Date
मङ्ल, भदौ २३, २०८३
Tue, September 8, 2026

पर्सामा पर्यटकीय सम्भावना प्रचुर : सांसद यादव

spot_img
spot_img
वीरगंज । पर्सा क्षेत्र नं‍. १ का प्रतिनिधि सभा सदस्य (सांसद) प्रदीप यादवले स्थानिय तहहरुमा विकास भएपनि जनताले अनुभूत गर्न नसकेको बताएका छन् । जनताले प्रत्यक्ष अनुभूत गर्नसक्ने गरि विकास निर्माणका कार्यहरु स्थानिय तहले अगाडी बढाउन नसकेको उनकाे भनाई छ ।
 
बुधबार जिल्ला समन्वय समिति पर्साको साधारण सभालाई सम्बोधन गर्दै उनले वर्तमान परिपेक्छमा जनप्रतिनिधीहरुको समन्वयको विकल्प नभएको बताए । पर्साका ४ वटै क्षेत्रका प्रतिनिधी सभा सदस्य, ८ वटै प्रदेशसभा सदस्य र १४ वटै स्थानिय तहका प्रमुख–उपप्रमुखहरुको समन्वय बिना पर्साको सर्वाङ्गीण विकास सम्भव नभएको उनले टिप्पणी गरे ।
 
संसदीय विकास कोषको रकमबाट जनता सडकमा लगानी गर्न उनले पर्साबाट निर्वाचित प्रतिनिधीसभा सदस्यहरुलाई आग्रह गरे ।
 
कार्यक्रमका प्रमुख अतिथीसमेत रहेको सांसद यादवले पर्सामा पर्यटकीय सम्भवना प्रचुर भएको औल्याउँदै यहाँको पर्यटन पुर्वाधारको विकासमा सबै सरोकारवालाहरु लाग्नुपर्नेमा जोड दिए । केन्द्र सरकारबाट योजना स्विकृत गराई यहाँ चिडियाखाना निर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्दै उनले बीरगन्ज महानगरपालिका र पोखरिया नगरपालिकासँग चिडियाखाना निर्माणार्थ जग्गाको माग गरे ।
 
यादवले केन्द्र सरकारले जिससलाई अधिकारविहीन बनाएको आरोप समेत लगाए । उनले संस्था खडा गरे पनि अधिकारविना केही गर्न नसक्ने तर त्यसको लागि संसदमा आफुले लडिरहेको बताए । संसद सुचारु छ, संविधानमाथि कानून छ । राजनीतिक, आन्तरिक लडाइ“को कारण मुलुकको अवस्था बिग्रिदै गएको उनले बताए । केही दिनमा नै नेपालमा नसुनेको घटना फेरि हुनसक्ने सङ्केत देखापरेको बताए ।
 
जिसस पर्साका सभापति नेकमहम्मद अन्सारीको सभापतिमा भएको कार्यक्रममा वीरगंज महानगरपालिका मेयर विजय कुमार सरावगी, पर्साका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङ, भूमि व्यवस्था समन्वय समितिका अध्यक्ष विनादेवी शर्मा, नेकपा एमालेका पर्सा अध्यक्ष प्रभु हजरा, माओवादी केन्द्रका प्रभु यादव, जसपाका पर्सा अध्यक्ष रामनरेश यादव, नेपाल पत्रकार महासङ्घ पर्साका अध्यक्ष श्याम बन्जारा, जिसस पर्साका उपसभापति ठाकुरप्रसाद न्यौपाने, सदस्य आमोद यादवलगायतले धारणा राखेका थिए । 
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भोटेकोशी बाढीमा बेपत्ता वीरगंजका आरभ र कालिकामाईका आलोकको कुशको शव बनाएर दाहसंस्कार

वीरगंज । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि बेपत्ता भएका वीरगंजका आरभ चौरसिया र पर्साको कालिकामाई गाउँपालिका–२, भेडिहारीका आलोक चौरसियाको अवस्था लामो समयसम्म अज्ञात...

भोटेकोशी बाढीः एक हजार ३५६ जनाको शव फेला

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार ३५६ जनाको शव फेला परेको छ भने अनुमानित चार हजार ९९४ जना सम्पर्कविहीन रहेका...

भोटेकोशी बाढीका मृतकप्रति वीरगंज कपडा बैंकद्वारा श्रद्धाञ्जली अर्पण

वीरगंज । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका मृतकहरूप्रति वीरगंज कपडा बैंकले श्रद्धाञ्जली  गरेको छ। वीरगंज कपडा बैंकले सोमबार साँझ वीरगंज–८ स्थित आफ्नै...