Date
मङ्ल, अशोज ६, २०८३
Tue, September 22, 2026

तेस्रो पर्सागढी गोल्डकपको उपाधी युनाईटेड क्लब वीरगंजलाई

spot_img
spot_img

पर्सागढी । फ्युजन फुटबल क्लब गाइघाटलाई हराउदै युनाइटेड क्लव बीरगंज तेस्रो पर्सागढी गोल्डकपको उपाधी जितेको छ ।

आमोदेबि युवा स्पोर्ट्स क्लबको आयोजनामा बढनिहार खेल मैदानमा सम्पन्न फाइनल खेलमा फ्युजन क्लबलाई ट्राईब्रेकरमा हराउदै बीरगंजले उपाधी जितेको हो । निर्धारित समयमा दुबै टिमले गोल गर्न नसकेपछि खेल ट्राईब्रेकरमा धकेलियको थियो ।

गोल्डकपको विजेता बनेको युनाइटेड क्लव बीरगंजले १ लाख ५ हजार सहित ट्रफी र उपविजेता बनेको फ्युजन क्लब ५५ हजार नगदसहित ट्रफी प्रदान गरिएको छ । युनाइटेड क्लव बीरगंजको आजको यो जीत संगै क्लव लगातार तेस्रो पटक उपाधी जित्न सफल बनेको छ ।

प्रतियोगिताको समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपाली कांग्रेसका केन्द्रिय सदस्य अजय कुमार चौरसियाले हरेक बर्ष जसो गोल्डकपको आयोजना भइरहेको पर्सागढीमा ब्यवस्थीत रंगशालाको आवश्यकता महसुस भएको र त्यसका लागी केन्द्रबाटआफुले पहल गर्ने प्रतिवद्धता ब्यक्त गरे ।

त्यस्तै कार्यक्रमका विशिष्ट अतिथी प्रदेशसभा सदस्य राजेश्वर प्रसाद साह, पर्सागढीका मेयर लोकनारायण यादब, उपमेयर अर्चना चौधरी, पर्सागढी वडा नं ९का अध्यक्ष राम नारायण गौरो, नेकपा पर्सागढीका अध्यक्ष गोकर्ण पाठकलगायतले मन्तब्य व्यक्त गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

थप समाचार

शुक्रबारदेखि तीन दिन भारी वर्षाको सम्भावना, बाढी–पहिरो र डुबानको जोखिम

काठमाडौं । आगामी शुक्रबारदेखि आइतबारसम्म देशका धेरै ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले विशेष मौसम बुलेटिन जारी गर्दै केही स्थानमा...

प्रधानमन्त्री शाह आज अमेरिका प्रस्थान गर्दै

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री वालेन्द्र शाह आज संयुक्त राज्य अमेरिकाको न्युयोर्क सहर प्रस्थान गर्दै...

त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको मृत्यु

वीरगंज । त्रिपुरेश्वरमा सोमबार बसमा भएको आगलागीमा परी गम्भीर घाइते भएका चालकको उपचारका क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा २५ वर्षीय चालक दावा लामा रहेका...