Date
मङ्ल, भदौ २३, २०८३
Tue, September 8, 2026

सांसद् यादवद्वारा मनियारीमा ढलान सडक र नालाको शिलन्यास

spot_img
spot_img

वीरगञ्ज २३ माघ । पर्सा नर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य (सांसद्) प्रदीप यादवले वीरगञ्ज महानगरपालिका वडा नम्बर २२ स्थित मनियार गाउँमा निर्माण हुनलागेको ढलान सडक र नालाको शिलन्यास गरेका छन् ।

५० लाख रुपैयाँको लागतमा गाउँमा निर्माण गर्न लागिएको ढलान सडक र नालाको सांसद् यादवले शुक्रबार एक कार्यक्रम बीच शिलान्यास गरेका हुन् ।’

शिलन्यास कार्यक्रममा बोल्दै सांसद् यादवले दशकौँदेखि जनताको मत लिएर सरकार बनाउँदै आएका काङ्ग्रेस र कम्युनिष्टले कुनै काम नगरेको कारण मधेसको विकास नहुन सकेको आरोप लगाए ।

सांसद् यादवले आफ्नो कार्यकालमा पर्सा निर्वाचन क्षेत्र नम्बर १ मा विकास निर्माणका सबैभन्दा धेरै काम भएको दावी समेत गरे ।

‘काङ्ग्रेस र कम्युनिष्टहरु यो क्षेत्रबाट कयौँ पटक निर्वाचित भएर गएका छन् तर आजसम्म यहाँ एउटा ढलान सडकसमेत निर्माण गर्न सकेका छैनन्,’ सांसद् यादवले भने, ‘उनीहरुको कारण मधेसमा अहिलेसम्म विकास हुनसकेको छैन । म निर्वाचित भएर आएदेखि यस क्षेत्रमा सबैभन्दा धेरै विकास निर्माणका काम हरु सुरु भएका छन् ।’

यादवको विशेष पहलमा सङ्घ सरकारको शहरी विकास मन्त्रालयले उपलब्ध गराएको बजेटबाट निर्माण हुनलागेको १ सय ७५ मिटर लामो सडक ढलान र नाला निर्माणको कार्य उपभोक्ता समिति मार्फत गरिंदै छ ।

मनियार टोल उपभोक्ता समितिले निर्माण गर्न लागेको ढलान सडकको चौडाई १६ फिट हुनेछ भने दुवै तर्फ २/२ फिटको नाला निर्माण गरिने उपभोक्ता समितिका सचिव सुनिल साहले बताए ।

सडक निर्माण हुनेभएपछि स्थानीय हर्षित भएका छन् । सडक नहुँदा वर्षायाममा हिलो र गर्मिको समयमा धुलो-धुवाले स्थानीय पिडित थिए । सडक निर्माण भएपछि स्थानीयहरुको शहरी क्षेत्रसम्मको पहुँचपनि बढ्ने सचिव साहले विश्वास व्यक्त गरे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भोटेकोशी बाढीमा बेपत्ता वीरगंजका आरभ र कालिकामाईका आलोकको कुशको शव बनाएर दाहसंस्कार

वीरगंज । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि बेपत्ता भएका वीरगंजका आरभ चौरसिया र पर्साको कालिकामाई गाउँपालिका–२, भेडिहारीका आलोक चौरसियाको अवस्था लामो समयसम्म अज्ञात...

भोटेकोशी बाढीः एक हजार ३५६ जनाको शव फेला

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार ३५६ जनाको शव फेला परेको छ भने अनुमानित चार हजार ९९४ जना सम्पर्कविहीन रहेका...

भोटेकोशी बाढीका मृतकप्रति वीरगंज कपडा बैंकद्वारा श्रद्धाञ्जली अर्पण

वीरगंज । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका मृतकहरूप्रति वीरगंज कपडा बैंकले श्रद्धाञ्जली  गरेको छ। वीरगंज कपडा बैंकले सोमबार साँझ वीरगंज–८ स्थित आफ्नै...