Date
सोम, भदौ २९, २०८३
Mon, September 14, 2026

पत्रकार महासंघ प्रदेश नं. २ काे दाेस्राे साधारण सभा सम्पन्न

spot_img
spot_img

वीरगंज । नेपाल पत्रकार महासंघ प्रदेश नं. २ काे दाेस्राे प्रदेश साधारण सभा शनिबार वीरगंजमा सम्पन्न भएकाे छ ।

नगर सभा गृह वीरगंजमा भएकाे साधारण सभाकाे उद्घाटन समाराेहलाई सम्बाेधन गर्दै नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष गोविन्द आचार्यले महासंघलाई थप सुदृढीकरण र लोकतान्त्रिक चरित्रको बनाउन पर्ने समय आएको बताए ।

उनले नेपाल कै सबै भन्दा पुरानो नागिरक संस्था नेपाल पत्रकार महासंघ स्थापनाकालबाट नै राष्ट्रिय हित, लोकतन्त्र, नागरिक हित, श्रमजीवी पत्रकारकाे पक्षमा काम गर्दै आएकाे वताए । उनले भने “समय सापेक्ष यो संस्थालाई थप सुदृढ र लोकतान्त्रिक चरित्रको बनाउने समय आएकाे छ । विभिन्न किसिमका निर्देशिका ल्याएर सरकारले संचारकर्मीहरुलाई आफ्नो नियन्त्रणमा राख्ने प्रयास हरेक कालखण्डमा गर्छन् । तर लोकतन्त्रमा त्यसको विकल्प भनेको अझ लोकतन्त्र वाहेक अरु केही हुन सक्दैन ।”

पत्रकार महासंघ प्रदेश नं. २ का अध्यक्ष दिपेन्द्र चौहानको अध्यक्षतामा भएको साधारण सभाको उद्घाटन समाराेहमा महासंघका महासचिव रमेश बिष्ट, महासंघका पूर्व अध्यक्ष धर्मेन्द्र झा, महासंघका कोषाध्यक्ष राजेश मिश्र, प्रेस युनियन केन्द्रिय अध्यक्ष बद्री सिग्देल, महासचिव अजयबाबु शिवाकोटी, महासंघका केन्द्रिय सदस्य देव कुमार यादव, शैलेन्द्र झा, अवधेश कुमार झा, वीरगंज महानगरपालिकाका मेयर विजय कुमार सरावगी, उप मेयर शान्ति कार्की, नेकपा पर्साका अध्यक्ष प्रभु हजरा पासवान, नेपाली कांग्रेस पर्साका अध्यक्ष अजय द्विवेदी, जनता समाजवादी पर्साका अध्यक्ष रामनरेश यादव, भारतिय  महावाणिज्य दूतावासका पोल्टिकल कन्सुलर शैलेन्द्र कुमार, प्रेस संगठन नेपालका केन्द्रिय सदस्यद्वय राघव साह, वृजलाल पासवान, नेपाल फाेटाे पत्रकार महासंघ प्रदेश नं. २ का अध्यक्ष पंकज श्रेष्ठ, फाेनिज प्रदेश नं. २ का इन्चार्ज निरज पिठाकाेटे मगर, पर्साका निमित्त प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेल, सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खड्का, जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनाल  लगायतकाे सहभागिता रहेकाे थियाे ।

महासंघ प्रदेश नं. २ का उपाध्यक्ष केशी लामिक्षानेले स्वागत मन्तव्य राखेकाे कार्यक्रमकाे संचालन महासचिव किरण कुमार कर्णले गरेका थिए ।

प्रादेशिक पत्रकारिता पुरस्कारबाट झा र नेपाल पुरस्कृत

puraskrit nepalसाधारण सभाकाे उद्घाटन समाराेह मै प्रादेशिक पत्रकारिता पुरस्कारबाट नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष धर्मेन्द्र झा र पर्साका पूर्व अध्यक्ष शत्रुध्न नेपाललाई पुरस्कृत गरिएकाे थियाे । दुबै जनालाई कार्यक्रमका प्रमुख अतिथी महासंघका केन्द्रिय अध्यक्ष अचार्यले दाेसल्ला ओढाएर सम्मान पत्र र पुरस्कार राशी रु २५ हजारकाे चेकले पुरस्कृत गरेका थिए ।

त्यसैगरी, उद्घाटन समाराेह मै वीरगंज महानगरपालिकाका मेयर विजय कुमार सरावगी र आठवटै जिल्लाका एक–एक जना अग्रज पत्रकारहरुलाई पनि सम्मान गरिएको थियाे ।

साधारण सभा सम्पन्न

साधारण सभाकाे बन्द सत्रले महासचिव किरण कर्णको संगाठनिक प्रतिवेदन परिमार्जनसहित र कोषाध्यक्ष प्रवीण साहको आर्थिक प्रतिवेदन सर्वसम्मत रुपमा पारित गरेको वताइएकाे छ ।

 सदस्यता सम्बन्धमा जिल्लाबाट सर्बसम्मत सिफारिश भई आएका निर्णयलाई पनि सभाले अनुमोदन गरेको छ ।

त्यसैगरि सदस्यता बितरण र तथा नविकरणका बिषयमा परेका पूनरावलोकन उजुरीहरु स प्रमाण केन्द्रीय संगठन बिभागमा पठाउने निर्णय भएको बन्द सत्रका अध्यक्ष मण्डलका सदस्य अवधेश झाले जानकारी दिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

मधेशमा ७७४ अस्थायी स्वास्थ्यकर्मीको कामकाजमा रोक

राजविराज । मधेश प्रदेशका स्वास्थ्य संस्थामा अस्थायी दरबन्दीमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीलाई कामकाजमा नखटाउन तथा हाजिर नगराउन प्रदेश सरकारले निर्देशन दिएको छ। मधेश प्रदेश...

उपनेश चौरसिया तरुण दल पर्साको उपाध्यक्षमा नियुक्त

वीरगंज । नेपाल तरुण दल पर्सा जिल्ला कार्यसमितिको उपाध्यक्षमा उपनेश कुमार चौरसिया नियुक्त भएका छन्। नेपाल तरुण दल पर्साका जिल्ला अध्यक्ष बालमीकी यादवले जिल्ला कार्यसमितिलाई...

सुधीर पटेलको नेतृत्वमा धादिङका बाढीपीडितलाई १५ लाखको राहत सामग्री वितरण

वीरगंज । जेन–जी पर्सा तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का युवा नेता सुधीर पटेलले धादिङको गजुरी गाउँपालिकाका बाढीपीडित परिवारलाई करिब १५ लाख रुपैयाँ बराबरको...