Date
सोम, भदौ २९, २०८३
Mon, September 14, 2026

गुप्ताको नेतृत्वमा वीरगंज उद्योग वाणिज्य संघको नयाँ कार्यसमिति

spot_img
spot_img
वीरगंज । वीरगंज उद्योग वाणिज्य संघको ४५ औं वार्षिक साधारण सभाबाट सुबोध गुप्ताको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएकाे छ । आइतबार भएकाे निर्वाचनमा अध्यक्षमा गुप्ता निर्विराेध निर्वाचित भएका हुन् । 
 
कार्यसमितिको बरिष्ठ उपाध्यक्षमा अनिल कुमार अग्रवाल, उपाध्यक्षमा हरिप्रसाद गौतम, महासचिवमा मनोज कुमार दास, सचिवमा अरविन्द्र अमात्य, आषिश कुमार लाठ, कोषाध्यक्षमा गोविन्द शाह, सहकोषाध्यक्षमा प्रेमचन्द्र गोयल, सहसचिवमा शुशान्त चाचान तथा अनोज रुगटा निर्वाचित भएकाे प्रमुख निर्वाचन अधिकृत बालमुकुन्द खरेलले वताए ।
 

केही पदाधिकारी निर्विराेध र केही निर्वाचनबाट भएकाे उनले जानकारी दिए ।

कार्यसमितिकाे द्वितीय उपाध्यक्षमा हरि प्रसाद गौतम र सुनिल कुमार खेतानबीच प्रतिस्पर्धा भएको थियो । जसमा गौतमलाई २६ मत र खेतानलाई ६ मत मात्रै परेको थियो । त्यस्तै, उद्योगतर्फको सचिवमा अरविन्द अमात्यलाई २२ र सुरेश रुंगटालाई ९ मत परेको थियो । कोषाध्यक्षमा गोविन्द प्रसाद शाह २ मतले विजयी भए । साहलाई १७ र नवनित अग्रवाललाई १५ मत परेको थियो ।

सहकोषाध्यक्षमा प्रेमचन्द्र गोयले २७ मत ल्याएर विजयी भए र अर्का उम्मेदवार अंकित खेतानको पक्षमा ५ मत मात्रै परेकाे थियाे ।
दुई बर्ष कार्यकाल रहेकाे नयाँ कार्यसमितिको सपथ ग्रहण १५ दिनपछि हुने जनाइएकाे छ ।
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

मधेशमा ७७४ अस्थायी स्वास्थ्यकर्मीको कामकाजमा रोक

राजविराज । मधेश प्रदेशका स्वास्थ्य संस्थामा अस्थायी दरबन्दीमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीलाई कामकाजमा नखटाउन तथा हाजिर नगराउन प्रदेश सरकारले निर्देशन दिएको छ। मधेश प्रदेश...

उपनेश चौरसिया तरुण दल पर्साको उपाध्यक्षमा नियुक्त

वीरगंज । नेपाल तरुण दल पर्सा जिल्ला कार्यसमितिको उपाध्यक्षमा उपनेश कुमार चौरसिया नियुक्त भएका छन्। नेपाल तरुण दल पर्साका जिल्ला अध्यक्ष बालमीकी यादवले जिल्ला कार्यसमितिलाई...

सुधीर पटेलको नेतृत्वमा धादिङका बाढीपीडितलाई १५ लाखको राहत सामग्री वितरण

वीरगंज । जेन–जी पर्सा तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का युवा नेता सुधीर पटेलले धादिङको गजुरी गाउँपालिकाका बाढीपीडित परिवारलाई करिब १५ लाख रुपैयाँ बराबरको...