Date
सोम, भदौ २९, २०८३
Mon, September 14, 2026

पत्रकार महासंघ पर्साकाे २४ औं साधारण सभा सम्पन्न

spot_img
spot_img

वीरगंज । नेपाल पत्रकार महासंघ पर्साको २४ औं साधारण सभा मंगलबार वीरगंजमा सम्पन्न भएको छ ।

वीरगंजस्थित नेपाल पत्रकार महासंघ पर्साकाे भवनमा भएकाे सधारण सभाकाे उद्घाटन समारोहलाई सम्बोधन गर्दै महासंघका केन्द्रिय सचिव रामप्रसाद दहालले वीरगंजकाे पत्रकारितामा धेरै परिर्वतन आएकाे वताए ।

पर्सा जिल्लाले बनाएकाे सदस्यता सुदृढिकरण आचारसंहिता सिंगो देशले नै पालना गरेकाे वताउदै उनले पहिला भन्दा यहाँकाे पत्रकारितामा धेरै परिवर्तन आएकाे वताए । यहाँकाे पत्रकारित गलत ढंगले अगाडी बढे त्यसकाे असर देशभर नै पर्ने उनकाे भनाई थियाे ।

कार्यक्रमकाे प्रमुख अतिथी समेत रहेका सचिव दहालले महासंघ अब प्रत्यक्ष निर्वाचित प्रणालीमा जान लागेकाे जानकारी गराए ।  उनले पाेखरामा भएकाे महासंघकाे साधारण सभाले प्रत्यक्ष निर्वाचित सहभागिता मूलक नेतृत्व चयनकाे लागि विधान संसाेधन गरेकाे जानकारी गराए ।

साेही साधारण सभाले महासंघलाई ट्रेड युनियनमा लैजान समेत निर्णय गरेकाे जानकारी गराए । उनले महासंघ ट्रेड युनियन संस्थाकाे रुपमा दर्ता भयाे भने पत्रकारकाे श्रमकाे अधिकारकाे सम्मान हुने धारण राखे ।

सचिव दहालले सरकारले ल्याउन लागेकाे कराेडाैं जरिवाना र पत्रकारलाई जेल हाल्ने कानुन राेकन महासंघ सफल भए पनि फेरी अध्याधेश मार्फत त्यस्तै कानुन ल्याउन सरकारले तयारी गरेकाे बाहिर चर्चा रहेका कारण त्यसलाई राेकन मानसिक रुपमा तयार रहन समेत आग्रह गरे । 

कार्यक्रमका विशिष्ठ अतिथी नेपाल पत्रकार महासंघ कै सचिव शितल महताेले सभ्य र मर्यादित पत्रकारिता गर्न आग्रह गरे । उनले तथ्यमा अधारित पत्रकारिता गर्न आग्रह गर्दै देश मै चिनाउने खाले वीरगंजकाे पत्रकारिता हुनु पर्ने सुझाए । 

नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जाराकाे अध्यक्षतामा भएकाे उद्घाटन समाराेहमा महासंघका केन्द्रिय काेषाध्यक्ष राजेश मिश्रा, प्रदेश नम्बर २ अध्यक्ष दिपेन्द्र चौहान, उपाध्यक्ष केसी लामिछाने, पूर्व अध्यक्ष अशोक तिवारी, नेकपा पर्साका अध्यक्ष प्रभु हजरा, नेपाली काँग्रेस पर्साका सचिव श्याम पटेल, जसपा पर्सा अध्यक्ष रामनरेश यादव, प्रमुख जिल्ला अधिकारी आस्मान तामाङ, पर्साका प्रहरी उपरिक्षक बेलबहादुर पाण्डे, सशस्त्र प्रहरी उपरिक्षक राजेन्द्र खड्का लगायतकाले शुभकामाना मन्तव्य राखेका थिए ।

महासङ्घ पर्साका उपाध्यक्ष अनुप तिवारीले स्वागत गरेको कार्यक्रमको संचालन महासंघ पर्साका सचिव युवराज खड्काले गरेका थिए ।

स्व. गाेपाल गिरी स्मृति पत्रकारित पुरस्कार यादव र केसरीलाई प्रदान 

उद्घाटन समाराेह मै स्वर्गीय गोपाल गिरि स्मृति क्रियाशिल पत्रकारिता पुरस्कारबाट वीरगंजका पत्रकार गया यादव र कन्हैयालाल केसरीलाई पुरस्कृत गरिएको थियो । नारायणी टुडे दैनिक पत्रिकाका सम्पादक यादव र गाेरखा पत्र दैनिक पत्रिकाका पर्सा सम्वाददाता केसरीलाई नगद रु २५ हजारकाे चेक र सम्मान पत्रलले दाेसल्ला ओढाएर पुरस्कृत गरिएको थियाे ।

त्यसैगरी उद्घाटन समाराेह मै महासङ्घ पर्साकाे पूर्व सभापति शंकर खतिवडा, सत्रुघन नेपाल, दिपेन्द्र चाैहान, अशोक तिवारी, केसी लामिछाने, वरिष्ठ पत्रकार जगदिश शर्मा, शितल महतो, महेश दासलगायतलाई दोसल्ला ओढाई सम्मान गरिएकाे थियाे । 

सदस्यता सिफारिसमा नपरेका पत्रकारद्वारा बिराेध प्रदर्शन

pranay sahdawara birodh pradrasanसाधारण सभाकाे उद्घाटन सत्र महासंघकाे भवन भित्र चलिरहदा महासंघकाे भवनकाे मुल गेट मै एक संचारकर्मीले बिराेध प्रदर्शन गरेका थिए । म क्रियाशिल पत्रकार हाेइन ? किनकी‍…, क्रियाशिल पत्रकारकाे परिभाषा के लेखिएकाे पम्पलेट लिएर महासंघकाे भवकाे मुल गेट मै बसेर पत्रकार प्रणय साह विराेध जनाएका थिए ।

उनले सदस्य सिफारिसमा विभेद भएकाेले आफु सांकेतिक बिराेध जनाएकाे वताए । सुरुमा एकलै धारण बसेका साहलाई केही अरु पत्रकारले आएर साथ दिएपछि उद्घाट समाराेहबाट नेपाल पत्रकार महासंघ प्रदेश नं. २ का उपाध्यक्ष केसी लामिक्षानेले आएर सदस्यताकाे लागि आश्वासन जनाए पछि आफु धारणबाट उठेकाे उनले वताए ।

महासंघ पर्साकाे नयाँ सदस्यताकाे लागि ३० जनाकाे नाम महासंघकाे जिल्ला शाखाले प्रदेश शाखालाई सिफारिस गरेकाे छ ।

साधारण सभा सम्पन्न 

sadharan sabha ma brijlal paswanसाधारण सभाकाे उद्घाटन समाराेह पश्चात बन्द सत्र सुरु भएकाे थियाे । महासंघ पर्साका अध्यक्ष श्याम बन्जाराकाे अध्यक्षतामा भएकाे बन्द सत्रमा महासंघ पर्साका सचिव युवराज खड्काले वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष भुषण यादवले वार्षिक आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

दुबै प्रतिवेदनमाथी छलफलकाे क्रममा साधारण सभाका सदस्यहरुले महासंघकाे नयाँ सदस्यता वितरण भएकाे कमिकमजाेरी सच्याउन, स्वर्गिय गाेपाल गिरी पत्रकारिता पुरस्कार क्रियाशिल पत्रकारलाई दिनुपर्ने, पत्रकारहरुकाे क्षमता अभिवृद्धि गर्नु पर्ने सुझाव दिएका थिए ।

साधारण सभाकाे बन्द सत्रमा पत्रकार राघव साह, वृजलाल पासवान, अशाेक तिवारी, छठु साह, रितेश त्रिपाठी, विजय चाैहान, विजय भण्डारी, प्रताप श्रेष्ठ,  दिपक गाैतम, मनाेज पटेल, सुरेश विडारी, निरज पिठाकोठे मगर लागयतकाले सल्लाह सुझावसहितकाे आ आफ्नाे धारणा राखेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

मधेशमा ७७४ अस्थायी स्वास्थ्यकर्मीको कामकाजमा रोक

राजविराज । मधेश प्रदेशका स्वास्थ्य संस्थामा अस्थायी दरबन्दीमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीलाई कामकाजमा नखटाउन तथा हाजिर नगराउन प्रदेश सरकारले निर्देशन दिएको छ। मधेश प्रदेश...

उपनेश चौरसिया तरुण दल पर्साको उपाध्यक्षमा नियुक्त

वीरगंज । नेपाल तरुण दल पर्सा जिल्ला कार्यसमितिको उपाध्यक्षमा उपनेश कुमार चौरसिया नियुक्त भएका छन्। नेपाल तरुण दल पर्साका जिल्ला अध्यक्ष बालमीकी यादवले जिल्ला कार्यसमितिलाई...

सुधीर पटेलको नेतृत्वमा धादिङका बाढीपीडितलाई १५ लाखको राहत सामग्री वितरण

वीरगंज । जेन–जी पर्सा तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का युवा नेता सुधीर पटेलले धादिङको गजुरी गाउँपालिकाका बाढीपीडित परिवारलाई करिब १५ लाख रुपैयाँ बराबरको...