Date
बुध, बैशाख ९, २०८३
Wed, April 22, 2026

अपराधको सन्दर्भमा कसैले भने पनि तलमाथि हुँदैन : एसपी पाण्डे

पर्साका प्रहरी उपरिक्षक (एसपी) बेलबहादुर पाण्डेले अपराधको सन्दर्भमा कसैले भनेर वा नभेर तलमाथि हुने गतल भ्रममा नपर्ने आग्रह गरेका छन् । कुनै पनि घटनामा प्रहरीले पिडित कै पक्षमा काम गर्ने गरेको उनी बताउँछन । केही केही मान्छेहरुमा ठुलाबडालाई भनाएर वा लिएर गयौं भने पुलिसले अलि बढि सुनिदिन्छ कि भन्ने गलत भ्रम रहेकोले त्यसता भ्रममा नपर्न उनले सुझाव दिएका छन् । समाजमा हुने कुनै पनि अपराधका कार्य जो प्रहरी कार्यसंग सम्बन्धीत छ अथवा प्रहरी कार्य क्षेत्रभित्र पर्छ त्यसका सवालमा कुनै पनि वर्गका पिडित निसंकोच, बेझिझक जिल्ला प्रहरी कार्यालय र मातहतका कार्यालयमा आएर आफ्ना कुरा राख्ने आग्रह पनि गरेका छन् । उनले आफू जिल्ला प्रहरी कार्यालय पर्सामा आएको दुई महिना मै ३ करोड भन्दा माथि अबैध समान बरामद गरि चोरी तस्करीलाई नियन्त्रण अपराधिक क्रियाक्लापलाई नियन्त्रण गरेको दाबी गरेका छन् । उनै प्रहरी प्रहरी उपरिक्षक बेलबहादुर पाण्डेसंग पर्सा जिल्लाको अपराधिक गतिबिधी तथा चोरी तस्करी बारे कालिका टाईम्सको लागि लिराम यादवले गरेको कुराकानीको संपादित अंश

- Advertisement -

१) यहाँ पर्सा जिल्लामा आएदेखी अपराधिक क्रियाक्लाप नियन्त्रण गर्न के के गर्नु भएको छ ?
पर्सा जिल्लामा आएको दुई महिना हुन लाग्यो । प्रहरीले निरन्तर रुपमा जे गर्नु पर्ने हो त्यही कामलाई अगाडी बढाएको हो । जिल्लामा भएको स्रोत साधन तथा जनशक्तिले नै काम गरिन्छ र त्यही अनुसार मैले पनि गर्दै गरेको हो । अपराध नियन्त्रण गर्ने र भएका अपराध बारे सफल अनुसन्धान गरी पिडितलाई न्याय र पिडकलाई दण्डको भागिदार बनाएर पूर्ण अपराध नियन्त्रण गरेर शान्ति सुरक्षाको वातावरण बनाउने काममा हामी निरन्तर लागेका छौ । यसमा सोची बिचारी योजनाबद्ध तरिकाले हामी लागेका छौं र त्यसको असर प्रभाव सकारात्मक किसिमको रहेको छ ।

२) पर्सा जिल्लामा कस्ता किसिमका बढि अपराधिक गतिविधी हुने गरेको छ ?
पर्सामा १०७ किलो मिटर खुल्ला सिमाना छ । त्यहाँबाट चोरी तस्करी हुने गर्छ । अर्काे जिल्लामा विभिन्न किसिमका अपराधिक क्रियाक्लापहरु छन् । पर्सा जिल्लामा हत्या, महिला तथा बालबालिका बिरुद्धको अपराध, जबरजस्ती करणी, बालबिबाह, लागु औषध र भारतबाट आउने औषधी जन्य लागु औषध र नेपालबाट जाने गाँजाजन्य लागु औषध, हुन्डी कारोबार र सुनचाँदी तस्करी लगायतका अपराध छन् भने मैले आएको दुई महिनाको अवधिमा कार्य संचालन गरेको अपरेशनबाट देखिएको छ । यसमा प्रहरीले सफल अनुसन्धान गरी अपराधिक क्रियाक्लाप नियन्त्रण गरेको र नियन्त्रण गर्न निरन्तर लागेको छ ।

३) अझै पनि लुकिछिपी हुने चोरी तस्करी र अपराधका घटना कसरी खोतालेर बाहिर निकाल्नु हुन्छ ? यसमा कस कसको साथ र सहयोगको अपेक्षा राख्नु हुन्छ ?
हामीले जनताबाट सहयोगको अपेक्षा खोज्ने हो । किन भने समाजमा नै सबै अपराध हुन्छ । अपराध बिहिन समाजको कल्पना गर्न सकिन्न । अपराधका घटना जसरी हुन्छ र जो जो जसरी संलग्न हुन्छ ती सबै विषय प्रहरीमा आउँदैन । समान्यता के भनिन्छ भने ४० प्रतिशत अपराधिक घटनाहरु प्रहरी नोटिसमा आउँछ र कारवाही प्रकृयामा जान्छ । तर ६० प्रतिशत कानुनी प्रकृयामा प्रहरी जानकारीमा आउँदैन भन्ने छ । त्यसकारण जे जे अपराधका घटनाहरु छन्, त्यसलाई प्रहरी जानकारीमा ल्याउने र फौजदारी मुद्दाको तहत कारवाही प्रकृयामा लाने नै हुन्छ । त्यसका लागि हामीले निरन्तर काम गरिरहेका छौं ।

