Date
शुक्र, अशोज ३०, २०८३
Fri, October 16, 2026

बारामा एम.आइ.एस.अपरेटर र फिल्ड सहायकहरुको समिति गठन

spot_img
spot_img

वीरगंज । बाराको विभिन्न स्थानिय तहको पंजिकरण शाखामा कार्यररत एम.आइ.एस.अपरेटर र फिल्ड सहायकहरुको भेला सम्पन्न भएको छ ।

कलैया उपमहानगरपालिकाको सभा हलमा भएको भेलाले सुरज कुमारको अध्यक्षतामा १७ सदस्यीय एम.आइ.एस.अपरेटर तथा फिल्ड सहायक समिति बारा गठन गरेको छ ।

जुन समितिको उपाध्यक्ष पिंकी यादव, राजिव यादव, सचिव शेषनाथ पासवान, सह सचिव दिपा ढकाल, कोषाध्यक्ष राजिव यादव, सदस्यहरुमा सुधिर कुशवाहा, सुनिल प्रसाद यादव, महेश चौधरी, विजय राम, रजनिकान्त यादव, सुमित चौधरी, नानीबाबु चौधरी, संजय कुमार यादव, दिपक कुमार साह, श्रीनिवास चौधरी, मनिषा प्रजापती चयन भएका छन् ।

यस्तै, भेलाले ललन यादव, प्रियांका यादव र अरुण कुमार वस्नेत रहेको सल्लाहकार समिति समेत गठन गरेको छ ।

बारामा पनि आ आफ्नो हकहितको लागि एम.आइ.एस.अपरेटर र फिल्ड सहायक साथीहरुले समिति गठन गर्नु भएको एम.आइ.एस.अपरेटर तथा फिल्ड सहायक समिति पर्साका कोषाध्यक्ष जितेन्द्र यादवले जानकारी दिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

दसैँ–तिहारमा चिनी अभाव हुन नदिन सरकारको तयारी

काठमाडौँ । दसैँ, तिहारलगायतका चाडपर्वमा चिनीको अभाव हुन नदिन खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चिनीको मौज्दात व्यवस्थापन गरेको छ। कम्पनीसँग हाल झन्डै २२...

चार हजार ९९९ मै टेलिकमको फाइबर इन्टरनेट

काठमाडौँ । सरकारी स्वामित्वको नेपाल टेलिकमले आजदेखि चार हजार ९९९ मै ३० एमबिपिएसको इन्टरनेट सेवा उपलब्ध गराउने भएको छ । निजी क्षेत्रका इन्टरनेट सेवा प्रदायकले...

चाडपर्वमा खाद्य स्वच्छता कायम गर्न व्यवसायीलाई विभागको निर्देशन

काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले दसैँ, तिहार र छठलगायतका चाडपर्वलाई लक्षित गर्दै होटल, रेष्टुरेन्ट, मिठाइ पसल तथा भोजनालय सञ्चालकलाई खाद्य स्वच्छता...