Date
बुध, भदौ १७, २०८३
Wed, September 2, 2026

जनता आवास कार्यक्रम अन्तर्गत निर्माण हुने घरकाे शिलान्यास

spot_img
spot_img

वीरगञ्ज । विगठित प्रतिनिधि सभा सदस्य (सांसद) प्रदीप यादवले पर्सामा जनता आवास कार्यक्रम अन्तर्गत निर्माण गर्न लागिएको घरको शिलान्यास गरेका छन् । पर्सा निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य प्रदीप यादवले प्रदेश नम्बर २ सरकारको बजेटबाट सञ्चालित जनता आवास कार्यक्रम अन्तर्गत निर्माण गर्न लागिएको २८ घरको शिलान्यास गरेका हुन् ।

पर्सा क्षेत्र नम्बर १ (क) बाट निर्वाचित प्रदेशसभा सदस्य जनत अन्सारीको विशेष पहलमा वीरगञ्ज महानगरपालिका वडा नम्बर ३१ को लक्षमीपुरमा रहेका अतिविपन्न, दलित र पिछडिएका समुदायको उत्थानका लागि प्रदेश सरकारले चलाएको जनता आवस कार्यक्रम अन्तर्गत घरहरु निर्माण गर्न लागेको छ ।

शिलन्यास कार्यक्रमलाई सम्बाेधन गर्दै सांसद यादवले जनताको समस्या समाधानका लागि प्रदेश सरकारले निरन्तर काम गरिरहेको बताए । उनले विपक्षी दलले आफूपानि काम नगर्ने र प्रदेश सरकारले गरिरहेको कामविरुद्ध जनतालाई भ्रमित पार्ने प्रपोगण्डा मचाउँने काम मात्र गरिरहेको आरोप लगाए ।

‘प्रदेश नम्बर २ को सरकारले आफ्नो अधिकारमा रहेका हरेक क्षेत्रको विकास र प्रवर्द्धनका लागि काम गरिरहेको छ,’ सांसद् यादवले भने, ‘तर विपक्षीहरुलाई प्रदेश सरकारलाई बद्नाम गराउन विभिन्न प्रपोगण्डा मात्र रच्न जानेका छन् । आफै काम गर्दैनन् र गर्न खोज्दा बद्नाम मात्र गर्छन ।’

फरक प्रसंगमा बोल्दै जसपाको केन्द्रिय सदस्यसमेत रहेका यादवले प्रधानमन्त्री ओलीले संसद् विघटन गरेर देशमा “कु” गर्न लागेको बताए । उनले नेकपाले जनतासँग विश्वासघात गरेको बताउँदै सरकार सफल भएपछि जनताको आक्रोशबाट बच्न संसद् विघटन गरिएको आरोप लगाए ।

शिलान्यास कार्यक्रममा प्रदेशसभा सदस्य जनत अन्सारी, जसपाका पर्सा जिल्ला अध्यक्ष रामनरेश यादव, सचिव तबरेज अहमद लगायतको उपस्थिति रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

यतिबेला हामीलाई शरीर थकित भयो भनेर विश्राम लिने छुट छैन : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले विपद्का समयमा सरकारलाई थकित भयो भनेर विश्राम लिने छुट नभएको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै उहाँले सङ्कटको...

आफ्ना तीन भाइको प्रतीक्षामा रामकुमार

सप्तरी । रामकुमार यादव आफ्ना तीन भाइ एकैपटक घर आउन सक्ने व्यग्र प्रतीक्षामा छन् । सप्तरीको बोदेबर्साइन नगरपालिका–८ काचनका यादव परिवारका जेठा छोरा रामकुमारले...

मुक्त हरवा चरवा सङ्घर्ष समितिद्वारा धर्ना स्थगन

जनकपुरधाम । मधेस प्रदेश सरकारको कार्यसम्पादन तथा कार्यविभाजनसम्बन्धी नियमावली परिमार्जन गर्ने प्रक्रिया अघि बढाइने भएको छ । मधेस प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री...