Date
बुध, भदौ १७, २०८३
Wed, September 2, 2026

सर्बाेच्चको फैसला जसपालाई स्वीकार्य हुन्छ : नेता झा

spot_img
spot_img

 वीरगंज । जनता समाजबादी पार्टीका बरिष्ठ नेता अनिल कुमार झाले संसद बिघटनको मुदामा सर्बाेच्चले गर्ने निर्णय आफूहरुलाई स्वीकार्य हुने बताएका छन् ।

वीरगंजस्थित होटेल कुमु प्यालेसमा मंगलबार आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बाेल्दै नेता झाले प्रतिनिधि सभा विघटन असंबैधानिक भएकोले जसपा आन्दोलनमा रहेको बताउँदै पार्टी निर्वाचनबाट पनि नडराएको बताए । उनले सर्बोच्च अदालतको निर्णय आफूहरुलाई स्वीकार हुने समेत बताए ।

कार्यकर्ताको बिचार सुन्दै नेता झाले पार्टी एकीकरण भए पनि नेता र कार्यकर्ताको मन नमिलेको बताउदै उदेश्य पुर्तीका लागि जसपाका सम्पुर्ण नेता कार्यकर्ता समायोजनमा इमानदार हुनु पर्नेमा जोड दिए ।

तत्कालिन राजपा पर्साका अध्यक्ष जगदिश पटेलको अध्यक्षतामा भएकोे भेटघाट कार्यक्रममा जसपाका केन्द्रिय सदस्यहरु शिव पटेल, सुरेन्द्र कुर्मी, रामचन्द्र पन्डित, नेजामुदिन सम्मानी, पपु पटेल, सन्जय पान्डेय, मुन्नी श्रीवास्तव, उषा श्रीवास्तव, रम्भा मिश्र, नेता ओमप्रकाश सर्राफ, कृष्ण पटेल, श्रीराम गिरि लगायातका नेता तथा कार्यकर्ताहरुको उपस्तिथि रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

विपद्मा सुरक्षाकर्मीसँगै जनपरिचालन पनि हुनुपर्छः संयोजक दाहालले

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय विपत्तिको अवस्थामा सरकारले सबै पक्षलाई विश्वासमा लिएर अघि बढ्नुपर्ने बताउनुभएको छ । प्रतिनिधिसभाको आजको...

बिश्रामपुरका ११ वर्षीय बालकको अपहरणपछि हत्या, १७ वर्षीय किशोर पक्राउ

बारा । बाराको बिश्रामपुर गाउँपालिका वडा नम्बर ३ मुसहर्वाका ११ वर्षीय राजेश कुमार साहको अपहरणपछि हत्या गरिएको घटनामा एक १७ वर्षीय किशोर पक्राउ परेका...

तरुण दल पर्साको कोषाध्यक्षमा विराज साह नियुक्त

वीरगंज । नेपाल तरुण दल पर्साको कोषाध्यक्षमा विराज साह नियुक्त भएका छन् । नेपाल तरुण दल पर्साका अध्यक्ष बाल्मिकी यादवले साहलाई कोषाध्यक्ष पदमा नियुक्त गरेका...