Date
सोम, भदौ २९, २०८३
Mon, September 14, 2026

क्यान महासंघ पर्साको तेस्रो साधारण सभा सम्पन्न

spot_img
spot_img

वीरगंज । कम्प्युटर एशोसिसन नेपाल महासंघ पर्साको तेस्रो साधारण सभा शनिबार सम्पन्न भएको छ । साधारण सभाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै वीरगंज उद्योग बाणिज्य संघका वरिष्ट उपाध्यक्ष सुबोध गुप्ताले उद्योग व्यावसायलाई पनि प्रविधिमैत्री बनाउनु पर्ने बताए ।

नेपाल उद्योग बाणिज्य संघका केन्द्रिय सदस्य समेत रहेका गुप्ताले बन्द हड्ताल गरेर उद्योग तथा व्यावसायमा नोक्सानी ल्याउने कार्य कदापी सह्य नहुने बताउँदै बन्दकर्ताले बन्द गर्दैमा बन्द गर्ने र खोल भन्दैमा खोल्ने प्रवृतिको अन्त्य हुनु पर्ने धारण राखे ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका गुप्ताले सम्पूर्ण व्यावसायीहरु एकताबद्ध भएर बन्द हडतालको विरोध गर्नु पर्ने धारणा राखे ।

महासंघ पर्साका अध्यक्ष दिपक साहको सभापतित्वमा भएको कार्यक्रममा क्यान महासंघका केन्द्रिय निवर्तमान अध्यक्ष हेमन्त चौरसिया, प्रदेश न. २ का अध्यक्ष आलोक कुमार चौरसिया, नेपाल पत्रकार महासंघ प्रदेश न. २ का अध्यक्ष दिपेन्द्र चौहान, क्यानका केन्द्रिय सचिव भुपालदास श्रेष्ठ, प्रदेश कोषाध्यक्ष बिनोद साह, क्यानका बारा अध्यक्ष गणेश ठाकुर लगायतले शुभकामना मन्तव्य व्यक्त राखेका थिए ।

महासंघका जिल्ला उपाध्यक्ष प्रशान्त कुमारले स्वागत मन्तव्य राखेको कार्यक्रमको सहजिकरण कार्यसमिति सदस्य आँशु सर्राफले गरेका थिए ।

सोही अवसरमा आइटी र प्रविधिको क्षेत्रमा महत्वपुर्ण योगदान दिएको भन्दै अब्दुल कलाम आजाद, बिनोद सर्राफ र भानु वैद्यलाई सम्मान समेत गरिएको थियो ।

साधारण सभामा क्यान महासंघ पर्साका सचिब जिवन प्रकाश गुप्ताले वार्षिक प्रतिवेदन र कोषाध्यक्ष संजय सकसेनाले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

मधेशमा ७७४ अस्थायी स्वास्थ्यकर्मीको कामकाजमा रोक

राजविराज । मधेश प्रदेशका स्वास्थ्य संस्थामा अस्थायी दरबन्दीमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीलाई कामकाजमा नखटाउन तथा हाजिर नगराउन प्रदेश सरकारले निर्देशन दिएको छ। मधेश प्रदेश...

उपनेश चौरसिया तरुण दल पर्साको उपाध्यक्षमा नियुक्त

वीरगंज । नेपाल तरुण दल पर्सा जिल्ला कार्यसमितिको उपाध्यक्षमा उपनेश कुमार चौरसिया नियुक्त भएका छन्। नेपाल तरुण दल पर्साका जिल्ला अध्यक्ष बालमीकी यादवले जिल्ला कार्यसमितिलाई...

सुधीर पटेलको नेतृत्वमा धादिङका बाढीपीडितलाई १५ लाखको राहत सामग्री वितरण

वीरगंज । जेन–जी पर्सा तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का युवा नेता सुधीर पटेलले धादिङको गजुरी गाउँपालिकाका बाढीपीडित परिवारलाई करिब १५ लाख रुपैयाँ बराबरको...