Date
शनि, साउन २३, २०८३
Sat, August 8, 2026

वीरगंजमा चल्ने ई-रिक्साकाे भाडा ताेकियाे

spot_img
spot_img

वीरगन्ज । वीरगन्ज महानगरपालिकाको कार्यालयमा शुक्रबार ई–रिक्साको रुट र भाडा दर सम्बन्धि छलफल कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा वीरगन्ज महानगरपालिका अन्तर्गत रहेको यातायात तथा सवारी व्यवस्थापन कार्यबिधि २०७६ कार्यान्वयनका लागि कार्यदल समेत गठन गरिएको छ ।

वीरगन्ज महानगरपालिकाका पुर्वाधार बिकास समितिका अरबिन्द कुमार गुप्ताको संयोजकत्वमा गठित कार्यदलकाे सदस्य सचिबमा बिजय कुमार गुप्ता, सदस्यमा सडक तथा यातायात व्यवस्था शाखा बिरगन्ज, नागरिक समाज बिरगन्जका अमर गौतम, ट्राफिक बिज्ञ राजन श्रीवास्तव, नेपाल ईलेक्ट्रिक रिक्सा सञ्चालक कम्पनी प्रा.लि. वीरगन्ज पर्साका अध्यक्ष अमजद अन्सारी, यातायात व्यवस्था कार्यालय वीरगन्जका सवारी शाखाका अधिकृत अजय लाल कर्ण लगायतका रहेका छन् ।

साेही कार्यदलले वीरगन्ज महानगर भित्र चल्ने ईरिक्साको भाडा दर सर्वसहमतीबाट निर्णय गरेको र शनिबार देखि ई–रिक्साका रुट र भाडादर सबैले देख्ने गरि राखिने निर्णय गरेकाे छ ।

कार्यदलकाे बैठकले १० वटा स्थान जाने र आउने रुट कायम गरेको छ भने रुट अनुसारको बोर्ड र भाडादर समेत सर्वसाधारणले देख्ने गरि राखिने निर्णय गरेकाे हो ।

रुट नं. १ मा घन्टाघर देखि सुरु भई माईस्थान, लोहारपट्टि चोक सम्म १०, बिर्ता चौकको, नारायणी अस्पताल सम्म १५, ईदगाह चौक सम्मको २५ र रजतजयन्ती चोक हुँदै मितेरी पुलसम्मको ३० रुपैया कायम भएको छ ।

रुट नं.२ मा घन्टाघर देखि डेरि हक १०, मुर्ली चोकसम्म १०, त्रिमुर्ति चोक र पावरहाउस चोकसम्मको १५, चिनिमिल आवास र पिपरा बहुअरि २० त्यसपछि गण्डक चौकसम्मको ३० रुपैया तोकिएको हो ।

रुट नं. ३ मा घन्टाघर– जिल्ला प्रशासन कार्यालय – रानिघाट – श्रीपुरटोल – वडा प्रहरी कार्यालय – राधेमाई – करबोला चोक सम्मको २० रुपैया तोकिएको छ भने रुट नं. ४ मा घन्टाघर देखि लिंकरोड–ब्यारेक चौक– नयाबसपार्क – मेडिकल– भेडियाही गाउँ सम्मको २५ रुपैया रहेको छ ।

रुट नं. ५ मा लक्ष्मनवा चौक देखि – प्रतिमा चौक, ब्रह्मचोक सम्म १०, न्युरो अस्पताल, नेपाली सेनाको ब्यारेक सम्म १५ र ३ नम्बर सडक हुँदै रेशमकोठी चोक, लोहारपट्टी चोकको २०, राष्ट्र बैक –नगरपालिका चोक सम्म २५ र रा. बैक चोक हुँदै पुरानो बसपार्क सम्मको ३० लिने तोकिएको छ ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजको मुख्य सडक विस्तार अभियान, अव ६० संरचना हटाउन मात्र बाँकी

वीरगंज । त्रिभुवन राजमार्गअन्तर्गत वीरगंजको मुख्य सडकको दायाँ–बायाँ २५/२५ मिटर क्षेत्र खाली गराउने अभियान अन्तिम चरणमा पुगेको छ । सडक डिभिजन कार्यालय हेटौंडाले थालेको...

नयाँ आर्थिक वर्ष र नयाँ प्रहरी नेतृत्व आए पनि रोकिएन कवाडी करको नाममा अवैध असुली

वीरगंज । नयाँ आर्थिक वर्ष सुरु भएसँगै पर्सा प्रहरीले नयाँ नेतृत्व पाए पनि त्रिभुवन राजमार्गअन्तर्गत ड्राइपोर्ट–परवानीपुर सडकखण्डमा कवाडी करको नाममा हुँदै आएको अवैध असुली...

सर्वस्वहरण भएको लोकतन्त्र स्थापित गर्न मोर्चा बनाएका हौं, सहकार्य लामो जान्छ : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले नेपालमा लोकतन्त्रको सवलीकरण नभई ‘सर्वस्वहरण’ भएको दाबी गर्दै वास्तविक लोकतन्त्र स्थापना गर्न...