Date
शुक्र, अशोज ३०, २०८३
Fri, October 16, 2026

रौतहटमा मानव अधिकार अनुगमन समिति गठन, संयोजकमा झा

spot_img
spot_img
रौतहट । रौतहटमा मानव अधिकार अनुगमन समिति गठन गरिएको छ । जिल्लामा पछिलो समय मानव अधिकार उल्लंघनका घटना बढेको र दोषी उन्मुक्ति पाउन थालेपछि त्यसलाई रोकथाम तथा नियन्त्रण गर्नका लागि ७ सदस्यीय जिल्ला स्तरीय मानव अधिकार अनुगमन समिति गठन गरिएको वताइएकाे छ ।
 
रास्ट्रिय मानव अधिकार आयोगका प्रतिनिधि अर्थात मानव अधिकार अधिकृत मनमाया राणाको विशेष उपस्थितीमा नेपाल पत्रकार महासंघ रौतहट शाखाको कार्यालय गौरमा शुक्रवार बसेको बैठकले उक्त समिति गठन गर्ने तथा पदाधिकारी चयन गर्ने निर्णय गरेको हो ।
 
बैठकबाट समितिको संयोजकमा नेपाल पत्रकार महासंघ रौतहटका अध्यक्ष प्रेमचन्द्र झालाई चएन गरिएको छ । अध्यक्ष झाको संयोजकत्वमा गठित मानव अधिकार अनुगमन समितिको सदस्यहरुमा नेपाल वार एसोसिएसनका जिल्ला अध्यक्ष राजाराम यादव, गैर सरकारी संस्था महासंघका अध्यक्ष रामपुकार यादव लगाएतलाई सर्वसहमतिले चयन गरिएको छ । 
 
जिल्लामा केही दिनयता घरेलु हिंसा, बलात्कार, यौन दुव्र्यवहार, वालविवाह, गालीगलौज, कुटपिट लगाएतका घटनामा वृद्धि भएको छ । यस्ता घटनाका दोषी कार्यवाहीको भागिदार हुनुपर्नेको सट्टा उन्मुक्ति पाउने गरेको र पिडितले न्याय नपाउने प्रवृति बढेको छ । तर अब कुनै पनि घटनाका पिडितलाई जसरी पनि न्याय दिलाउने र पिडक अर्थात दोषीलाई कानुनी कार्यवाही गर्नका लागि दवाव सृजना गर्ने काम यो गठित समितिले गर्ने नवगठित समितिका संयोजक एवं पत्रकार महासंघ राैतहटका अध्यक्ष प्रेमचन्द्र झाले बताए ।
 
जिल्लामा अब कुनै पनि घटना भए घटनास्थल पुगेर अनुगमन गर्ने र सत्य तथ्य पता लगाउने, पैरवी गर्ने, त्यसको पुर्ण विवरण सहितको प्रतिवेदन सम्बन्धित ठाउँमा पठाउने काम आफुहरु गर्ने मानव अधिकार अनुगमन समितिका संयोजक झाले बताए ।
 
कुनै पनि घटनाको सत्य तथ्य पत्ता लगाई दोषीलाई कार्यवाही र पिडितलाई न्याय दिलाउनका लागि दवाव सृजना गर्ने काम आफुहरु गर्ने भएको हुँदा अबदेखी कुनै पनि अपराधीले अपराध गरेर उन्मुक्ति पाउन नसक्ने उनले बताए ।
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

चार हजार ९९९ मै टेलिकमको फाइबर इन्टरनेट

काठमाडौँ । सरकारी स्वामित्वको नेपाल टेलिकमले आजदेखि चार हजार ९९९ मै ३० एमबिपिएसको इन्टरनेट सेवा उपलब्ध गराउने भएको छ । निजी क्षेत्रका इन्टरनेट सेवा प्रदायकले...

चाडपर्वमा खाद्य स्वच्छता कायम गर्न व्यवसायीलाई विभागको निर्देशन

काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले दसैँ, तिहार र छठलगायतका चाडपर्वलाई लक्षित गर्दै होटल, रेष्टुरेन्ट, मिठाइ पसल तथा भोजनालय सञ्चालकलाई खाद्य स्वच्छता...

भोटेकोशी बाढीः काभे्रका ३७ जनालाई मृत घोषणाको प्रक्रिया थालियो

काभ्रेपलाञ्चोक । रसुवाको भोटेकोशीमा भदौ १० गते आएको बाढीपछि बेपत्ता भएका काभे्रपलाञ्चोकका ३७ जनालाई मृत घोषणा गर्ने प्रक्रिया अघि बढाइएको छ । यसका लागि...