Date
शुक्र, अशोज ३०, २०८३
Fri, October 16, 2026

निर्माण भएकाे एक दर्जन पानीटंकी संचालन नआए पनि पुन: नयाँ टयांकी निर्माण हुँदै

spot_img
spot_img

वीरगंज । विगत २ दशक देखी पर्सा जिल्लाका एक दर्जन खानेपानी टयांकी निमार्ण भई संचालनमा नआए पनि फेरी पकहामैनपुर गाउँपालिकाको वडा नम्बर ३ पकहा मैनपुरमा पानीटयांकी निमार्ण भईरहेको हेर्दा बालुवामा पानी खन्याए जस्तै भएको स्थानियहरु वताएका छन् ।

नेपाल सरकारले लिएको लक्ष्य अनुसार स्वच्छ खानेपानी, सरसफाई तथा ढलनिकासको अवधारणा पर्सा जिल्लामा असफल भएको छ । बिगत १ दशक अगाडी देखी करौडोका लगानीमा निमार्ण भएको खानेपानीटयांकीहरु संचालनमा नआउदा सरकारकाे कराेडाैंकाे लगानी बालुवामा पानी हाले सरह भएकाे पर्साबासीकाे भनाई छ ।

एकातिर खाने पानी टयांकी संचालनमा नआउने र अर्कातिर पुन: सोही विकास तर्फ धामाधम नेपाल सरकारले आँखा चिमलेर बजेट निकासा गरिरहेको पर्साबासीकाे आरोप रहेकाे छ । पहिला नै निमार्ण भएको पोखरीया नगरपालिका, छिपहरमाई गाउँपालिका, बहुदरमाई नगरपालिका, बिन्दवासिनी गाउँपालिका, पटेर्वा सुगौली गाउँपालिका, कालिकामाई गाउँपालिका, जिराभवानी गाउँपालिका, ठोरी गाउँपालिका लगायतका खानेपानी टयांकीहरु संचालनमा नआउदा पकहा मैनपुरमा निर्माण भईरहेको टयांकीको बजेट पनि बालुवामा पानी खन्याउने सरह नै हुने पर्साका बुद्धिजवीहरु बताउँछन् ।

नेपाल सरकारले लिएको लक्ष्यमा स्थानिय सरकारले मौन रहेको प्रमाणित भएको छ । स्थानिय तहलाई आफु संग सम्मपुर्ण अधिकार रहेता पनि निमार्ण भएको खानेपानी टयांकीलाई संचालन गर्न सकेकाे छैन् । प्राय सबै पालिकाहरुमा खानेपानी टयांकी हुदाँहुदै बजेट सिध्याउने उदेश्यले चापाकलहरुमा बजेट दिने गरेको तर शुद्ध खानेपानीका लागी निमार्ण भएको खानेपानी टयांकीहरु संचालनमा नल्याएको स्थानियहरुको गुनासो छ ।

नेपाल सरकारले स्थानिय तहको नभई नहुने बजेट बिनियोजन गर्नु पर्ने नत्र वास्तविक के गर्दा स्थानियलाई सुबिधा हुने खाले बजेट बिनियोजन गर्दा रकम दुरुपयोग नहुने जनाएका छन् ।

काठमाण्डौमा बसेर योजना बनाउँदा यसै खाले रकम दुरुपयोग हुने भएकोले स्थानिय स्तरमा अभाव भएका, अभाव रहेका, योजना ल्याई सर्वसाधारण तर्फ ध्यान जान जरुरी देखिएकोे छ । स्थानिय सरकारले स्वच्छ खानेपानीका लागी खानेपानी टयाकंहरुलाई केही बजेट छुटयाएर संचालनमा ल्याउन जरुरी रहेको स्थानियहरु बताएका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

दसैँ–तिहारमा चिनी अभाव हुन नदिन सरकारको तयारी

काठमाडौँ । दसैँ, तिहारलगायतका चाडपर्वमा चिनीको अभाव हुन नदिन खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चिनीको मौज्दात व्यवस्थापन गरेको छ। कम्पनीसँग हाल झन्डै २२...

चार हजार ९९९ मै टेलिकमको फाइबर इन्टरनेट

काठमाडौँ । सरकारी स्वामित्वको नेपाल टेलिकमले आजदेखि चार हजार ९९९ मै ३० एमबिपिएसको इन्टरनेट सेवा उपलब्ध गराउने भएको छ । निजी क्षेत्रका इन्टरनेट सेवा प्रदायकले...

चाडपर्वमा खाद्य स्वच्छता कायम गर्न व्यवसायीलाई विभागको निर्देशन

काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले दसैँ, तिहार र छठलगायतका चाडपर्वलाई लक्षित गर्दै होटल, रेष्टुरेन्ट, मिठाइ पसल तथा भोजनालय सञ्चालकलाई खाद्य स्वच्छता...