Date
बिहि, कार्तिक १३, २०८३
Thu, October 29, 2026

विश्व क्षयराेग दिवसकाे अवसरमा पत्रकारसंग अन्तरक्रिया

spot_img
spot_img

वीरगंज । पर्सामा गत बर्ष ८ सय ४२ जना नयाँ क्षयरोगी फेला परेका छन् । जस मध्ये ५० जनाको मृत्यु समेत भएको छ ।

विश्व क्षयरोग दिवसको अवसरमा बुधबार जिल्ला स्वास्थ्य कार्यालय पर्सामा आयाेजित पत्रकार संगकाे अन्तरक्रिया कार्यक्रममा यस्ताे तथ्यांक प्रस्तुत गरिएकाे हाे ।

जिल्ला परियाेजना संयाेजक संताेष कुमार गुप्ताले प्रस्तुत गरेकाे तथ्यांक अनुसार गत बर्ष देशभरमा ४२ हजार नयाँ क्षय रोगी फेला परेका हुन् । जस मध्ये बर्षभरीमा झण्डै ५५ सय जनाको मृत्यु भएको थियाे । 

प्रस्तुत तथ्यांक अनुसार देशभरीमा प्रत्येक दिन एक सय १५ जना क्षय राेग बिरामी फेला पर्ने गरेका छन् भने १५ जनाको मृत्यु हुने गरेको छ ।

प्रदेश नं. २ मा मात्र क्षयरोग बिरामी १५ हजार २ सय रहेको र जस मध्ये उपचारमा रहेका बिरामीकाे संख्या ५ हजार ७ सय ५ र उपचारमा नआएका बिरामीको संख्या ९ हजार ५ सय रहेको जनाइएको छ । क्षयरोगीमा ३ प्रतिशत मानिसको मृत्यु हुने गरेको छ । 

पर्सा जिल्ला अन्तर्गत ठाेरी गाउँपालिकाकाे निरमलबस्ती, पर्सागढीकाे बागवाना र सखुवा प्रसाैनीकाे मधुवलमथवल क्षयरोगको उच्च जोखिमा रहेको छ ।

मुलुकलाई २०३५ सम्म क्षयराेग उन्मूलन गर्ने लक्ष्य रहेपनि समाजमा लुकिएर रहेकाे ५० प्रतिशत क्षयराेग बिरामी पता लागेन भने गर्न नसकिने स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य निरिक्षक बालकृष्ण यादवले वताए ।

क्षय रोगीहरु समाजमा खुलेर आउन नमान्ने तथा समाजले राम्रो दृष्टीकोण नराख्ने अवस्थारहेको हुदा पनि समस्या भएकाे उनले वताए ।

जिल्ला स्वास्थ्य कार्यालय पर्साका बरिष्ठ जनस्वास्थ्य अधिकृत कामेश्वर चौरसियाले सवारी दुर्घटना भन्दा बढी क्षय रोगबाट मृत्यु हुने गरेको वताए । उनले नेपाललाई २०३५ सम्म क्षयरोग मुक्त गर्ने लक्ष्य लिएको भए पनि क्षयरोगी लुक्ने, समयमा औषधी नियमीत खान नकिएको जस्ता समस्याका कारण लक्ष्य प्राप्ति गर्न नसकिने वताए ।

उनले एक जना क्षयराेग बिरामी १० जनालाई राेग सार्ने भएकाेले सचेत हुन जरुरी रहेकाे वताए । प्रदुषण, स्वासप्रस्वास खालकाे समस्याका कारण लाग्ने क्षयराेग बढी गरिब र विपन्न परिवारकाे व्यक्तिलाई हुने गरेकाे वताए ।

जिल्ला स्वास्थ्य कार्यालय पर्साकाे आयाेजनामा भएकाे कार्यक्रमा नेपाल पत्रकार महासंघ पर्साका सचिव युवराज खड्का लगायतका ३ दर्जन भन्दा बढी संचारकर्मीहरुकाे सहभागिता रहेकाे थियाे ।

साेही कार्यक्रममा क्षयराेग निकाे भएका आमा लामा घिसिङलाई सम्मान समेत गरिएकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पकाहाँ मैनपुरमा कांग्रेसका केन्द्रीय सदस्य क्षेत्रीलाई स्वागत तथा सम्मान

वीरगंज । नेपाली कांग्रेस पर्साका जिल्ला सभापति तथा नवनिर्वाचित केन्द्रीय सदस्य जनार्दन सिंह क्षेत्रीलाई पर्साको पकाह मैनपुर गाउँपालिका–३ मा आयोजित एक कार्यक्रमबीच स्वागत तथा...

वीरगंजका बैंकलाई सांसद पन्तको आग्रह : यहाँको नाफाको सीएसआर यहीँ खर्च गरौँ

वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साका सभापति एवं प्रतिनिधिसभा सदस्य हरि पन्तले वीरगन्जमा व्यवसाय सञ्चालन गरी नाफा कमाइरहेका बैंकहरूलाई आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्व...

दसैँमा समेत तलब नपाएपछि सखुवाप्रसौनीका प्रधानाध्यापकद्वारा ज्ञापनपत्र

सेढवा । पर्साको सखुवाप्रसौनी गाउँपालिकामा गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतबीचको विवादका कारण शिक्षक तथा कर्मचारीले दसैँमा समेत तलब पाउन नसकेको विषय सार्वजनिक भएको...