Date
मङ्ल, भदौ ३०, २०८३
Tue, September 15, 2026

दलित सशक्तिकरण ऐन कार्यान्वयन विषयक अन्तरक्रिया सम्पन्न

spot_img
spot_img

वीरगंज । प्रदेश २ सरकारले पारित गरेको दलित सशक्तिकरण ऐन कार्यान्वयनका अवस्था, चुनौती र अवसर विषयक जिल्लास्तरिय अन्तरक्रिया कार्यक्रम शुक्रबार वीरगञ्जमा सम्पन्न भएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश सभा सदस्य प्रहलाद गिरीले समाजबाट थर बहिष्कार अभियान चलाउनु पर्ने धारणा राखे । थरकै कारण मानिसहरुमा विभेदीकरणको मनोभाव उत्पन्न हुने भएकाले थर बहिष्कार अभियान सञ्चालन गरी समानताको बाटोतर्फ अग्रसर हुनुपर्ने उनकाे भनाई थियाे ।

दलित सरोकार मञ्च कञ्चनरुप नगरपालिका सप्तरीको आयोजना र राष्ट्रिय दलित पत्रकार संघ पर्साको समन्वयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

प्रदेश सरकारले ऐन पारित गरेको १४ महिना भइसकेपछि बिहिवार बल्ल दलित विकास समितिमा पदाधिकारी नियुक्त गरेको छ ।

ऐन बनेपनि कार्यन्वयन नहुँदा दलित समुदायको उत्थान र उन्नती नभएको र पाउनुपर्ने सेवा तथा सुविधाबाट बञ्चित भएको भन्दै कार्यन्वयन गराउन दबाबस्वरुप प्रदेश २ का आठवटै जिल्लाहरुमा गर्ने कार्यक्रम अन्तर्गत पर्साकाे वीरगंजमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको मञ्चका अध्यक्ष भोला पासवानले वताए ।

अध्यक्ष पासवानकै सभापतित्वमा भएकाे अन्तरक्रिया कार्यक्रममा उपेक्षित दलित बर्ग विकास समितिका पूर्व निर्देशक अशाेक राउत, कानुन व्यावसायी प्रेमशंकर हजारी, नेपाल दलित संघ पर्साका अध्यक्ष बुनेल राम, दलित महिला संघ पर्साकी अध्यक्ष निला राम, नेपाल पत्रकार महासंघ पर्साका सचिव युवराज खड्का, राष्ट्रिय दलित पत्रकार संघ पर्साका अध्यक्ष श्याम पासवान, दलित अगुवा रबीभुषण राम, धिरज पासवान, शम्भु पासवान लगायतको उपस्थिती रहेको थियो ।

कार्यक्रमको सहजिकरण दलित अगुवा एवम् प्रेस संघठन नेपालका केन्द्रिय सदस्य बृजलाल पासवानले गरेका थिए भने कार्यक्रममा सहभागी संचारकर्मी विजय भण्डारी, कृष्ण उदास खनाल, मनाेज पटेल, राघव साह, आशिक अन्सारी, रामजी राम लगायतकाले पनि आ आफ्नाे सुझाव सहितकाे भनाई राखेका थिए । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पर्सा–बारामा प्रमुख प्रशासकीय अधिकृत हेरफेर, को कहाँ पुगे ?

वीरगंज । पर्सा र बाराका विभिन्न स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरूको सरुवा भएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, संघीय मामिला...

क्यासिनो प्रकरणमा सखुवा प्रसौनी अध्यक्ष यादवसहित ८ जना धरौटीमा रिहा

वीरगंज । वीरगंज महानगरपालिका–१४ गण्डकस्थित क्लर्क रिसोर्टमा रहेको गोल्डेन फिंगर गेमिङ जोन प्रालि. (क्यासिनो) बाट पक्राउ परेका सखुवा प्रसौनी गाउँपालिका अध्यक्ष जसवन्त यादवसहित आठै...

प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग

काठमाडौँ । विश्वप्रसिद्ध गायक उदितनारायण झाको परिवारले बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु पाँच लाख...