Date
शुक्र, अशोज ३०, २०८३
Fri, October 16, 2026

सुखचैनामा युवा जागरण कमिटी गठन

spot_img
spot_img

वीरगंज । युवा जनशक्ति समाज नेपाल पर्साद्धारा सञ्चालित युवा जागरण अभियान अन्तर्गत शनिबार वीरगंज महानगरपालिका वडा नं. १८ सुखचैनामा युवा जागरण कमिटी गठन भएको छ ।

सुखचैनामा भएको युवाहरुको भेलाले स्थानिय युवा संजय मण्डल (महतो) को संयोजकत्वमा १५ सदस्यीय युवा जागरण कमिटी गठन गरेकाे हाे । जुन कमिटीकाे सह–संयोजकमा ज्ञानेश्वर मण्डल, नवीन मण्डल, सदस्यहरुमा जितेन्द्र साह, सरोज कुशवाहा, शिपलाल राम, श्यामसुन्दर पटेल, प्रशुराम महतो, देवनाथ साह तेली, अमरदेव महतो, गौतम मण्डल, अजय साह, अगनिजित मण्डल, अजय राम र ससिरंजन गुप्ता रहेका छन् ।

संजय मण्डलको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि युवा जनशक्ति समाज नेपाल पर्साका अध्यक्ष बिनेश प्रसाद कुर्मीले समाजमा रहेका विभिन्न किसिमका विकृति, विसंगती र कुरितिहरुको विरुद्धमा युवाहरुलाई एकजुट भएर अभियान चलाउनु पर्नेमा जोड दिए ।

स्थानिय स्तरमा रहेको विभिन्न समस्याहरुको युवाहरुले आफै एकजुट भएर समाधान गर्नु पर्ने र आफुहरुबाट हुन नसके युवा जनशक्ति समाज नेपालले सरोकारवाला निकाय समक्ष पुगेर ध्यानाकर्षण गराउनुका साथै समाधानको लागि पहल गर्ने अध्यक्ष कुर्मीले प्रतिबद्धता समेत व्यक्त गरे ।

उनलेे वडामा विभिन्न किसिमका समस्याहरु रहे पनि शिक्षा, स्वास्थ्य, यातायात, रोजगारी लगायतका आधारभुत समस्याहरुको पहिचान गरी अगाडि बढन सुझाव दिए ।

सो अवसरमा युवा जनशक्ति समाज नेपालका सचिव जायेद हुसैन, युवा जागरण अभियानका सह–संयोजक संगित पाण्डे, अभियानका सदस्यहरु नन्दलाल ठाकुर, करण पटेल, विक्रम पटेल, अहमद अफरोज र मनोज प्रसाद कुर्मी लगायतको सहभागीता रहेको थियो । कार्यक्रमको सहजीकरण सदस्य अजय कुमार चौरसियाले गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

दसैँ–तिहारमा चिनी अभाव हुन नदिन सरकारको तयारी

काठमाडौँ । दसैँ, तिहारलगायतका चाडपर्वमा चिनीको अभाव हुन नदिन खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चिनीको मौज्दात व्यवस्थापन गरेको छ। कम्पनीसँग हाल झन्डै २२...

चार हजार ९९९ मै टेलिकमको फाइबर इन्टरनेट

काठमाडौँ । सरकारी स्वामित्वको नेपाल टेलिकमले आजदेखि चार हजार ९९९ मै ३० एमबिपिएसको इन्टरनेट सेवा उपलब्ध गराउने भएको छ । निजी क्षेत्रका इन्टरनेट सेवा प्रदायकले...

चाडपर्वमा खाद्य स्वच्छता कायम गर्न व्यवसायीलाई विभागको निर्देशन

काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले दसैँ, तिहार र छठलगायतका चाडपर्वलाई लक्षित गर्दै होटल, रेष्टुरेन्ट, मिठाइ पसल तथा भोजनालय सञ्चालकलाई खाद्य स्वच्छता...