Date
सोम, भदौ २९, २०८३
Mon, September 14, 2026

विश्व क्षयराेग दिवसकाे अवसरमा पत्रकारसंग अन्तरक्रिया

spot_img
spot_img

वीरगंज । पर्सामा गत बर्ष ८ सय ४२ जना नयाँ क्षयरोगी फेला परेका छन् । जस मध्ये ५० जनाको मृत्यु समेत भएको छ ।

विश्व क्षयरोग दिवसको अवसरमा बुधबार जिल्ला स्वास्थ्य कार्यालय पर्सामा आयाेजित पत्रकार संगकाे अन्तरक्रिया कार्यक्रममा यस्ताे तथ्यांक प्रस्तुत गरिएकाे हाे ।

जिल्ला परियाेजना संयाेजक संताेष कुमार गुप्ताले प्रस्तुत गरेकाे तथ्यांक अनुसार गत बर्ष देशभरमा ४२ हजार नयाँ क्षय रोगी फेला परेका हुन् । जस मध्ये बर्षभरीमा झण्डै ५५ सय जनाको मृत्यु भएको थियाे । 

प्रस्तुत तथ्यांक अनुसार देशभरीमा प्रत्येक दिन एक सय १५ जना क्षय राेग बिरामी फेला पर्ने गरेका छन् भने १५ जनाको मृत्यु हुने गरेको छ ।

प्रदेश नं. २ मा मात्र क्षयरोग बिरामी १५ हजार २ सय रहेको र जस मध्ये उपचारमा रहेका बिरामीकाे संख्या ५ हजार ७ सय ५ र उपचारमा नआएका बिरामीको संख्या ९ हजार ५ सय रहेको जनाइएको छ । क्षयरोगीमा ३ प्रतिशत मानिसको मृत्यु हुने गरेको छ । 

पर्सा जिल्ला अन्तर्गत ठाेरी गाउँपालिकाकाे निरमलबस्ती, पर्सागढीकाे बागवाना र सखुवा प्रसाैनीकाे मधुवलमथवल क्षयरोगको उच्च जोखिमा रहेको छ ।

मुलुकलाई २०३५ सम्म क्षयराेग उन्मूलन गर्ने लक्ष्य रहेपनि समाजमा लुकिएर रहेकाे ५० प्रतिशत क्षयराेग बिरामी पता लागेन भने गर्न नसकिने स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य निरिक्षक बालकृष्ण यादवले वताए ।

क्षय रोगीहरु समाजमा खुलेर आउन नमान्ने तथा समाजले राम्रो दृष्टीकोण नराख्ने अवस्थारहेको हुदा पनि समस्या भएकाे उनले वताए ।

जिल्ला स्वास्थ्य कार्यालय पर्साका बरिष्ठ जनस्वास्थ्य अधिकृत कामेश्वर चौरसियाले सवारी दुर्घटना भन्दा बढी क्षय रोगबाट मृत्यु हुने गरेको वताए । उनले नेपाललाई २०३५ सम्म क्षयरोग मुक्त गर्ने लक्ष्य लिएको भए पनि क्षयरोगी लुक्ने, समयमा औषधी नियमीत खान नकिएको जस्ता समस्याका कारण लक्ष्य प्राप्ति गर्न नसकिने वताए ।

उनले एक जना क्षयराेग बिरामी १० जनालाई राेग सार्ने भएकाेले सचेत हुन जरुरी रहेकाे वताए । प्रदुषण, स्वासप्रस्वास खालकाे समस्याका कारण लाग्ने क्षयराेग बढी गरिब र विपन्न परिवारकाे व्यक्तिलाई हुने गरेकाे वताए ।

जिल्ला स्वास्थ्य कार्यालय पर्साकाे आयाेजनामा भएकाे कार्यक्रमा नेपाल पत्रकार महासंघ पर्साका सचिव युवराज खड्का लगायतका ३ दर्जन भन्दा बढी संचारकर्मीहरुकाे सहभागिता रहेकाे थियाे ।

साेही कार्यक्रममा क्षयराेग निकाे भएका आमा लामा घिसिङलाई सम्मान समेत गरिएकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

मधेशमा ७७४ अस्थायी स्वास्थ्यकर्मीको कामकाजमा रोक

राजविराज । मधेश प्रदेशका स्वास्थ्य संस्थामा अस्थायी दरबन्दीमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीलाई कामकाजमा नखटाउन तथा हाजिर नगराउन प्रदेश सरकारले निर्देशन दिएको छ। मधेश प्रदेश...

उपनेश चौरसिया तरुण दल पर्साको उपाध्यक्षमा नियुक्त

वीरगंज । नेपाल तरुण दल पर्सा जिल्ला कार्यसमितिको उपाध्यक्षमा उपनेश कुमार चौरसिया नियुक्त भएका छन्। नेपाल तरुण दल पर्साका जिल्ला अध्यक्ष बालमीकी यादवले जिल्ला कार्यसमितिलाई...

सुधीर पटेलको नेतृत्वमा धादिङका बाढीपीडितलाई १५ लाखको राहत सामग्री वितरण

वीरगंज । जेन–जी पर्सा तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का युवा नेता सुधीर पटेलले धादिङको गजुरी गाउँपालिकाका बाढीपीडित परिवारलाई करिब १५ लाख रुपैयाँ बराबरको...