट खेल्न भनी निस्किएका थिए तर दिउँसो ४ बजेसम्म घर नफर्किएपछि उनीहरुको परिवारजनले हराएको भन्ने शंका गरी आफन्तजन तथा विभिन्न स्थानमा गई सोधपुछ गर्न थालेका थिए । सोही क्रममा सोधपुछ गर्दै जाँदा वडा नं. १२ मा रहेको पोखरी नजिक उनीहरुले लगाएको लुगा तथा चप्पल भेटिएपछि पोखरीमा पौडी खेल्ने क्रममा डुबेको भनी शंका लागी स्थानीय गाउँले तथा प्रहरीको सहयोगले पोखरीमा खोज्दा शनिबर राती उनीहरुको शव फेला परेको थियो ।
 
प्रहरीले पोखरीमा ६ बजे साँझदेखि खोजी गर्दागर्दै ४ घण्टापछि करिब राती १० बजेको समयमा उनीहरुको शव फेला पारेको वडा प्रहरी कार्यालय श्रीपुरले जनाएको छ ।
 
वीरगंजकाे सगरमाथा बोर्डिङ्ग स्कुलको कक्षा ९ मा आशिष गुप्ता र कक्षा ६ मा प्रितम गुप्ता अध्ययनरत थिए । मृत्यु भएका दुबै जना एकै परिवारका हुन् ।
 

त्यस्तै, शनिबार पर्साको बहुदरमाई नगरपालिका–४ स्थित तिलावे नदीमा डुबेर बेपत्ता युवक मृत अवस्थामा फेला परेका छन् । सोही नगरपालिका–२ पिपरा टोल बस्ने २२ वर्षीय श्यामकुमार साह मृत अवस्थामा भेटिएका हुन्।

शनिबार विश्वकर्मा बाबाको मूर्ति सेलाउन गएका बेला नदीमा डुबेर बेपत्ता साहको शव नदीकै झाडीमा अडकेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले बताए।

मृतक दुई बालकसहित युवकको शवलाई पोस्टमार्टमको लागि नारायणी अस्पतालमा राखिएको उनले जानकारी दिए ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पर्सामा २०७ केजी गाँजासहित टाटा योद्धा पिकअप र चालक पक्राउ

वीरगंज । पर्सा प्रहरीले २०७ केजी लागूऔषध गाँजासहित एक टाटा योद्धा पिकअप र चालकलाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार विशेष सूचनाको...

पर्सा ट्राफिककाे ‘माेटरसाइकल चालकसँग २ मिनेट’ अभियान, सुरक्षित यात्राबारे सचेतना

वीरगंज । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले सडक दुर्घटना न्यूनीकरण तथा ट्राफिक नियमप्रति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले ‘२ पाङ्ग्रे सवारी चालकसँग २ मिनेट’ नामक...

१३ दिनदेखि शवगृहमा लक्ष्मी सिलवालको शव, माइती पक्षद्वारा पुनः अनुसन्धानको माग

वीरगंज । पर्साको सखुवा प्रसौनी गाउँपालिका–१ सिद्धपुरमा मृत अवस्थामा फेला परेकी ३७ वर्षीया लक्ष्मी खड्का सिलवालको शव १३ दिनदेखि वीरगंजस्थित नारायणी अस्पतालको शवगृहमा राखिएको...