४) लागु औषध सेवन र कारोबारमा संलग्न युवा जमातलाई मुक्ति दिलाउन के के गर्नु भएको छ ? र अन्यलाई यस्ता कुलतमा फस्न नदिन यहाँको योजना के छ ?
यो बढो ठुलो गम्भिर विषय हो । मैले मेरो भएको काम मात्रै गर्ने हो । लागु औषध नियन्त्रण ऐन २०३० को उलंघनको सन्दर्भमा लागु औषधको सेवन, लागु औषध ओसारपोसार, उत्पादन, भण्डारण लगायतको सन्दर्भमा हामी कानुन बमोजिमको कारवाहीमा लिएर जान्छौ । यो संगसंगै रोकको पनि विषय हो । हाम्रो काम र कारवाहीको प्रकृयाले मात्रै लागु औषध कारोबार वा सेवनमा गर्ने युवा जमातलाई रोक्न सकिदैन । यसमा सचेतनाको पनि आवश्यकता छ । हामीले समुदायिक प्रहरी सेवा केन्द्रहरु मार्फत र अन्य क्लब, स्थानीय समुदायहरु मार्फत पनि सचेतना मूलक कार्यक्रममा गएका छौ । यो दोहोर प्रकृयाबाट प्रहरीले कारबाही संचालन गरेर जो दोषी छ त्यसलाई पक्राउ गरेर कारबाही प्रकृयामा लान्छौ । विभिन्न संस्था, क्लबहरु मार्फत स्कुल, कलेज र समुदायमा गई प्रहरीले आगु औषध कारोबार र सेवनमा मान्छे नजाउन, संलग्न नहोउन भन्ने हिसाबले सचेतना गराउने काम निरन्तर गर्दै आएको छ । लागु औषध सम्बन्धी सरोकारवाला पक्षहरुसंग पनि हातोमाले गरि काम गरिरहेका छौ तर यसका बाबजुद पनि समस्या चाँहि दिनप्रति दिन बढ्दो छ । व्यक्तिगत रुपमा मलाई यो चिन्ताको विषय बनेको छ ।

५) कतिपय पिडितहरु प्रहरीसंग डराएर पनि न्यायको लागि जिल्ला प्रहरी कार्यालयमा नेता वा अन्य माध्यमबाट आउने गर्दछ ? यस बारे के भन्नु हुन्छ ?
पिडित त आफै आउने हो । पिडित कसैकाे माध्यमबाट आउने होईन । प्रहरीमा पिडित चौबिसै घण्टा आउन सक्छ । आओस् पनि हो र जो सही पिडित हो त्यो आफै आईदियो भने म बढि खुशी हुन्छु । हामीले पक्षधरता लिने भनेको पिडितको हो । यसमा कतिपय केही मान्छेको माध्यमबाट आउँछन् त्यो सही होईन । समाजमा हुने कुनै पनि अपराधका कार्य जो प्रहरी कार्यसंग सम्बन्धीत छ अथवा प्रहरी कार्य क्षेत्रभित्र पर्छ त्यसका सवालमा कुनै पनि वर्गका पिडित निसंकोच, बेझिझक जिल्ला प्रहरी कार्यालय र मातहतका कार्यालयमा आएर आफ्ना कुरा राख्न सक्नु हुन्छ । त्यो विषय अनुसार हामी कार्य गर्छाै र गरिरहेका पनि छौ । तर केही केही मान्छेहरुमा ठुलाबडालाई भनाएर वा लिएर गयौं भने पुलिसले अलि बढि सुनिदिन्छ कि भन्ने गलत भ्रम हुन्छ । त्यस्ता गलत भ्रममा नपर्दा हुन्छ । किन भने अपराधको सन्दर्भमा कसैले भनेर वा नभनेर तलमाथि गर्ने छुट हामीलाई छैन ।

६) पर्सा जिल्ला खुल्ला सिमाना हो, यहाँ बालुवादेखी पोके समेत तस्करी हुने गरेको आरोप छ, कतिको चुनौती छ, पर्सा जिल्ला ? खुल्ला सिमानाका कारण जोखिम रहि नै रहन्छ । हाम्रो कोशिस चोरी तस्करीलाई न्युनिकरण र नियन्त्रण गर्ने हो । खुल्ला सिमाना भएपनि ल्याउन सक्ने ठाउँहरुमा प्रहरीले कडा निगरानी गरिरहेको छ र यसमा हामी सफल भएका छौ ।

