Date
बिहि, जेष्ठ १४, २०८३
Thu, May 28, 2026

सुर्ति खेतीतर्फ पर्साका किसान आकर्षित, कम लगानीमा बढी आम्दनी गर्दै

spot_img
spot_img

वीरगंज । पछिल्लो समयदेखी पर्साका किसानहरु सूर्ति खेती गर्दै आएका छन् । अन्य खेतीभन्दा कम समयमा उत्पादन हुने र खर्च पनि त्यती नलाग्ने हुँदा पर्साका किसान सूर्ति खेतीतर्फ आकर्षित भएका हुन् ।

पर्साको बहुदरमाई नगरपालिका, सखुवा प्रसौनि गाउँपालिकाका, पटेर्वा सुगौली र जिराभवानी गाउँपालिकाका किसानहरु वर्षेनी एक सिजन सूर्ति खेती गर्न थालेका छन् ।

नगदेबालीको रुपमा खेती गर्दै आएका अबैध गाँजा खेतीमा नेपाल सरकारले पूर्ण प्रतिबन्ध लगाएसंगै स्थानीय प्रहरी प्रशासनले कडा निगरानी गरेपछि पर्साका किसानहरु नगदे बालीको रुपमा सूर्ति खेतीलाई रोजेका छन् । सिमरास्थित सूर्य टोबा कम्पनीले किसानले लगाएको सूर्ति उचित मूल्यमा खरिद गर्न शुरु गरेपछि हिंउँद महिनामा आफ्नो खेतमा सुर्ती खेती गरेर किसानहरु नगद कमाउन थालेका छन् ।

तर तरकारी लगायतका विभिन्न खेतीमा स्थानीय सरकारले उन्नत जातको बिउबिजन र आधुनिक प्रविधि उपलब्ध नगराएको कारण पर्सामा अझै भने वैज्ञानिक र व्यवसायिक खेतीतर्फ किसानहरू आकर्षित हुन सकेका छैनन् । मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रमा आएपछि स्थानीय सरकार अधिकार सम्पन्न भएपनि कृषिमा आधारित पर्साका अधिकास किसान नगदेबाली रुपमा गर्दै आएको तरकारी खेती जस्ता अन्य व्यसायिक खेती गर्न स्थानीय सरकारबाटै उपेक्षित भएर बञ्चित भएका छन् ।

कृषकहरुको लागि सरकारले दिएको विभिन्न अनुदान, आधुनिक प्राविधी बिचौलियाहरुले उपभोग गर्दा कृषि मै आधारित किसान व्यवसायिक खेतीबाट बञ्चिबत भएको पटेर्वा सुगौली गाउँपालिका–५ निचुटाका किसान अनिरुद यादवले बताए । नगदेवालीको रुपमा तरकारी खेती भए पनि हामी कहाँ बजार व्यवस्थापन नभएकोले खासै आम्दनी नभएपछि नगदे बालीको रुपमा सूर्ति खेती गरेको उनले बताए ।

अनिरुद यादव यो वर्ष ४ कठ्ठा सूर्ति खेती गरेका छन् । सूर्ति खेती गर्न बिउ बिजन सजिलै उपलब्ध हुने गरेको र यो खेतीमा लगानी र मेहेनत पनि खासै नलाग्ने भएकोले दुई पैसा बचत गर्न आम्दनीको स्रोतको रुपमा सूर्ति खेती गरेको किसान यादवले बताए । ‘‘धान, गेँहु, तरकारी लगायतका खेती गर्न समयमा गुणस्तर बिउ पाउँन सकिदैन्’, उनले भने,‘ गेँहु खेती गर्न खाद्य मल्ल खरिद गर्दा गर्दै धेरै खर्च पनि लाग्छ तर खासै आम्दनी हुदैन । तैपनि परिवारले खान पुग्ने गरी गेँहु खेती पनि गरेका छौ ।’’

सूर्य टुबा चुरोट कम्पनीले गाउँमा नै नर्सरी खोली बिज भण्डार राखेकोले सजिलै बिउ बिजन पाएपछि खेतमा कलमी बनाएर सूर्ति खेती गर्ने गरेको उनी बताउँछन् । ‘‘दुई चोटी खेत जोतेर खेतमा आरा बनाई चिसियानको समस्या भएको खण्डमा नहर, पैनीबाटै २/३ दिनसम्म पानी पटाई धान जस्तै खेती गर्ने गरिएको छ,’ उनले भने,‘ सूर्ति खेतीको लागि कम्पनीले नै निःशुल्क खाद्य मल पनि दिने गरेको छ ।’’

