Date
मङ्ल, भदौ ३०, २०८३
Tue, September 15, 2026

नेतृ झाँक्री पक्राउकाे बिराेधमा वीरगंजमा प्रदर्शन

spot_img
spot_img

वीरगंज । नेकपा प्रचण्ड-माधव पक्षकी नेतृ रामकुमारी झाँक्री पक्राउकाे विराेधमा बिहिबार वीरगंजमा पनि प्रदर्शन भएकाे थियाे ।

नेकपा निकटका अनेरास्ववियू र राष्ट्रिय युवा संघ पर्साकाे आयाेजनामा वीरगंजकाे घण्टाघरबाट सुरु भएकाे विराेध प्रदर्शन माइस्थानमा पुगी काेण सभामा परिणत भएकाे थिए ।

काेण सभामा वाेल्दै नेकपाका जिल्ला सदस्य मनाेज चाैधरीले प्रधानमन्त्री ओली तनाशाह बन्दै गएकाे आराेप लगाए । उनले संघिय गणतन्त्रमा भएकाे स्वतन्त्र अभिव्यक्तिकाे अधिकारीलाई कुण्ठित गर्न ओलीकाे ठाडाे निर्देशनमा नेतृ झाँक्रीलाई पक्राउ गरिएकाे वताए ।

अनेरास्ववियूकाे केन्द्रिय सदस्य प्रभाकर गुप्ताले बलात्कारीलाई पक्राउ गर्न नसकेकाे सरकारले नागरिककाे अधिकारकाे आवाज उठाउने नेतृ झाँक्रीलाई पक्राउ गरेकाे वताए । उनले पक्राउ गरिएकाे नेतृ झाँक्रीलाई नछाेडिए आन्दाेलन चर्काएर सरकारलाई घुँडा टेकाउने चेतावनी समेत दिएका थिए ।

अनेरास्ववियूका केन्द्रिय सदस्य जुबेर आलमकाे अध्यक्षतामा भएकाे काेण सभामा युवा संघ पर्साका सह संयाेजक ओमप्रकाश गुप्ता, वीरगंज महानगर इन्जार्ज पिन्टु राैनियार, नगर अध्यक्ष उमेश ठाकुर लगायतकाले मन्तव्य राखेका थिए । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

असोज ११ गते वीरगन्जमा नेकपा पर्साको जिल्ला समायोजन, प्रचण्ड–नेपाल सहभागी हुने

वीरगंज । असोज ११ गते वीरगंजमा हुने नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पर्साको जिल्ला समायोजन, सपथ ग्रहण तथा प्रशिक्षण कार्यक्रमलाई भव्य र व्यवस्थित रूपमा सम्पन्न...

धनुषाको हंसपुरमा ३६५ परिवारलाई जग्गाधनी पुर्जा वितरण

जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आएपनि कानुनी स्वामित्वको प्रमाणपुर्जा पाउन नसकेका धनुषाको हंसपुर नगरपालिका–५, साविक सुगा निकास गाविस–३ का ३६५ परिवारलाई जग्गाधनी प्रमाणपुर्जा...

सहयोगको बहानामा रकम उठाउनेमाथि निगरानी र कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयमार्फत नागरिकलाई सहज, सरल र प्रभावकारी सेवा उपलब्ध गराउन पाँच बुँदे निर्देशन जारी गरेको छ। मन्त्रालयका सहसचिव आनन्द काफ्लेद्वारा...