Date
सोम, भदौ २९, २०८३
Mon, September 14, 2026

उद्योग वाणिज्य महासंघ प्रदेश २ को अध्यक्षमा गणेश लाठ निर्विराेध

spot_img
spot_img

वीरगन्ज । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश २ को अध्यक्षमा वीरगन्जका उद्योगी गणेश लाठ निर्विरोध चयन भएका छन् ।

जनकपुर उद्योग वाणिज्य संघको सहयोगमा जनकपुरस्थित आयोजित दोश्रो साधारणसभा तथा दोश्रो अधिवेशनबाट वीरगन्जका उद्योगी एवं वीरगन्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष समेत रहेका लाठ प्ररदेश अध्यक्षमा निर्विरोध चयन भएका हुन् ।

उक्त अधिवेशनबाट उपाध्यक्षमा सप्तरी उद्योग वाणिज्य संघका अरुण कुमार प्रधान एवं रामजानकी प्लाष्टिक ई. प्रा.लि.का सञ्चालक राजेश अग्रवाल निर्विरोध चयन भएका छन् भने कोषाध्यक्षमा जलेश्वर उद्योग वाणिज्य संघका कृपा शंकर साह निर्विरोध चयन भएका छन् ।

यसैगरि कार्यकारिणी सदस्यहरुमा सुन्दर फर्निचर प्रालिका प्रदीप कुमार केडिया, जिल्ला उद्योग वाणिज्य संघ सिरहा लहानका विकास कुमार सारदा, रामनगर मिर्चैया उद्योग वाणिज्य संघका हरिशंकर साह, सिरहा उद्योग वाणिज्य संघका सरोज कुमार महतो, रौतहट उद्योग वाणिज्य संघका पण्डित प्रसाद जयसवाल तथा गौशाला उद्योग वाणिज्य संघका रामराजा प्रसाद साह निर्विरोध चयन भएका हुन् ।

त्यसैगरि मनोनित सदस्यमा मलंगवा उद्योग वाणिज्य संघका विरेन्द्र कुमार शाह, वीरगन्ज उद्योग वाणिज्य संघका अशोक कुमार टेमानी तथा जनकपुर उद्योग वाणिज्य संघकी दिपिका राय निर्विरोध चयन भएको वीरगन्ज उद्योग वाणिज्य संघका सचिव माधव राजपालले जानकारी दिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

मधेशमा ७७४ अस्थायी स्वास्थ्यकर्मीको कामकाजमा रोक

राजविराज । मधेश प्रदेशका स्वास्थ्य संस्थामा अस्थायी दरबन्दीमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीलाई कामकाजमा नखटाउन तथा हाजिर नगराउन प्रदेश सरकारले निर्देशन दिएको छ। मधेश प्रदेश...

उपनेश चौरसिया तरुण दल पर्साको उपाध्यक्षमा नियुक्त

वीरगंज । नेपाल तरुण दल पर्सा जिल्ला कार्यसमितिको उपाध्यक्षमा उपनेश कुमार चौरसिया नियुक्त भएका छन्। नेपाल तरुण दल पर्साका जिल्ला अध्यक्ष बालमीकी यादवले जिल्ला कार्यसमितिलाई...

सुधीर पटेलको नेतृत्वमा धादिङका बाढीपीडितलाई १५ लाखको राहत सामग्री वितरण

वीरगंज । जेन–जी पर्सा तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का युवा नेता सुधीर पटेलले धादिङको गजुरी गाउँपालिकाका बाढीपीडित परिवारलाई करिब १५ लाख रुपैयाँ बराबरको...