Date
सोम, भदौ २९, २०८३
Mon, September 14, 2026

हातिपाईले रोग निवारण सम्बन्धि पत्रकारहरुसंग अन्तरक्रिया

spot_img
spot_img

वीरगंज । रास्ट्रीय हातिपाईले रोग निवारण सम्बन्धि पत्रकारहरुसंगकाे १ दिने अन्तरक्रिया सम्पन्न भएको छ ।

पर्सा जिल्लाबाट शुरु गरिएको हातिपाईले अभियान ६३ जिल्लामा सम्पन्न भइसकेकाे छ । प्रदेश २ को केवल बारामा मात्र यो अभियान चलिरहेको फोकल पर्सन शंकर गुप्ताले वताए ।

आम औसधि सेवन अभियानमा २ बर्ष माथि उमेरकाहरु, गर्भवती महिला, ७ दिन भित्रको सुत्केरी, ओछ्यानमा रहेका सिकिस्त बिरामि बाहेक सबैले औषधि खानु पर्ने गुप्ताले बताए ।

यो बर्ष कसैलाई हातमा औषधि नदिएर स्वास्थकर्मि आफैले खुवाउने अभियान रहेको कार्यक्रमका प्रदेश फोकल पर्सन अमजद मिकरानिले बताए ।

क्युलेक्स ब्याक्टेरियाका कारण हुने हातिपाईले रोग ज्यादै नराम्रो सरुवा रोग भएको जान्कारी गराइएको छ । यो रोगले अशक्त, असमर्थ तथा अपाङ्ग सम्म बनाउने गरेकाे छ ।

यो रोगको लक्षण केही बर्ष पछि मात्र देखा पर्ने र त्यसपछी निको नहुने मिकरानिले बताए । यो अभियान चैत २० गतेदेखि बारामा सन्चालन हुने जानकारी गराइएको छ ।

खाली पेटमा यो औषधि खान नहुने साथै औषधी खाए कोइ कसैलाई सामन्य टाउको दुख्ने, वाक्वाकी लाग्ने वा पेट दुख्ने लक्षण देखिन सक्ने र त्यसो भए औषधिले काम गरेको समेत बुझ्न र खुशी हुनुपर्ने मिकरानिले बताए ।

देशका विभिन्न जिल्ला झापा, धनकुटा, मोरङ्ग, बारा, लमजुङ्ग, पर्वत, बाग्लुङ, कपिलवस्तु, दाङ्ग, बाके, बर्दिया र कैलालीमा यो अभियान चलिरहेको मिकरानिले बताए । 

बारामा यो बर्ष १२ जना नयाँ हातिपाईलेको केश फेला परेको जनाइएको छ । बाराको महागढिमाई नगरपालिकाको वडा नम्बर २ र ५ मा गरि सो नयाँ केश भेटिएको हो ।

सेम्पलिङ्ग्मा बाराको देवताल गाउँपालिका र महागढिमाई नगरपालिकालाई राखेर जाच्दा महागढिमाईमा मात्र नयाँ केश देखिएको हो । जिल्ला जन स्वास्थ्य कार्यालय बाराको निमित प्रमुख रामनरेश यादवको अध्यक्षता तथा बरिस्ठ पत्रकार सत्य प्रसाद श्रेष्ठको प्रमुख आतिथ्यमा भएको अन्तरक्रियामा जिल्लाका अधिकान्स संचारकर्मीहरुकाे उपस्थिति रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

मधेशमा ७७४ अस्थायी स्वास्थ्यकर्मीको कामकाजमा रोक

राजविराज । मधेश प्रदेशका स्वास्थ्य संस्थामा अस्थायी दरबन्दीमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीलाई कामकाजमा नखटाउन तथा हाजिर नगराउन प्रदेश सरकारले निर्देशन दिएको छ। मधेश प्रदेश...

उपनेश चौरसिया तरुण दल पर्साको उपाध्यक्षमा नियुक्त

वीरगंज । नेपाल तरुण दल पर्सा जिल्ला कार्यसमितिको उपाध्यक्षमा उपनेश कुमार चौरसिया नियुक्त भएका छन्। नेपाल तरुण दल पर्साका जिल्ला अध्यक्ष बालमीकी यादवले जिल्ला कार्यसमितिलाई...

सुधीर पटेलको नेतृत्वमा धादिङका बाढीपीडितलाई १५ लाखको राहत सामग्री वितरण

वीरगंज । जेन–जी पर्सा तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का युवा नेता सुधीर पटेलले धादिङको गजुरी गाउँपालिकाका बाढीपीडित परिवारलाई करिब १५ लाख रुपैयाँ बराबरको...