पटेर्वा सुगौली गाउँपालिकामा मात्रै डेढ सय बिग्हाभन्दा बढि सूर्ति खेती भएको निचुटाकै स्थानीय किसान गया यादव बताउँछन् । उनी विगत १० वर्षदेखी वर्षेनी ८ कठ्ठा वा सो भन्दा माथि नै सूर्ति खेती गर्दै आएका छन् । यससंगै उनी २/३ वटा भैसी पनि पाल्ने गरेका छन् । त्यसबाट पनि दूध बिक्रि गरेर आम्दनी गर्छन् । धान, गेहँु, मसुलो खेतीले वर्षभरी घरपरिवा धान्न पुग्छ ।

सूर्ति खेती र भैसी पालनले छोराछरीको पढाई लेखाई गराई बर्षेनी एक/डेढ लाखसम्म बचत गर्ने गरेको कृषक यादवले बताए ।

तरकारी खेती वा अन्य खेती गर्दा कृषकले स्थानीय सरकार वा अन्य सरकारबाट पाउँने सेवा सुबिधा किसान कहाँ नआई पुग्दा र बजार व्यवस्थापन समेत नहुँदा लगानी, मेहेन्तको हिसाबले खासै आम्दनी हुदैन् र बालीमा क्षति हुँदा मेहेनत मात्रै होईन, लगानी समेत नष्ट हुने गदर्छ,’ उनले भने,‘ तर सूर्ति खेती गर्दा कम्पनीले पहिला देखी नै एग्रिमेन्ट गरेको हुन्छ । जसकारण उत्पादित सूर्तिको उचित मूल्य पाएर आम्दनी हुन थालेपछि अधिकांश किसान तरकारी, मकै खेती लगायत अन्य खेतीको विकल्पमा सूर्ति खेती रोजेका छन् ।’’

कम लागनीमा बढि आम्दनी हुने र यो खेतीसंगसंगै वर्षेनी २/३ बाली तरकारी खेती समेत गर्न सक्ने भएकोले सूर्तिे खेतीतर्फ किसानको आकर्षण बढेको बहुदरमाई नगरपालिका वडा नं. ७ गम्हरीका स्थानीय किसान जादोलाल प्रसाद महतोले बताए ।

‘‘हामी साउन महिनामा काउँलीको बिउ रोपी भदौमा काउँली खेती गरी कात्तिक महिनादेखी काउँली काटेर खेत जोती खेतमा पाती बनाएर प्रत्येक वर्ष सुर्ति खेती गर्ने गरेको छौ,’ उनले भने,‘म वर्षेनी १ बिग्हा तरकारी खेती गर्ने गर्छु र वर्षेनी १० कठ्ठा सूर्ति खेती पनि गर्ने गर्छु । सूर्ति खेतीको उत्पादन राम्रो ह्ुने गरेकोले सिमरास्थित सूर्य टोबा कम्पनीमा बिक्रि वितरण गर्दा समयमै भुक्तानी पाउँनेले वर्षेनी झण्डै दुई लाखसम्मको आम्दनी सूर्ति खेतीबाटै हुने गरेको छ ।’’

गम्हरीयामा मात्रै २० (बिस) बिग्हाभन्दा बढि सुर्ति खेती भएको छ । सूर्य टोबा प्रालिले यस भेगका किसानलाई सस्तो व्याजदरमा रासायनिक मल लगायत प्राविधिक सहयोग समेत पु¥याएपछि यहाँका किसान व्यवसायिक सुर्ती खेती गर्न लम्पसार भएको महतोले बताए ।

सूर्य टोबा कम्पनीले किसानहरुले लगाएका विभिन्न जातका सूर्ति उचित मुल्यमा खरिद गर्न सुरु गरेपछि बर्सेनी किसानहरु सूर्ति खेती गरी नगद कमाउन थालेका छन् । सूर्तिमा खासै रोगको प्रकोपले नच्यापने र २/३ बाली तरकारी खेती गरेर पनि सूर्ति खेती गर्न भ्याईएकोले महतो लगायत यहाँका धेरै किसानहरु सूर्ति खेर्ती गर्ने गरेका छन् ।

सूर्ति खेतीमा किसानलाई सहुलियत मिलेको तर तरकारी खेतीमा विभिन्न रोग, किरा लागेर ठुलो क्षति हुने गरे पनि स्थानीय सरकारको बेवास्थाका कारण कतिपय किसान तरकारी खेती गर्न छोडेको महतोको भनाई छ ।

