Date
बुध, भदौ १७, २०८३
Wed, September 2, 2026

तेस्रो चरणको आन्दोलन अन्तर्गत जसपाद्वारा वीरगंजमा बिरोध प्रदर्शन

spot_img
spot_img

वीरगंज । जनता समाजवादी पार्टी (जसपा) पर्साले प्रधानमन्त्री केपी शर्मा ओलीको असंबैधानिक कदम बिरुद्ध वीरगंजमा बिरोध प्रदर्शन गरेको छ ।

जसपाको तेस्रो चरणको आन्दोलनको कार्यक्रम अन्तर्गत शुक्रबार वीरगंजको घण्टाघरमा बिरोध प्रदर्शन गरिएको हो । विरोध कार्यक्रमलाई सम्बोधन गर्दै बक्ताहरुले संसद पुर्नस्थापना नभएसम्म सडक संघर्ष जारी रहने बताए । प्रतिगमनकारी निर्णय नसच्चिएसम्म सडक संघर्षलाई निरन्तरता दिईरहने बताए ।

पहिलो, दोस्रो चरणको विरोधका कार्यक्रम सम्पन्न भइसकेपनि चौतर्फी रुपमा अलोकतान्त्रिक निर्णयको विरोध हुँदा पनि सरकार कानमा तेल हालेर बसेको उनीहरुले आरोप लगाए ।

तत्कालिन समाजवादी पार्टीका पर्सा जिल्ला अधयक्ष रामनरेश यादबको सभापतित्वमा भएको बिरोध प्रदर्शनमा प्रदेश सभा सदस्य करिमा बेगम, जसपाका केन्द्रिय सदस्य नेजामुद्दिन समानी, रम्भा मिश्रा, रामचन्द्र पण्डित, शिवजी सोनी, सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष प्रदिप जयसवाल, पोखरिया नगरपालिकाकी उप–मेयर सलमा खातुन, जसपा वीरगंज महानगर कमिटिका अध्यक्ष ओमप्रकाश सर्राफ, युवा समाजवादीका केन्द्रिय सचिब सरोज यादव लगायतको सहभागिता रहेको थियो ।

तत्कालिन राजपाका पर्सा जिल्ला अध्यक्ष जगदिश पटेलले स्वागत मन्तव्य राखेको कार्यक्रमको संचालन तत्कालिन समाजवादी पार्टी पर्साका जिल्ला सचिब तबरेज अहमदले गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

विपद्मा सुरक्षाकर्मीसँगै जनपरिचालन पनि हुनुपर्छः संयोजक दाहालले

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय विपत्तिको अवस्थामा सरकारले सबै पक्षलाई विश्वासमा लिएर अघि बढ्नुपर्ने बताउनुभएको छ । प्रतिनिधिसभाको आजको...

बिश्रामपुरका ११ वर्षीय बालकको अपहरणपछि हत्या, १७ वर्षीय किशोर पक्राउ

बारा । बाराको बिश्रामपुर गाउँपालिका वडा नम्बर ३ मुसहर्वाका ११ वर्षीय राजेश कुमार साहको अपहरणपछि हत्या गरिएको घटनामा एक १७ वर्षीय किशोर पक्राउ परेका...

तरुण दल पर्साको कोषाध्यक्षमा विराज साह नियुक्त

वीरगंज । नेपाल तरुण दल पर्साको कोषाध्यक्षमा विराज साह नियुक्त भएका छन् । नेपाल तरुण दल पर्साका अध्यक्ष बाल्मिकी यादवले साहलाई कोषाध्यक्ष पदमा नियुक्त गरेका...