Date
शनि, बैशाख १२, २०८३
Sat, April 25, 2026

बारा प्रहरीको संरक्षणमा विभिन्न नाकाहरुबाट व्यापक तस्करी

बाराको सिमावर्ती क्षेत्रबाट व्यापक रुपमा तस्करी मौलाएको छ । भारतको सिमासंग जोडिएको विभिन्न नाकाहरुबाट प्रहरीकै संरक्षणमा तस्करी धन्धा मौलाएको हो ।

- Advertisement -

जिल्ला प्रहरी कार्यालय बाराबाट अपराध र अबैध गतिविधी नियन्त्रणका लागि खटिएका प्रहरीहरुकै विषेश पहमा सिमावर्ती क्षेत्रहरुबाट व्यापक तस्करी भईरहेको स्रोतले जनाएको छ । भारतसंग जोडिएको बाराको मटिअर्वा, सिम्रौनगढ, कवहि, अमवा लगायतको नाकाबाट तस्करीहरु भईरहेको नाम उल्लेख नगर्ने शर्तमा प्रहरीले नै जनाएको छ । सिमावर्ती नाका मटिअर्वा, सिम्रौनगढ, कवही, अमवा लगायतका नाकाहरुबाट कपडा, कुखुरा, कुखुराको चल्ला, भौसी, खाद्य, चिनी, हार्डवेयर लगायतका समानहरुको प्रहरीकै संरक्षणमा तस्करी भईरहेको जनाईएको छ ।

तस्करीलाई निरुत्साहित गर्ने जिम्मेवारी पाएका प्रहरीहरुले नै तस्करहरुको संरक्षण गर्दै तस्करी धन्धाहरुलाई तिब्रता दिने क्रममा बारा कचोरवाको सन्दिप यादव, रामबाबु यादव, छेना यादव, जट्टाशंकर यादव लगायतका तस्करहरुले निर्वाद्य रुपमा करोडौंको राजश्व छली गरी भारतबाट कपडाहरु आयात गरी नेपालका विभिन्न सहरहरुमा निर्यात गर्ने गरेको जनाईएको छ । त्यसैगरी, बाराकै भूमन मियाँ, सुरेन्द्र प्रसाद साह कलवार लगायतका तस्करहरुले अबैध रुपले भैसीको तस्करी गरिरहेको समेत जनाईएको छ । त्यस्तै, राजु यादव, रामबाबु यादवले कुखुरा र कुखुराका चल्लाहरुको अबैध ओसार पोसार गर्ने गरेको समेत जनाईएको छ । साथै सुनिल यादव, लगायतले खसी, बाख्राको अबैध ओसार पोसार गर्दै लाखौं, करोडौं कर छली गरिरहेको विभिन्न स्रोतले जनाएको छ ।

आफूलाई इन्मन्दार र कर्तव्यनिष्ट बताउने प्रहरी अधिकारीहरुकै निर्देशनमा बारा प्रहरीका प्रहरी जवान महाबिर साह सोनार र राकेश कुमार यादव लगायतका प्रहरी जवानहरुले उक्त तस्करी धन्धाबाट लाखौं कमाई आफ्ना उच्च पदस्त अधिकारीहरुलाई बुझाउने गरेकोले तस्करी धन्धा मौलाएको जनाईएको छ ।

ताजा अपडेट

थप समाचार

वीरगंज विस्कोको २८औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम सम्पन्न

वीरगंज । वीरगंज बचत तथा ऋण सहकारी संस्था (विस्को) लिमिटेडले आफ्नो २८औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा ३ महिला सहित ३० जनाले...

वीरगंज सडक विस्तार : पूर्ण भूमीहिन भएकालाई राहतकाे लागि लगत संकलन सुरु

वीरगंज । वीरगंज महानगरपालिकाले मुख्य सडक विस्तारका क्रममा पूर्ण रूपमा भूमीहिन बनेका घरजग्गा धनीहरूलाई राहत उपलब्ध गराउने उद्देश्यले आवश्यक पहल सुरु गरेको छ। महानगरपालिकाले शुक्रबार...

सरसफाइकर्मी कृष्ण मेस्तर्नीको निधनमा वीरगंज महानगरद्वारा शोक विदा

वीरगंज । वीरगंज महानगरपालिकाले सरसफाइकर्मी कृष्ण मेस्तर्नीको असामयिक निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शुक्रबार शोक विदा दिएको छ। महानगरपालिकामा कार्यरत मेस्तर्नीको यही वैशाख ४ गते...