पानी परेको बेला सूर्तिको पौदामा चिसो लागेपछि मात्रै किरा लाग्ने गर्छ तर त्यसले अन्यबाली जस्तो खासै असर नपु¥याएको र सूर्ति खेती सजिलो तथा भरपर्दाे रहेकोेले किसानहरुको यो खेतीतर्फ आकर्षण बढेको महतोको भनाई छ । कात्तिकमा गरिएको खेती चैत महिनासम्ममा सूर्तिको पात काटी खेतबाट हटाई सक्नु पर्छ ।

चैत्रको हावासंगै खेतमा भएको सूर्ति सुकेर पात फाट्ने र उजला हुने हुँदा बजनमा पनि कमी आउने गरेको महतोले बताए । कम मेहेन्त र कम लगानीमा यो खेतीतर्फ ५ महिनामै राम्रो आम्दनी हुने भएकोले किसानहरु सूर्ति खेतीलाई नगदेबालीको रुपमा गर्ने गरेका छन् ।

कृषिलाई नै मुख्य पेशा बनाई जिविको पार्न गर्दै आए पनि बालीमा क्षति हुँदा वा कुनै रोग, प्रकोपले बाली नष्ट हुँदा न त स्थानीय सरकारले नै सहयोग गर्ने गरेको छ, न त कृषि प्राविधिक नै –बहुदरमाई वडा नं. ५ गम्हरीया कै किसान सोनालाल महतो बताउँछन् । ‘‘नगरपालिकाबाट कृषि कार्यको लागि विभिन्न प्राविधि र बिउबिजन मिल्ने गरेको सुनेको तर अहिलेसम्म हामीले कुनै किसिमको सेवा सुविधा पाएका छैनौ,’ उनले भने,‘‘तरकारी खेतीमा हुने क्षतिले गर्दा कतिपय कृषकहरु कृषि पेशालाई नै छोडेर बिदेशतिर काम गर्न गईसकेका छन् ।’’

तसर्थः भन्ट, काउली, करैला जस्ता विभिन्न हरियो तरकारी खेती गर्न किसानले दिन रात एक गरे पनि उत्पादन गरेको तरकारीले उचित र व्यवस्थित बजार नपाएपछि पर्साका अधिकांश कृषक कृषि पेशाबाटै प्यालन भएको किसानहरुको गुनासो बढेको छ ।

विश्व महामारीको रुप लिएको कोरोना भाईरसको बेला लकडाउन हुँदाको समयमा उत्पादित तरकारी खेतमै कुहिएर नष्ट हुँदै जादाँ पनि उतिबेला स्थानीय सरकार र सम्बन्धित निकायले चासो नदेखएपछि लकडाउनको मारमा परेका प्रायः धेरै किसानले यो सिजनमा तरकारी खेती नै नगरि बाहिर काम गर्न गएको जगरनाथपुर गाउँपालिका–३ का किसान सर्जुग मियाँले बताए ।

‘‘मेहेन्त गरेर उत्पादन गरेको तरकारीमा मुनाफा पाउँदैनन, त्यो भन्दा बढि त खरिद गर्ने व्यापारीहरुले पाउँछन् । किसान त सबैतिरबाट पिडा मै छन्,’ उनले भने,‘उपभोक्ता पाल्ने हामी, अनि हामी नै किन राज्यको सेवा सुविधाबाट बञ्चित हुने ? हामी नै किन ठगिने ? बाली नोक्सान हुँदा अखिर किसानले किन क्षतिपूर्ति पाउँदैनन् ? यसको जिम्मेवारी कसले लिने ?’’ यसतर्फ स्थानीय सरकार, प्रदेश सरकार र सम्बन्धीत निकायको ध्यान पुगे कृषि मै धेरै अवसर र रोजगार सृजना गर्न सकिन्छ ।

spot_img
spot_img

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

गौतम स्कूलमा सशस्त्र प्रहरी बलको भूमिकाबारे सचेतनामूलक कार्यक्रम

वीरगंज । गौतम स्कूल वीरगंजमा सशस्त्र प्रहरी बलको भूमिका सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण पर्साका...

मानव बेचबिखन र लैंगिक हिंसा नियन्त्रणमा साझा सहकार्यको आवश्यकता

वीरगंज । मानव बेचबिखन तथा ओसारपसार एवम् लैंगिक हिंसाका घटना न्यूनीकरणका लागि सबै सरोकारवाला निकायबीच एकीकृत समन्वय र सहकार्य आवश्यक रहेकोमा जोड दिइएको छ...

अलौं प्रिमियम लिगको उपाधि अलौं किंगसलाई, पूर्व मेयर सरावगीद्वारा ट्रफी वितरण

वीरगंज । वीरगंज महानगरपालिकाकाे वडा नम्बर १७ अलौंमा आयोजना गरिएको अलौं प्रिमियम लिग क्रिकेट प्रतियोगिताको उपाधि अलौं किंगसले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा...