Date
बुध, भदौ २४, २०८३
Wed, September 9, 2026

रेल्वे कम्पनीका कर्मचारीहरुको नियुक्ति बदर

spot_img
spot_img

वीरगंज । नेपाल रेल्वे कम्पनी लिमिटेड अन्तर्गत ज्यालादारीमा काममा खटाउने भनिएका व्यक्तिहरुलाई आफूखुशी हाजिर नगर्न निर्देशन दिइएको हो । ज्यालादारीमा नियुक्त गरी कानुन विपरीत सुविधा पाउँदै आएका सयौं कर्मचारीलाई नयाँ व्यवस्थापनले हटाएको हो । नेपाल रेल्वे कम्पनीका नवनियुक्त प्रवन्ध सञ्चालक निरञ्जन कुमार झाले एक सूचना प्रकाशित गर्दै यस्तो निर्देशन दिएका हुन् । रेल सञ्चालनको टुंगो नलागेको अवस्थामा नियुक्त गरिएका विभिन्न पदका १ सय ५१ जना ज्यालादारी कर्मचारीलाई झाले हटाएका हुन् । ज्यालादारीका कर्मचारीलाई आफूखुसी हाजिरी नगर्न सूचनासमेत जारी गरेका छन् ।

सूचनामा कानूनी तथा प्राविधिक कारणले जयनगर–कुर्था खण्डमा रेल सेवा सञ्चालनमा आउन केहि समय लाग्ने भएकोले रेल्वे सञ्चालनका लागि भनी तत्कालीन व्यवस्थापनबाट ज्यालादारीमा काममा खटाउने भनिएका व्यक्तिहरुले आफुखुसी दैनिक रुपमा हाजिरी गरिरहेकाले कार्यालयले काममा नखटाई आफूखुसी हाजिर गरेको आधारमा ज्याला रकम भुक्तानी गर्न कानूनले नमिल्ने भएकोले आफूखुसी हाजिर गरिरहेका सम्पूर्ण व्यक्तिहरुलाई हाजिर नगर्न आग्रह गरिएको हो ।

तत्कालीन रेल्वे कम्पनीका प्रबन्ध सञ्चालक गुरू भट्टराईले रेल्वेमा आफूखुशी कर्मचारी नियुक्त गरेका थिए । काम नगरेपनि आदेशमा कर्मचारीले ज्याला पाउँदै आएका थिए । नयाँ प्रबन्ध निर्देशक झा आएपछि कानून विपरीत बसेरै तलब खाइरहेका सबै कर्मचारीलाई हटाएका हुन् । ‘कामै नगरी ज्यालादारीका कर्मचारीले ज्याला पाउने कानूनी प्रावधान छैन त्यसैले उनीहरूलाई हटाएको छु । अब रेल चल्ने निश्चित भएपछि लोकसेवाको अनुमति लिएर मात्र कर्मचारी भर्ना गरिने छ ।’

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

थप समाचार

रास्वपाकाे वीरगंजमा एउटै दिन एउटै समयमा दुई छुट्टाछुट्टै कार्यक्रम किन ?

वीरगंज । पर्सामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र गुटगत विवाद रहेको संकेत देखिएको छ । राष्ट्रिय शोक दिवसका अवसरमा सोमबार वीरगंजमा पार्टीका जिल्ला समिति...

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ : सिनियरतर्फ रोयल एकेडेमी च्याम्पियन

वीरगंज । प्याब्सन पर्सा र वीरगंज आयोजनामा सञ्चालन हुँदै आएको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनल प्रतियोगिता सम्पन्न भएको छ...

ह्याचरीको फोहोर र दुर्गन्धले बस्ती प्रभावित, शिवम् लेयर्स फार्म बन्द गर्न नेता पाण्डेको माग

वीरगंज । पर्साको पटेर्वासुगौली गाउँपालिका–२ गादीमा रहेको शिवम् लेयर्स फार्म प्रालिद्वारा सञ्चालित ह्याचरीबाट निस्कने फोहोर, दुर्गन्ध तथा झिँगाका कारण आसपासका बस्ती प्रभावित भएको भन्दै...