Date
बिहि, कार्तिक १३, २०८३
Thu, October 29, 2026

क्यान महासंघ पर्साको तेस्रो साधारण सभा सम्पन्न

spot_img
spot_img

वीरगंज । कम्प्युटर एशोसिसन नेपाल महासंघ पर्साको तेस्रो साधारण सभा शनिबार सम्पन्न भएको छ । साधारण सभाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै वीरगंज उद्योग बाणिज्य संघका वरिष्ट उपाध्यक्ष सुबोध गुप्ताले उद्योग व्यावसायलाई पनि प्रविधिमैत्री बनाउनु पर्ने बताए ।

नेपाल उद्योग बाणिज्य संघका केन्द्रिय सदस्य समेत रहेका गुप्ताले बन्द हड्ताल गरेर उद्योग तथा व्यावसायमा नोक्सानी ल्याउने कार्य कदापी सह्य नहुने बताउँदै बन्दकर्ताले बन्द गर्दैमा बन्द गर्ने र खोल भन्दैमा खोल्ने प्रवृतिको अन्त्य हुनु पर्ने धारण राखे ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका गुप्ताले सम्पूर्ण व्यावसायीहरु एकताबद्ध भएर बन्द हडतालको विरोध गर्नु पर्ने धारणा राखे ।

महासंघ पर्साका अध्यक्ष दिपक साहको सभापतित्वमा भएको कार्यक्रममा क्यान महासंघका केन्द्रिय निवर्तमान अध्यक्ष हेमन्त चौरसिया, प्रदेश न. २ का अध्यक्ष आलोक कुमार चौरसिया, नेपाल पत्रकार महासंघ प्रदेश न. २ का अध्यक्ष दिपेन्द्र चौहान, क्यानका केन्द्रिय सचिव भुपालदास श्रेष्ठ, प्रदेश कोषाध्यक्ष बिनोद साह, क्यानका बारा अध्यक्ष गणेश ठाकुर लगायतले शुभकामना मन्तव्य व्यक्त राखेका थिए ।

महासंघका जिल्ला उपाध्यक्ष प्रशान्त कुमारले स्वागत मन्तव्य राखेको कार्यक्रमको सहजिकरण कार्यसमिति सदस्य आँशु सर्राफले गरेका थिए ।

सोही अवसरमा आइटी र प्रविधिको क्षेत्रमा महत्वपुर्ण योगदान दिएको भन्दै अब्दुल कलाम आजाद, बिनोद सर्राफ र भानु वैद्यलाई सम्मान समेत गरिएको थियो ।

साधारण सभामा क्यान महासंघ पर्साका सचिब जिवन प्रकाश गुप्ताले वार्षिक प्रतिवेदन र कोषाध्यक्ष संजय सकसेनाले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पकाहाँ मैनपुरमा कांग्रेसका केन्द्रीय सदस्य क्षेत्रीलाई स्वागत तथा सम्मान

वीरगंज । नेपाली कांग्रेस पर्साका जिल्ला सभापति तथा नवनिर्वाचित केन्द्रीय सदस्य जनार्दन सिंह क्षेत्रीलाई पर्साको पकाह मैनपुर गाउँपालिका–३ मा आयोजित एक कार्यक्रमबीच स्वागत तथा...

वीरगंजका बैंकलाई सांसद पन्तको आग्रह : यहाँको नाफाको सीएसआर यहीँ खर्च गरौँ

वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साका सभापति एवं प्रतिनिधिसभा सदस्य हरि पन्तले वीरगन्जमा व्यवसाय सञ्चालन गरी नाफा कमाइरहेका बैंकहरूलाई आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्व...

दसैँमा समेत तलब नपाएपछि सखुवाप्रसौनीका प्रधानाध्यापकद्वारा ज्ञापनपत्र

सेढवा । पर्साको सखुवाप्रसौनी गाउँपालिकामा गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतबीचको विवादका कारण शिक्षक तथा कर्मचारीले दसैँमा समेत तलब पाउन नसकेको विषय सार्वजनिक भएको...