Date
शुक्र, अशोज ३०, २०८३
Fri, October 16, 2026

चलचित्र पत्रकार संघ नेपालको पर्सा शाखा गठन

spot_img
spot_img

वीरगञ्ज ।  चलचित्र पत्रकार संघ नेपालको पर्सा शाखा गठन गरिएको छ । रेडियो वीरगञ्जकी कार्यक्रम संयोजक निलिमा पौडेको अध्यक्षतामा ११ सदस्यीय तदर्थ समिति गठन गरिएको हो । 

बिहिवार एक कार्यक्रमका बिच गठित कार्यसमितिको उपाध्यक्षमा विवेक कर्ण, सचिबमा सूर्यनारायण वि.क., सहसचिबमा प्रणय साह, कोषाध्यक्षमा समिना रञ्जितकार, सदस्यहरुमा क्रमश सोनम गौतम, रश्मिराज भण्डारी, शम्भु कुमार सुमन, जय यादब, रन्जित यादब र एञ्जल चौधरी रहेका छन् । 

चलचित्र पत्रकार संघ नेपाल पर्सा शाखा गठन कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि चलचित्र पत्रकार संघ नेपालका केन्द्रिय महासचिब समिर बलामीले वीरगञ्जमा नेपाली चलचित्रको बजार अन्य क्षेत्रको भन्दा कम भएको हुँदा यस समितिले चलचित्रको बजार बढाउन सघाउने विश्वास व्यक्त गरे ।

देशकै आर्थीक एवम् व्यापारिक हबको रुपमा परिचित वीरगञ्जमा चलचित्रकाे सम्भावनाहरु भएपनि राज्यको नजरबाट उपेक्षामा परेको बताउँदै यहाँका कला प्रतिभा तथा संस्कृतिको प्रवर्द्धन एवम् संरक्षण गर्न संघले भुमिका खेल्नुपर्नेमा जोड दिए । चलचित्र पत्रकारको इतिहासदेखी वर्तमान अवस्थाको बारेमा प्रकाश पार्दै महासचिब बलामीले संघको सक्रियताले गर्दा चलचित्रकर्मीहरुको नजर वीरगञ्जमा पर्ने अवस्थाको सृजना गर्न कार्यसमितिका पदाधिकारीलाई अपिल गरे ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जारा, चलचित्र निर्माता एवम् होटल तथा पर्यटन व्यावसायी संघ पर्साका अध्यक्ष हरी पन्त, ब्रोडकास्टिंग एशोसियसन नेपाल प्रदेश न. २ का संयोजक आरसी यादब, नेपाल आदिवासी जनजाती पत्रकार संघ प्रदेश न. २ का संयोजक निरज पिठाकोटेले शुभकामना मन्तव्य व्यक्त  गरेका थिए । 

कार्यक्रममा सञ्चारकर्मी नवराज फुयालले स्वागत मन्तव्य राखेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

दसैँ–तिहारमा चिनी अभाव हुन नदिन सरकारको तयारी

काठमाडौँ । दसैँ, तिहारलगायतका चाडपर्वमा चिनीको अभाव हुन नदिन खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चिनीको मौज्दात व्यवस्थापन गरेको छ। कम्पनीसँग हाल झन्डै २२...

चार हजार ९९९ मै टेलिकमको फाइबर इन्टरनेट

काठमाडौँ । सरकारी स्वामित्वको नेपाल टेलिकमले आजदेखि चार हजार ९९९ मै ३० एमबिपिएसको इन्टरनेट सेवा उपलब्ध गराउने भएको छ । निजी क्षेत्रका इन्टरनेट सेवा प्रदायकले...

चाडपर्वमा खाद्य स्वच्छता कायम गर्न व्यवसायीलाई विभागको निर्देशन

काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले दसैँ, तिहार र छठलगायतका चाडपर्वलाई लक्षित गर्दै होटल, रेष्टुरेन्ट, मिठाइ पसल तथा भोजनालय सञ्चालकलाई खाद्य स्वच्छता...