Date
शुक्र, कार्तिक १४, २०८३
Fri, October 30, 2026

नेतृ झाँक्री पक्राउकाे बिराेधमा वीरगंजमा प्रदर्शन

spot_img
spot_img

वीरगंज । नेकपा प्रचण्ड-माधव पक्षकी नेतृ रामकुमारी झाँक्री पक्राउकाे विराेधमा बिहिबार वीरगंजमा पनि प्रदर्शन भएकाे थियाे ।

नेकपा निकटका अनेरास्ववियू र राष्ट्रिय युवा संघ पर्साकाे आयाेजनामा वीरगंजकाे घण्टाघरबाट सुरु भएकाे विराेध प्रदर्शन माइस्थानमा पुगी काेण सभामा परिणत भएकाे थिए ।

काेण सभामा वाेल्दै नेकपाका जिल्ला सदस्य मनाेज चाैधरीले प्रधानमन्त्री ओली तनाशाह बन्दै गएकाे आराेप लगाए । उनले संघिय गणतन्त्रमा भएकाे स्वतन्त्र अभिव्यक्तिकाे अधिकारीलाई कुण्ठित गर्न ओलीकाे ठाडाे निर्देशनमा नेतृ झाँक्रीलाई पक्राउ गरिएकाे वताए ।

अनेरास्ववियूकाे केन्द्रिय सदस्य प्रभाकर गुप्ताले बलात्कारीलाई पक्राउ गर्न नसकेकाे सरकारले नागरिककाे अधिकारकाे आवाज उठाउने नेतृ झाँक्रीलाई पक्राउ गरेकाे वताए । उनले पक्राउ गरिएकाे नेतृ झाँक्रीलाई नछाेडिए आन्दाेलन चर्काएर सरकारलाई घुँडा टेकाउने चेतावनी समेत दिएका थिए ।

अनेरास्ववियूका केन्द्रिय सदस्य जुबेर आलमकाे अध्यक्षतामा भएकाे काेण सभामा युवा संघ पर्साका सह संयाेजक ओमप्रकाश गुप्ता, वीरगंज महानगर इन्जार्ज पिन्टु राैनियार, नगर अध्यक्ष उमेश ठाकुर लगायतकाले मन्तव्य राखेका थिए । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

नेपाल प्रेसको कार्यालयमै छिरेर पत्रकार सुवेदी पक्राउ, पक्राउ पुर्जीबिनै प्रहरीको धरपकड

काठमाडौं । प्रहरीले काठमाडौंस्थित नेपाल प्रेसको कार्यालयभित्रै प्रवेश गरेर पत्रकार विश्वमणि सुवेदीलाई नियन्त्रणमा लिएको छ । सादा पोशाकमा आएका प्रहरीले समाचार कक्षमै कार्यरत रहेका...

छठअघि सिर्सिया नदी सफा राख्न उद्योग विभागको निर्देशन

वीरगञ्ज । उद्योग विभागले प्रशोधन नगरी वा निर्धारित वातावरणीय मापदण्डविपरीतको फोहोर पानी नदी तथा खोलामा सिधै विसर्जन नगर्न देशभरका उद्योगहरूलाई निर्देशन दिएको छ। विशेषगरी वीरगञ्ज–पथलैया...

मधेस प्रदेशमा अब चौमासिक रूपमा आन्तरिक लेखापरीक्षण हुने

जनकपुरधाम । मधेस प्रदेश सरकारले सरकारी निकायहरूको आर्थिक कारोबारमा वित्तीय अनुशासन र पारदर्शिता कायम गर्ने उद्देश्यले अब चौमासिक रूपमा आन्तरिक लेखापरीक्षण गर्ने भएको छ। चालू...