Date
शनि, कार्तिक १५, २०८३
Sat, October 31, 2026

वीरगंजमा चल्ने ई-रिक्साकाे भाडा ताेकियाे

spot_img
spot_img

वीरगन्ज । वीरगन्ज महानगरपालिकाको कार्यालयमा शुक्रबार ई–रिक्साको रुट र भाडा दर सम्बन्धि छलफल कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा वीरगन्ज महानगरपालिका अन्तर्गत रहेको यातायात तथा सवारी व्यवस्थापन कार्यबिधि २०७६ कार्यान्वयनका लागि कार्यदल समेत गठन गरिएको छ ।

वीरगन्ज महानगरपालिकाका पुर्वाधार बिकास समितिका अरबिन्द कुमार गुप्ताको संयोजकत्वमा गठित कार्यदलकाे सदस्य सचिबमा बिजय कुमार गुप्ता, सदस्यमा सडक तथा यातायात व्यवस्था शाखा बिरगन्ज, नागरिक समाज बिरगन्जका अमर गौतम, ट्राफिक बिज्ञ राजन श्रीवास्तव, नेपाल ईलेक्ट्रिक रिक्सा सञ्चालक कम्पनी प्रा.लि. वीरगन्ज पर्साका अध्यक्ष अमजद अन्सारी, यातायात व्यवस्था कार्यालय वीरगन्जका सवारी शाखाका अधिकृत अजय लाल कर्ण लगायतका रहेका छन् ।

साेही कार्यदलले वीरगन्ज महानगर भित्र चल्ने ईरिक्साको भाडा दर सर्वसहमतीबाट निर्णय गरेको र शनिबार देखि ई–रिक्साका रुट र भाडादर सबैले देख्ने गरि राखिने निर्णय गरेकाे छ ।

कार्यदलकाे बैठकले १० वटा स्थान जाने र आउने रुट कायम गरेको छ भने रुट अनुसारको बोर्ड र भाडादर समेत सर्वसाधारणले देख्ने गरि राखिने निर्णय गरेकाे हो ।

रुट नं. १ मा घन्टाघर देखि सुरु भई माईस्थान, लोहारपट्टि चोक सम्म १०, बिर्ता चौकको, नारायणी अस्पताल सम्म १५, ईदगाह चौक सम्मको २५ र रजतजयन्ती चोक हुँदै मितेरी पुलसम्मको ३० रुपैया कायम भएको छ ।

रुट नं.२ मा घन्टाघर देखि डेरि हक १०, मुर्ली चोकसम्म १०, त्रिमुर्ति चोक र पावरहाउस चोकसम्मको १५, चिनिमिल आवास र पिपरा बहुअरि २० त्यसपछि गण्डक चौकसम्मको ३० रुपैया तोकिएको हो ।

रुट नं. ३ मा घन्टाघर– जिल्ला प्रशासन कार्यालय – रानिघाट – श्रीपुरटोल – वडा प्रहरी कार्यालय – राधेमाई – करबोला चोक सम्मको २० रुपैया तोकिएको छ भने रुट नं. ४ मा घन्टाघर देखि लिंकरोड–ब्यारेक चौक– नयाबसपार्क – मेडिकल– भेडियाही गाउँ सम्मको २५ रुपैया रहेको छ ।

रुट नं. ५ मा लक्ष्मनवा चौक देखि – प्रतिमा चौक, ब्रह्मचोक सम्म १०, न्युरो अस्पताल, नेपाली सेनाको ब्यारेक सम्म १५ र ३ नम्बर सडक हुँदै रेशमकोठी चोक, लोहारपट्टी चोकको २०, राष्ट्र बैक –नगरपालिका चोक सम्म २५ र रा. बैक चोक हुँदै पुरानो बसपार्क सम्मको ३० लिने तोकिएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

नेपाल प्रेसको कार्यालयमै छिरेर पत्रकार सुवेदी पक्राउ, पक्राउ पुर्जीबिनै प्रहरीको धरपकड

काठमाडौं । प्रहरीले काठमाडौंस्थित नेपाल प्रेसको कार्यालयभित्रै प्रवेश गरेर पत्रकार विश्वमणि सुवेदीलाई नियन्त्रणमा लिएको छ । सादा पोशाकमा आएका प्रहरीले समाचार कक्षमै कार्यरत रहेका...

छठअघि सिर्सिया नदी सफा राख्न उद्योग विभागको निर्देशन

वीरगञ्ज । उद्योग विभागले प्रशोधन नगरी वा निर्धारित वातावरणीय मापदण्डविपरीतको फोहोर पानी नदी तथा खोलामा सिधै विसर्जन नगर्न देशभरका उद्योगहरूलाई निर्देशन दिएको छ। विशेषगरी वीरगञ्ज–पथलैया...

मधेस प्रदेशमा अब चौमासिक रूपमा आन्तरिक लेखापरीक्षण हुने

जनकपुरधाम । मधेस प्रदेश सरकारले सरकारी निकायहरूको आर्थिक कारोबारमा वित्तीय अनुशासन र पारदर्शिता कायम गर्ने उद्देश्यले अब चौमासिक रूपमा आन्तरिक लेखापरीक्षण गर्ने भएको छ। चालू...