Date
मङ्ल, भदौ १६, २०८३
Tue, September 1, 2026

जगदम्बा उद्योगको विषयलाई लिएर स्थानीय र प्रहरीबीच झडप

spot_img
spot_img

वीरगंज । बाराको सिमरास्थित जगदम्बा स्टिल उद्योगको विषयलाई लिएर स्थानीय र प्रहरीबीच झडप भएको छ । झडपका क्रममा एक दर्जन भन्दा बढी घाइते भएका छन् । 

गोदाम भनी बनाएर मेसिन चलाएर रातमा समेत ध्वनी प्रदुषण गरेको भन्दै स्थानीयले जगदम्बा स्टिलको गोदाममा ताल्चा लगाएका थिए । दुई दिन अघि मात्रै उद्योगमा लगाइएकाे ताला प्रहरी ताेडेकाे थियो ।

साेही बिषयलाई लिएर बुधबार भएकाे झडपलाई नियन्त्रणमा लिन प्रहरीले तीन राउण्ड अश्रुग्याँस प्रहार समेत गर्नु परेकाे थियाे । झडपमा संलग्न रहेको आरोपमा प्रहरीले ३ जनालाई नियन्त्रणमा समेत लिएकाे थियाे । स्थिती समान्य बनेपछि उनीहरुलाई प्रहरी छाडेकाे थियाे ।

प्रहरीले उद्याेगमा स्थानियले लगाएकाे ताल्चा खाेलेपछि मंगलबार उद्याेग संचालन रहेकाे वडा कार्यालयमा बैठक बसेकाे थियाे । साे बैठककम हालकाे लागि ताला खुलेपनि उद्याेग संचालन नगर्न सहमती भएकाे थियाे । तर बुधबार दिउँसो उद्याेगकाे गोदाममा मेसिन चलाउन थालेको अनुभूति स्थानियले गरेपछि ढुंगा हानेका थिए ।

त्यसपछि पुगेकाे प्रहरी र स्थानिय बिच झडप भएकाे जितपुर सिमरा उपमहानगरपालिकाका वडा नं. २ का वडाध्यक्ष तीलक श्रेष्ठले वताए ।

दोहोरो झडप भई स्थिति तनावपूर्ण बनेपछि प्रहरीले अश्रुग्याँस प्रहार गरेर स्थानीयलाई लखेटेको थियो ।

स्थानीयको मागलाई वेवास्ता गरेका कारण स्थिति विग्रिएको वडाध्यक्ष श्रेष्ठकाे भनाई छ । उनले भने ‘गोदाम घरकाे लागि वडाबाट सहमती लिए पनि मेसिन जडान गरेर उद्योगले स्थानीयलाई आतंकित पार्ने काम गरेको छ । त्यसैको विरोधमा स्थानीयले गोदाममा ताल्चा पनि लगाएका थिए ।”

उनले थपे “मंगलबार वडा कार्यालयमा भएकाे सहमति विपरित उद्योगले मेसिन चलाउन खोजेपछि स्थानीयले ढुंगा हानेछन् । त्यसपछि झडप भएकाे रहेछ ।” 

झडपमा परी एक दर्जन भन्दा बढी घाइते समेत भएकाे उनले वताए । उनका अनुसार घाइते हुनेमा इलका प्रहरी कार्यालयका सिमराका प्रहरी निरिक्षक सहित ७ जना प्रहरी, ८ जना स्थानिय र केही उद्याेगकाे कर्मचारी पनि रहेका छन् । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

केरालामा ज्यान गुमाएका बिरेन्द्रको शव ल्याउन गाउँपालिका अध्यक्ष यादवले दुई लाख सहयोग गर्ने

वीरगंज । रोजगारीका लागि भारतको केराला पुगेका पर्साको जगरनाथपुर गाउँपालिका वडा नम्बर ४ निवासी २९ वर्षीय बिरेन्द्र मुखिया बिनको निधन भएपछि उनको शव नेपाल...

सूचीकरण तथा नवीकरण नगर्ने पत्रिकालाई लोककल्याणकारी विज्ञापनको रकम उपलब्ध नगराइने

काठमाडौँ । विज्ञापन बोर्डमा सूचीकरण तथा नवीकरण नगरी लोककल्याणकारी विज्ञापन प्रकाशन गर्ने पत्रपत्रिकालाई चालु आर्थिक वर्ष २०८३/८४ देखि त्यस्तो विज्ञापनवापतको रकम भुक्तानी नगरिने भएको...

हेलिकप्टरमार्फत बाढी प्रभावितलाई अत्यावश्यक सामानको व्यवस्थासहित उद्धार

रसुवा । सरकारले हेलिकप्टरमार्फत त्रिशूली नदी उत्तर–पश्चिमतर्फका नुवाकोट र रसुवाका बाढी प्रभावित जनतालाई  खाद्यान्न, नुन–तेललगायत अत्यावश्यक सामग्रीको व्यवस्था गरी राहत वितरण तथा उद्धार कार्यलाई...