Date
शुक्र, कार्तिक १४, २०८३
Fri, October 30, 2026

गुप्ताको नेतृत्वमा वीरगंज उद्योग वाणिज्य संघको नयाँ कार्यसमिति

spot_img
spot_img
वीरगंज । वीरगंज उद्योग वाणिज्य संघको ४५ औं वार्षिक साधारण सभाबाट सुबोध गुप्ताको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएकाे छ । आइतबार भएकाे निर्वाचनमा अध्यक्षमा गुप्ता निर्विराेध निर्वाचित भएका हुन् । 
 
कार्यसमितिको बरिष्ठ उपाध्यक्षमा अनिल कुमार अग्रवाल, उपाध्यक्षमा हरिप्रसाद गौतम, महासचिवमा मनोज कुमार दास, सचिवमा अरविन्द्र अमात्य, आषिश कुमार लाठ, कोषाध्यक्षमा गोविन्द शाह, सहकोषाध्यक्षमा प्रेमचन्द्र गोयल, सहसचिवमा शुशान्त चाचान तथा अनोज रुगटा निर्वाचित भएकाे प्रमुख निर्वाचन अधिकृत बालमुकुन्द खरेलले वताए ।
 

केही पदाधिकारी निर्विराेध र केही निर्वाचनबाट भएकाे उनले जानकारी दिए ।

कार्यसमितिकाे द्वितीय उपाध्यक्षमा हरि प्रसाद गौतम र सुनिल कुमार खेतानबीच प्रतिस्पर्धा भएको थियो । जसमा गौतमलाई २६ मत र खेतानलाई ६ मत मात्रै परेको थियो । त्यस्तै, उद्योगतर्फको सचिवमा अरविन्द अमात्यलाई २२ र सुरेश रुंगटालाई ९ मत परेको थियो । कोषाध्यक्षमा गोविन्द प्रसाद शाह २ मतले विजयी भए । साहलाई १७ र नवनित अग्रवाललाई १५ मत परेको थियो ।

सहकोषाध्यक्षमा प्रेमचन्द्र गोयले २७ मत ल्याएर विजयी भए र अर्का उम्मेदवार अंकित खेतानको पक्षमा ५ मत मात्रै परेकाे थियाे ।
दुई बर्ष कार्यकाल रहेकाे नयाँ कार्यसमितिको सपथ ग्रहण १५ दिनपछि हुने जनाइएकाे छ ।
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

छठअघि सिर्सिया नदी सफा राख्न उद्योग विभागको निर्देशन

वीरगञ्ज । उद्योग विभागले प्रशोधन नगरी वा निर्धारित वातावरणीय मापदण्डविपरीतको फोहोर पानी नदी तथा खोलामा सिधै विसर्जन नगर्न देशभरका उद्योगहरूलाई निर्देशन दिएको छ। विशेषगरी वीरगञ्ज–पथलैया...

मधेस प्रदेशमा अब चौमासिक रूपमा आन्तरिक लेखापरीक्षण हुने

जनकपुरधाम । मधेस प्रदेश सरकारले सरकारी निकायहरूको आर्थिक कारोबारमा वित्तीय अनुशासन र पारदर्शिता कायम गर्ने उद्देश्यले अब चौमासिक रूपमा आन्तरिक लेखापरीक्षण गर्ने भएको छ। चालू...

अमलेखगञ्जमा ट्यांकर, ईभी हाइस र मोटरसाइकल ठोक्किँदा १० जना घाइते

बारा। बाराको जितपुरसिमरा उपमहानगरपालिका–२१ स्थित अमलेखगञ्जमा डिजेल बोकेको ट्यांकर, ईभी हाइस र मोटरसाइकल एकआपसमा ठोक्किँदा १० जना घाइते भएका छन्। शुक्रबार दिउँसो करिब १२ बजे...