Date
बिहि, कार्तिक १३, २०८३
Thu, October 29, 2026

तेस्रो चरणको आन्दोलन अन्तर्गत जसपाद्वारा वीरगंजमा बिरोध प्रदर्शन

spot_img
spot_img

वीरगंज । जनता समाजवादी पार्टी (जसपा) पर्साले प्रधानमन्त्री केपी शर्मा ओलीको असंबैधानिक कदम बिरुद्ध वीरगंजमा बिरोध प्रदर्शन गरेको छ ।

जसपाको तेस्रो चरणको आन्दोलनको कार्यक्रम अन्तर्गत शुक्रबार वीरगंजको घण्टाघरमा बिरोध प्रदर्शन गरिएको हो । विरोध कार्यक्रमलाई सम्बोधन गर्दै बक्ताहरुले संसद पुर्नस्थापना नभएसम्म सडक संघर्ष जारी रहने बताए । प्रतिगमनकारी निर्णय नसच्चिएसम्म सडक संघर्षलाई निरन्तरता दिईरहने बताए ।

पहिलो, दोस्रो चरणको विरोधका कार्यक्रम सम्पन्न भइसकेपनि चौतर्फी रुपमा अलोकतान्त्रिक निर्णयको विरोध हुँदा पनि सरकार कानमा तेल हालेर बसेको उनीहरुले आरोप लगाए ।

तत्कालिन समाजवादी पार्टीका पर्सा जिल्ला अधयक्ष रामनरेश यादबको सभापतित्वमा भएको बिरोध प्रदर्शनमा प्रदेश सभा सदस्य करिमा बेगम, जसपाका केन्द्रिय सदस्य नेजामुद्दिन समानी, रम्भा मिश्रा, रामचन्द्र पण्डित, शिवजी सोनी, सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष प्रदिप जयसवाल, पोखरिया नगरपालिकाकी उप–मेयर सलमा खातुन, जसपा वीरगंज महानगर कमिटिका अध्यक्ष ओमप्रकाश सर्राफ, युवा समाजवादीका केन्द्रिय सचिब सरोज यादव लगायतको सहभागिता रहेको थियो ।

तत्कालिन राजपाका पर्सा जिल्ला अध्यक्ष जगदिश पटेलले स्वागत मन्तव्य राखेको कार्यक्रमको संचालन तत्कालिन समाजवादी पार्टी पर्साका जिल्ला सचिब तबरेज अहमदले गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पकाहाँ मैनपुरमा कांग्रेसका केन्द्रीय सदस्य क्षेत्रीलाई स्वागत तथा सम्मान

वीरगंज । नेपाली कांग्रेस पर्साका जिल्ला सभापति तथा नवनिर्वाचित केन्द्रीय सदस्य जनार्दन सिंह क्षेत्रीलाई पर्साको पकाह मैनपुर गाउँपालिका–३ मा आयोजित एक कार्यक्रमबीच स्वागत तथा...

वीरगंजका बैंकलाई सांसद पन्तको आग्रह : यहाँको नाफाको सीएसआर यहीँ खर्च गरौँ

वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साका सभापति एवं प्रतिनिधिसभा सदस्य हरि पन्तले वीरगन्जमा व्यवसाय सञ्चालन गरी नाफा कमाइरहेका बैंकहरूलाई आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्व...

दसैँमा समेत तलब नपाएपछि सखुवाप्रसौनीका प्रधानाध्यापकद्वारा ज्ञापनपत्र

सेढवा । पर्साको सखुवाप्रसौनी गाउँपालिकामा गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतबीचको विवादका कारण शिक्षक तथा कर्मचारीले दसैँमा समेत तलब पाउन नसकेको विषय सार्वजनिक भएको...