Date
मङ्ल, अशोज ६, २०८३
Tue, September 22, 2026

प्रथम परवानीपुर गोल्ड कप सुरु

spot_img
spot_img

वीरगंज  ।  शक्ति युवा क्लब र परवानीपुर युवा क्लबको आयोजनामा त्रिशक्ति सिमेन्ट प्रथम परवानीपुर गोल्डकप शनिवारदेखि शुरु भएको छ ।

वीरगंज–२१ परवानीपुर खेल मैदानमा शुरु भएको प्रतियोगिताको उद्घाटन प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले गरेका हुन् ।प्रतियोगिता उद्घाटनपछि उनले प्रदेश सरकार प्रदेश २को खेलकुद विकासको लागि प्रतिबद्ध रहेको बताए । उनले परवानीपुर खेलकुद मैदान एतिहासिक खेलकुद मैदान भएको र करिब एक दशकदेखि बन्द भएको फूटबल प्रतियोगिता परवानीपुरमा हुनुले खुशी लागेको बताए ।

उनले कोरोना महामारी जस्तै रोग व्याधीलाई खेलकुदले दूर गर्ने तथा आजको तनावको युगमा शारीरिक व्याम तथा खेलकुद अहम कुरा भएको उनले जोड दिएका थिए ।खेलाडी राष्टको गहना भएकोले स्थानीय स्तरमा खेलाडीको सम्मान र खेल्ने अवसर सृजना भएमा खेलाडी उत्पादन गर्दै देशका लागि खेलकुदले फडको मार्ने उनको भनाई थियो ।उद्घाटन खेलमा वीरगंज युथ क्लबले नेपाल फूटबल संघ रौतहटलाई १ गोलले पराजित गरेको थियो ।खेल शुरु भएको १५ औं मिनेटमा डिबक्स भित्र आदित शाक्यले दिएको पासलाई श्रीजन शाक्यले गोलमा परिणत गरेका थिए ।

त्यसपछि रौतहटले गोल फर्काउन कडा परिश्रम गर्दा समेत गोल फिर्ता गर्न सकेन ।त्यही एक गोल नै निर्णयक गोल बनेको थियो ।आइतवार अपरान्ह ४ बजे धुनषा र वीरगंज यूनाइटेड वीच हुने आयोजकले जनाएको छ ।वैशाख १८ गते सम्म चल्ने प्रतियोगितामा प्रदेश २ का ६,वर्दिवास एपिएफ र हेटौडा फूटबल एकेडेमी गरी ८ ओटा टिमको सहभागिता छ ।

प्रतियोगिताको विजेताले १ लाख र उपविजेताले ५० हजार नगद राशीसहित पुरस्कार पाउने छ ।प्रतियोगिता आयोजक समितिका अध्यक्ष सुबोध कुमार श्रीवास्तवको अध्यक्षतामा भएको कार्यक्रममा बारा क्षेत्र नं ४ का सघीय सासद एकबाल मियाँ, परवानीपुर गापाका अध्यक्ष हरिनारायण साह, वीरगंज महानगर वडा नं २१ का वडा अध्यक्ष हबिब मियाँ, वडा सदस्य जतन राउत कुर्मी, नागमणि उपाध्यायलगायतको सहभागिता थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

थप समाचार

शुक्रबारदेखि तीन दिन भारी वर्षाको सम्भावना, बाढी–पहिरो र डुबानको जोखिम

काठमाडौं । आगामी शुक्रबारदेखि आइतबारसम्म देशका धेरै ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले विशेष मौसम बुलेटिन जारी गर्दै केही स्थानमा...

प्रधानमन्त्री शाह आज अमेरिका प्रस्थान गर्दै

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री वालेन्द्र शाह आज संयुक्त राज्य अमेरिकाको न्युयोर्क सहर प्रस्थान गर्दै...

त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको मृत्यु

वीरगंज । त्रिपुरेश्वरमा सोमबार बसमा भएको आगलागीमा परी गम्भीर घाइते भएका चालकको उपचारका क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा २५ वर्षीय चालक दावा लामा रहेका...