Date
मङ्ल, भदौ ३०, २०८३
Tue, September 15, 2026

प्रसौनी भाठ्ठामा सशस्त्र प्रहरीकाे विओपी स्थापना

spot_img
spot_img

वीरगंज । पर्साको बिन्दवासिनी गाउँपालिका वार्ड न–५,प्रसौनी भाठ्ठास्थित छोटी भन्सार कार्यालय परिसरमा बुधबार एक कार्यक्रम बिच सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट प्रसौनी भाठ्ठाको उद्घाटन गरिएको छ ।

कार्यक्रमका प्रमुख अतिथि सशस्त्र प्रहरी बल नेपाल २ नम्बर, छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीका सशस्त्र प्रहरी नायब महानिरीक्षक चन्द्र प्रकाश गौतमले पोष्टको उद्घाटन गरेका थिए ।

सिमामा हुने अपराधी गतिविधि,राजस्व छली, लागुऔषध ओसारपसार,चेलिबेटी बेचबिखन जस्ता कार्यहरु नियन्त्रण गर्ने उदेश्यका साथ पर्सा जिल्लाको १७ औ बिओपीको रुपमा प्रसौनी भाट्टामा सो पोष्ट स्थापना गरिएको जनाइएको छ ।

उद्घाटन कार्यक्रममा विन्दवासिनी गाउँपालिकाका अध्यक्ष श्रीलाल साह कानु, उपाध्यक्ष किरण देवी गुप्ता, पर्साका प्रमुख जिल्ला अधिकारी आसमान तामाङ्ग, पर्साका प्रहरी उपरीक्षक बेलबाहादुर पान्डे, सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खडका, वीरगंज भन्सारका अधिकृत महेश आचार्य लगायत विभिन्न बिओपीका इन्चार्ज तथा स्थानीय बासिहरुको सह्भागिता रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

धर्म, संस्कृति र परम्पराको संरक्षणले सद्भाव, शान्ति र एकता कायम गर्छः सभामुख यादव

जनकपुरधाम । मधेस प्रदेशका सभामुख रामअशिष यादवले धर्म, संस्कृति र परम्पराको संरक्षणले सामाजिक सद्भाव, शान्ति र एकता कायम गर्न महत्वपूर्ण टेवा पुगेको बताउनुभएको छ...

अपहरणमा परेको १२ दिनपछि १५ महिने बच्चाको सकुशल उद्धार

जनकपुरधाम । धनुषाको बिदेह नगरपालिकाबाट करिब दुई साताअघि अपहरणमा परेका १५ महिने बालकको प्रहरीले सकुशल उद्धार गरेको छ । यही भदौ १८ गते अपहरणमा परेका...

प्रयोगात्मक शिक्षाका लागि सरकारी विद्यालयमा आधुनिक प्रयोगशाला बनाउन विशेष साहको प्रस्ताव

काठमाडौं । जेन जि पर्साका संयोजक विशेष साहले विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनसँग भेट गरी सरकारी विद्यालय तथा कलेजहरूमा प्रयोगात्मक शिक्षालाई प्रभावकारी बनाउन...