Date
शनि, कार्तिक १५, २०८३
Sat, October 31, 2026

बारा प्रहरीको संरक्षणमा विभिन्न नाकाहरुबाट व्यापक तस्करी

spot_img
spot_img

बाराको सिमावर्ती क्षेत्रबाट व्यापक रुपमा तस्करी मौलाएको छ । भारतको सिमासंग जोडिएको विभिन्न नाकाहरुबाट प्रहरीकै संरक्षणमा तस्करी धन्धा मौलाएको हो ।

जिल्ला प्रहरी कार्यालय बाराबाट अपराध र अबैध गतिविधी नियन्त्रणका लागि खटिएका प्रहरीहरुकै विषेश पहमा सिमावर्ती क्षेत्रहरुबाट व्यापक तस्करी भईरहेको स्रोतले जनाएको छ । भारतसंग जोडिएको बाराको मटिअर्वा, सिम्रौनगढ, कवहि, अमवा लगायतको नाकाबाट तस्करीहरु भईरहेको नाम उल्लेख नगर्ने शर्तमा प्रहरीले नै जनाएको छ । सिमावर्ती नाका मटिअर्वा, सिम्रौनगढ, कवही, अमवा लगायतका नाकाहरुबाट कपडा, कुखुरा, कुखुराको चल्ला, भौसी, खाद्य, चिनी, हार्डवेयर लगायतका समानहरुको प्रहरीकै संरक्षणमा तस्करी भईरहेको जनाईएको छ ।

तस्करीलाई निरुत्साहित गर्ने जिम्मेवारी पाएका प्रहरीहरुले नै तस्करहरुको संरक्षण गर्दै तस्करी धन्धाहरुलाई तिब्रता दिने क्रममा बारा कचोरवाको सन्दिप यादव, रामबाबु यादव, छेना यादव, जट्टाशंकर यादव लगायतका तस्करहरुले निर्वाद्य रुपमा करोडौंको राजश्व छली गरी भारतबाट कपडाहरु आयात गरी नेपालका विभिन्न सहरहरुमा निर्यात गर्ने गरेको जनाईएको छ । त्यसैगरी, बाराकै भूमन मियाँ, सुरेन्द्र प्रसाद साह कलवार लगायतका तस्करहरुले अबैध रुपले भैसीको तस्करी गरिरहेको समेत जनाईएको छ । त्यस्तै, राजु यादव, रामबाबु यादवले कुखुरा र कुखुराका चल्लाहरुको अबैध ओसार पोसार गर्ने गरेको समेत जनाईएको छ । साथै सुनिल यादव, लगायतले खसी, बाख्राको अबैध ओसार पोसार गर्दै लाखौं, करोडौं कर छली गरिरहेको विभिन्न स्रोतले जनाएको छ ।

आफूलाई इन्मन्दार र कर्तव्यनिष्ट बताउने प्रहरी अधिकारीहरुकै निर्देशनमा बारा प्रहरीका प्रहरी जवान महाबिर साह सोनार र राकेश कुमार यादव लगायतका प्रहरी जवानहरुले उक्त तस्करी धन्धाबाट लाखौं कमाई आफ्ना उच्च पदस्त अधिकारीहरुलाई बुझाउने गरेकोले तस्करी धन्धा मौलाएको जनाईएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

थप समाचार

सिर्सिया नदी संरक्षणका लागि पाँचबुँदे निर्णय, उद्योगको रासायनिक फोहोर रोक्न कडाइ

वीरगंज । बढ्दो औद्योगिक तथा सहरी प्रदूषणले प्रभावित सिर्सिया नदीको संरक्षण र दीर्घकालीन पुनःस्थापनाका लागि पाँचबुँदे निर्णय गरिएको छ। प्रमुख जिल्ला अधिकारी भोला दाहालको अध्यक्षतामा...

नेपाल प्रेसको कार्यालयमै छिरेर पत्रकार सुवेदी पक्राउ, पक्राउ पुर्जीबिनै प्रहरीको धरपकड

काठमाडौं । प्रहरीले काठमाडौंस्थित नेपाल प्रेसको कार्यालयभित्रै प्रवेश गरेर पत्रकार विश्वमणि सुवेदीलाई नियन्त्रणमा लिएको छ । सादा पोशाकमा आएका प्रहरीले समाचार कक्षमै कार्यरत रहेका...

छठअघि सिर्सिया नदी सफा राख्न उद्योग विभागको निर्देशन

वीरगञ्ज । उद्योग विभागले प्रशोधन नगरी वा निर्धारित वातावरणीय मापदण्डविपरीतको फोहोर पानी नदी तथा खोलामा सिधै विसर्जन नगर्न देशभरका उद्योगहरूलाई निर्देशन दिएको छ। विशेषगरी वीरगञ्ज–पथलैया...