Date
बिहि, कार्तिक १३, २०८३
Thu, October 29, 2026

सांसद् यादवद्वारा मनियारीमा ढलान सडक र नालाको शिलन्यास

spot_img
spot_img

वीरगञ्ज २३ माघ । पर्सा नर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य (सांसद्) प्रदीप यादवले वीरगञ्ज महानगरपालिका वडा नम्बर २२ स्थित मनियार गाउँमा निर्माण हुनलागेको ढलान सडक र नालाको शिलन्यास गरेका छन् ।

५० लाख रुपैयाँको लागतमा गाउँमा निर्माण गर्न लागिएको ढलान सडक र नालाको सांसद् यादवले शुक्रबार एक कार्यक्रम बीच शिलान्यास गरेका हुन् ।’

शिलन्यास कार्यक्रममा बोल्दै सांसद् यादवले दशकौँदेखि जनताको मत लिएर सरकार बनाउँदै आएका काङ्ग्रेस र कम्युनिष्टले कुनै काम नगरेको कारण मधेसको विकास नहुन सकेको आरोप लगाए ।

सांसद् यादवले आफ्नो कार्यकालमा पर्सा निर्वाचन क्षेत्र नम्बर १ मा विकास निर्माणका सबैभन्दा धेरै काम भएको दावी समेत गरे ।

‘काङ्ग्रेस र कम्युनिष्टहरु यो क्षेत्रबाट कयौँ पटक निर्वाचित भएर गएका छन् तर आजसम्म यहाँ एउटा ढलान सडकसमेत निर्माण गर्न सकेका छैनन्,’ सांसद् यादवले भने, ‘उनीहरुको कारण मधेसमा अहिलेसम्म विकास हुनसकेको छैन । म निर्वाचित भएर आएदेखि यस क्षेत्रमा सबैभन्दा धेरै विकास निर्माणका काम हरु सुरु भएका छन् ।’

यादवको विशेष पहलमा सङ्घ सरकारको शहरी विकास मन्त्रालयले उपलब्ध गराएको बजेटबाट निर्माण हुनलागेको १ सय ७५ मिटर लामो सडक ढलान र नाला निर्माणको कार्य उपभोक्ता समिति मार्फत गरिंदै छ ।

मनियार टोल उपभोक्ता समितिले निर्माण गर्न लागेको ढलान सडकको चौडाई १६ फिट हुनेछ भने दुवै तर्फ २/२ फिटको नाला निर्माण गरिने उपभोक्ता समितिका सचिव सुनिल साहले बताए ।

सडक निर्माण हुनेभएपछि स्थानीय हर्षित भएका छन् । सडक नहुँदा वर्षायाममा हिलो र गर्मिको समयमा धुलो-धुवाले स्थानीय पिडित थिए । सडक निर्माण भएपछि स्थानीयहरुको शहरी क्षेत्रसम्मको पहुँचपनि बढ्ने सचिव साहले विश्वास व्यक्त गरे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पकाहाँ मैनपुरमा कांग्रेसका केन्द्रीय सदस्य क्षेत्रीलाई स्वागत तथा सम्मान

वीरगंज । नेपाली कांग्रेस पर्साका जिल्ला सभापति तथा नवनिर्वाचित केन्द्रीय सदस्य जनार्दन सिंह क्षेत्रीलाई पर्साको पकाह मैनपुर गाउँपालिका–३ मा आयोजित एक कार्यक्रमबीच स्वागत तथा...

वीरगंजका बैंकलाई सांसद पन्तको आग्रह : यहाँको नाफाको सीएसआर यहीँ खर्च गरौँ

वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साका सभापति एवं प्रतिनिधिसभा सदस्य हरि पन्तले वीरगन्जमा व्यवसाय सञ्चालन गरी नाफा कमाइरहेका बैंकहरूलाई आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्व...

दसैँमा समेत तलब नपाएपछि सखुवाप्रसौनीका प्रधानाध्यापकद्वारा ज्ञापनपत्र

सेढवा । पर्साको सखुवाप्रसौनी गाउँपालिकामा गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतबीचको विवादका कारण शिक्षक तथा कर्मचारीले दसैँमा समेत तलब पाउन नसकेको विषय सार्वजनिक भएको...