Date
सोम, भदौ २९, २०८३
Mon, September 14, 2026

मुस्लिम आयोगको अन्तरक्रिया कार्यक्रम सम्पन्न

spot_img
spot_img

वीरगंज । मुस्लिम आयोगको आयोजनामा सोमबार वीरगंजमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । स्थानिय तहका पदाधिकारीहरु संग मुस्लिम समुदायको हक हितको संरक्षण, सम्वर्धन र सशक्तिकरण बिषय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

आयोगका अध्यक्ष समिम मियाँ अंसारीको प्रमुख आतिथ्यमा ओयोजित कार्यक्रममा वक्ताहरुले नेपालको हरेक क्षेत्रमा मुस्लिम समुदायको अनिवार्य समावेश हुनुपर्ने कुरामा जोड दिएका थिए ।

वक्ताहरुले मुस्लिम समुदाय नेपालमा सदियौ देखि वसोवास गर्दै आएपनि नेपाल सरकारले नेपाली मुस्लिमसंग बिभेद गरेको आरोप लगाए । उनीहरुले मठ मन्दिर निर्माणको लागि बजेट छुट्याए जस्तै मस्जिद ,मर्दसाको लागि पनि बजेट छुट्याउन माँग गरे ।

कार्यक्रममा प्रदेश सभा सदस्य करिमा वेगम, पोखरीया नगरपालिका मेयर दिपनारायण रौनियार, उपमेयर सल्मा खातुन, जगरनाथपुर गाँउपालिका अध्यक्ष जालिम मियाँ, उपाध्यक्ष विशमिला खातुन, सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष प्रदीप जयसवाल, प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले आ–आफ्नो धारणा राखेका थिए ।

जिल्ला समन्वय समितिका प्रमुख नेक महम्मद अंसारीको अध्यक्षतामा भएको कार्यक्रममा शसस्त्र प्रहरी उपरिक्षक राजेन्द्र खड्का, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जारा, नेपाली कांग्रेसका नेता सहरुम गद्दी, डिभिजन वन कार्यालय पर्साका सहायक वन अधिकृत रेयाज अहमद अंसारी लगायतको सहभागिता रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

मधेशमा ७७४ अस्थायी स्वास्थ्यकर्मीको कामकाजमा रोक

राजविराज । मधेश प्रदेशका स्वास्थ्य संस्थामा अस्थायी दरबन्दीमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीलाई कामकाजमा नखटाउन तथा हाजिर नगराउन प्रदेश सरकारले निर्देशन दिएको छ। मधेश प्रदेश...

उपनेश चौरसिया तरुण दल पर्साको उपाध्यक्षमा नियुक्त

वीरगंज । नेपाल तरुण दल पर्सा जिल्ला कार्यसमितिको उपाध्यक्षमा उपनेश कुमार चौरसिया नियुक्त भएका छन्। नेपाल तरुण दल पर्साका जिल्ला अध्यक्ष बालमीकी यादवले जिल्ला कार्यसमितिलाई...

सुधीर पटेलको नेतृत्वमा धादिङका बाढीपीडितलाई १५ लाखको राहत सामग्री वितरण

वीरगंज । जेन–जी पर्सा तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का युवा नेता सुधीर पटेलले धादिङको गजुरी गाउँपालिकाका बाढीपीडित परिवारलाई करिब १५ लाख रुपैयाँ बराबरको...