७) तर पर्सा प्रहरी तस्करदेखी सिमा आवतजावतको सुरक्षामा समेत सक्षम हुन नसकेको जनगुनासो बढ्दो छ ? यसलाई यहाँले कुन रुपमा लिनुहुन्छ ?
जनगुनासो त छदै छैन । म आईसकेपछि ३ करोडभन्दा बढिको समान समातेका छौ । घरायसी प्रयोजनको लागि २/३ केजी चिनी लिएर आउने अवस्था मुख्य नाकाबाट पनि छ । त्यो अवस्था बाहेक गलत ढङ्गले हुने तस्करी कार्यको बिरुद्धमा छौ । तस्करी हुन नदिन सबै ठाउँमा कडाई गरिएको छ ।

८) खासगरि माथिल्लो तहका प्रहरीभन्दा पनि तल्लो तहका प्रहरीका कारण प्रहरी कार्यालय बदनाम हुने गरेको देखिन्छ ? पर्सा प्रहरी कार्यालयलाई बदनाम गराउने प्रहरीलाई यहाँको पालामा कस्तो कारबाहीको अपेक्षा गर्न सकिन्छ ?
गुनासो र आरोप रहने कुरा एउटा पाटो भयो । जब कुनै पनि तहको कर्मचारी गलत कार्यमा संगलग्न भएको सबुत प्रमाण पुग्छ भने हामीले त्यही कसुरमा विभागीय कारबाही गर्छाै । यसमा हामीले निरन्तर मातहतका युनिट र कर्मचारीहरुलाई निर्देशन दिईरहेका छौ । काममा सुधार पनि आएको छ । त्यस्ताे कारबाही गर्ने अवस्था देखेका छैनौं ।

९) मुलुकको राजश्व छली गरी अर्थतन्त्रलाई धवस्त पार्ने माफियाहरुलाई तह लगाउन यहाँले कस्तो रणनिती बनाएर अगाडी बढ्दै हुनुहुन्छ ?
त्यो त त्यही हो–सिमामा हुने चोरी तस्करी । जसरी भएपनि हामी नियन्त्रण गर्छाै । त्यसमा हामी मात्रै होईन, सिमा सुरक्षामा खट्ने सशस्त्र प्रहरी पनि छ । हामी जहाँ जहाँ र जुन नाकामा छौ । हाम्रो मुख्य कर्तव्य गलत हिसाबले हुने गतिबिधी रोक्ने हो । चोरी तस्करीले राजश्व छलीमा योगदान गर्ने हो र त्यो रोक्ने हाम्रो ड्युटी पनि हो । हामी लागेका छौ । जिल्ला सुरक्षा समन्वय समिति र सशस्त्र प्रहरी बलसंग जिल्लामा पनि छलफल र समन्वय हुन्छ र युनिटवाईज पनि हुन्छ । हामी जहाँ छौ, त्यहाँ सशस्त्र प्रहरी पनि छ । कार्यगत र सौद्धान्तिक हिसाबमा जिल्लामा समन्वय र सहकार्य छ र हाम्रो काम प्रभावकारी ढङ्गले अगाडी बढेको छ ।

१०) अन्त्यमा के भन्न चाहनु हुन्छ ?
सिमामा हुने अपराध वा जिल्ला भित्र हुने कुनै पनि गलत कामकारबाही अथवा अपराधिक क्रियाककलाप तत्काल छिटोभन्दा छिटो प्रहरीलाई जानकारी दिई दिनुपर्छ र प्रहरी कार्यमा सूचना वा अन्य काम कारबाहीले सहयोग गरिदिनु भयो भने अपराध नियन्त्रण गर्ने काममा त्यसले योगदान गर्छ र त्यो योगदान भनेको अन्नतः त्यही समाजमा रहेको व्यक्तिलाई नै लाभ हुने हो । जब समाज सही दुरुषत हुन्छ, गलत मान्छे रहदैन तब त्यो बस्न लायक समाज हुन्छ । सभ्य र बस्ने लायक समाज बनाउने नै हाम्रो भूमिका हुन्छ । त्यसको लागि हामीले जनताको नै सहयोग र सदभावकाे अपेक्षा राखेका छौ ।

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

सरकारी विज्ञापन नीतिविरुद्ध पत्रकार महासंघको देशव्यापी आन्दोलन घोषणा

काठमाडौँ । नेपाल पत्रकार महासंघले सरकारी विज्ञापन वितरणसम्बन्धी निर्णयविरुद्ध देशव्यापी दबाबमूलक अभियान सञ्चालन गर्ने घोषणा गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले तीनै तहका सरकारी...

वीरगंज सडक विस्तार : २४ घण्टामै १२ सय संरचना भत्काइयो, निर्माण सम्पन्न हुन दुई वर्ष लाग्ने

वीरगंज । वीरगंज महानगरपालिका क्षेत्रमा मुख्य सडकको दायाँबायाँ २५ मिटरभित्र रहेका अतिक्रमित संरचना हटाउने कार्य सम्पन्न भएको छ। आइतबार बिहानदेखि डोजर प्रयोग गरी सुरु गरिएको...

वीरगंजमा ६ केजीभन्दा बढी गाँजा सहित ४ भारतीय नागरिक पक्राउ

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साले लागुऔषध गाँजा सहित चार जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। साेमबार बिहान करिब ८:२० बजे वीरगंज महानगरपालिका वडा नं....