Date
बिहि, कार्तिक १३, २०८३
Thu, October 29, 2026

हातिपाईले रोग निवारण सम्बन्धि पत्रकारहरुसंग अन्तरक्रिया

spot_img
spot_img

वीरगंज । रास्ट्रीय हातिपाईले रोग निवारण सम्बन्धि पत्रकारहरुसंगकाे १ दिने अन्तरक्रिया सम्पन्न भएको छ ।

पर्सा जिल्लाबाट शुरु गरिएको हातिपाईले अभियान ६३ जिल्लामा सम्पन्न भइसकेकाे छ । प्रदेश २ को केवल बारामा मात्र यो अभियान चलिरहेको फोकल पर्सन शंकर गुप्ताले वताए ।

आम औसधि सेवन अभियानमा २ बर्ष माथि उमेरकाहरु, गर्भवती महिला, ७ दिन भित्रको सुत्केरी, ओछ्यानमा रहेका सिकिस्त बिरामि बाहेक सबैले औषधि खानु पर्ने गुप्ताले बताए ।

यो बर्ष कसैलाई हातमा औषधि नदिएर स्वास्थकर्मि आफैले खुवाउने अभियान रहेको कार्यक्रमका प्रदेश फोकल पर्सन अमजद मिकरानिले बताए ।

क्युलेक्स ब्याक्टेरियाका कारण हुने हातिपाईले रोग ज्यादै नराम्रो सरुवा रोग भएको जान्कारी गराइएको छ । यो रोगले अशक्त, असमर्थ तथा अपाङ्ग सम्म बनाउने गरेकाे छ ।

यो रोगको लक्षण केही बर्ष पछि मात्र देखा पर्ने र त्यसपछी निको नहुने मिकरानिले बताए । यो अभियान चैत २० गतेदेखि बारामा सन्चालन हुने जानकारी गराइएको छ ।

खाली पेटमा यो औषधि खान नहुने साथै औषधी खाए कोइ कसैलाई सामन्य टाउको दुख्ने, वाक्वाकी लाग्ने वा पेट दुख्ने लक्षण देखिन सक्ने र त्यसो भए औषधिले काम गरेको समेत बुझ्न र खुशी हुनुपर्ने मिकरानिले बताए ।

देशका विभिन्न जिल्ला झापा, धनकुटा, मोरङ्ग, बारा, लमजुङ्ग, पर्वत, बाग्लुङ, कपिलवस्तु, दाङ्ग, बाके, बर्दिया र कैलालीमा यो अभियान चलिरहेको मिकरानिले बताए । 

बारामा यो बर्ष १२ जना नयाँ हातिपाईलेको केश फेला परेको जनाइएको छ । बाराको महागढिमाई नगरपालिकाको वडा नम्बर २ र ५ मा गरि सो नयाँ केश भेटिएको हो ।

सेम्पलिङ्ग्मा बाराको देवताल गाउँपालिका र महागढिमाई नगरपालिकालाई राखेर जाच्दा महागढिमाईमा मात्र नयाँ केश देखिएको हो । जिल्ला जन स्वास्थ्य कार्यालय बाराको निमित प्रमुख रामनरेश यादवको अध्यक्षता तथा बरिस्ठ पत्रकार सत्य प्रसाद श्रेष्ठको प्रमुख आतिथ्यमा भएको अन्तरक्रियामा जिल्लाका अधिकान्स संचारकर्मीहरुकाे उपस्थिति रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पकाहाँ मैनपुरमा कांग्रेसका केन्द्रीय सदस्य क्षेत्रीलाई स्वागत तथा सम्मान

वीरगंज । नेपाली कांग्रेस पर्साका जिल्ला सभापति तथा नवनिर्वाचित केन्द्रीय सदस्य जनार्दन सिंह क्षेत्रीलाई पर्साको पकाह मैनपुर गाउँपालिका–३ मा आयोजित एक कार्यक्रमबीच स्वागत तथा...

वीरगंजका बैंकलाई सांसद पन्तको आग्रह : यहाँको नाफाको सीएसआर यहीँ खर्च गरौँ

वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साका सभापति एवं प्रतिनिधिसभा सदस्य हरि पन्तले वीरगन्जमा व्यवसाय सञ्चालन गरी नाफा कमाइरहेका बैंकहरूलाई आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्व...

दसैँमा समेत तलब नपाएपछि सखुवाप्रसौनीका प्रधानाध्यापकद्वारा ज्ञापनपत्र

सेढवा । पर्साको सखुवाप्रसौनी गाउँपालिकामा गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतबीचको विवादका कारण शिक्षक तथा कर्मचारीले दसैँमा समेत तलब पाउन नसकेको विषय सार्वजनिक भएको...