Date
बुध, भदौ २४, २०८३
Wed, September 9, 2026

राप्रपा पर्साको नगर अध्यक्षमा जलेश्वर सर्राफ

spot_img
spot_img

वीरगंज । राष्ट्रिय प्रजातन्त्र पार्टी, पर्सा नगर कार्यसमितिको सम्पन्न नगर अधिवेशनले जलेश्वर सर्राफको अध्यक्षतामा ४१ सदस्यीय नगर कार्यसमिति गठन गरेको छ ।

वीरगन्जको होटल सम्झनामा सम्पन्न नगर अधिवेशनले अध्यक्ष सर्राफ सहित ४१ सदस्यीय नगर कार्यसमिति गठन गरेको हो । नवगठित कार्यसमितिको उपाध्यक्षमा देव कुमार सर्राफ, सचिवमा राजेश गुप्ता तथा सदस्यहरुमा क्रमश, अजय पौडेल, रेणु श्रेष्ठ, अर्जुन सिंह ठकुरी, सकल पासवान लगायत रहेको नगर अध्यक्ष सर्राफले बताए ।

यसअघि अधिवेशनको उदघाट्न सत्रलाई सम्बोधन गर्र्दै पार्टीका केन्द्रिय सदस्य शम्भु चौरसियाले राप्रपा पार्टीले नै देशको हित गर्न सक्ने दावी गर्नुभयो । उहाले वर्तमान राजनितिक परिवेशले देशको विकास नभई विनाश तर्फ प्रमुख राजनितिक दल लागि परेको आरोप समेत लगाए ।

अहिले काँग्रेस, एमाले, माओवादी र मधेशवादी दलले मुलुकको हित भन्दा पनि आफनो सत्ता र भत्ताको लागि पार्टी फुटाउँ अभियानमै लागेका छन यसले मुलुकको विकास भन्दा पनि विनाश तर्फ उन्मुख भएको उनले बताए ।

मुलुकमा परिर्वतनको नाममा गणतन्त्र ल्याएपनि गणतन्त्रको यर्थाथ कर्म र मर्म राजनितिक दलले बुझन सकेको छैन, गणतन्त्रको नाममा देशलाई टुत्रा टुत्रा बनाएर आफनो विलासी जिवन प्रमुख राजनितिक दलका नेताहरुले विताई रहेको उनको आरोप छ ।

दलका पूर्व जिविस पर्साका सभापती समेत रहेको नेता चौरसियाले भने, देश र जनताको विकास र उन्नतीको लागि एकमात्र विकल्प राजा सहितको हिन्दु राष्ट्र नै रहेको हुनाले नक्कली गणतन्त्रवादीहरुको भ्रममा नपरी देश हितमा रहेको राप्रपालाई नै सहयोग गर्नै आग्रह छ ।

उदघाट्न समारोहमा पार्टीका जिल्ला सभापती अंगद ठाकुर, केन्द्रिय सदस्य नगिना यादव, जिल्ला उपाध्यक्ष अवधकिशोर साह, लगायतले सम्बोधन गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रास्वपाकाे वीरगंजमा एउटै दिन एउटै समयमा दुई छुट्टाछुट्टै कार्यक्रम किन ?

वीरगंज । पर्सामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र गुटगत विवाद रहेको संकेत देखिएको छ । राष्ट्रिय शोक दिवसका अवसरमा सोमबार वीरगंजमा पार्टीका जिल्ला समिति...

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ : सिनियरतर्फ रोयल एकेडेमी च्याम्पियन

वीरगंज । प्याब्सन पर्सा र वीरगंज आयोजनामा सञ्चालन हुँदै आएको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनल प्रतियोगिता सम्पन्न भएको छ...

ह्याचरीको फोहोर र दुर्गन्धले बस्ती प्रभावित, शिवम् लेयर्स फार्म बन्द गर्न नेता पाण्डेको माग

वीरगंज । पर्साको पटेर्वासुगौली गाउँपालिका–२ गादीमा रहेको शिवम् लेयर्स फार्म प्रालिद्वारा सञ्चालित ह्याचरीबाट निस्कने फोहोर, दुर्गन्ध तथा झिँगाका कारण आसपासका बस्ती प्रभावित भएको भन्दै...