Date
सोम, भदौ २९, २०८३
Mon, September 14, 2026

दाेस्राे र तेस्राे माेडल ६ दिने एनिमेटर तालिम सम्पन्न

spot_img
spot_img

वीरगंज । संवाद सहजीकरणकाे लागि दाेस्राे र तेस्राे माेडलकाे ६ दिने एनिमेटर तालिम साेमबार वीरगंजमा सम्पन्न भएकाे छ ।

 युराेपिएन युनियनकाे सहयाेग र चाइल्ड नेपाल, संरक्षण नेपालकाे सहकार्य तथा ग्रामिण पुनर्निमाण संस्था (आरआरएन) काे आयाेजनामा संचालित किशाेरी संवाद कार्यक्रम अन्तर्गत हाेटल विजय ज्याेति वीरगंजमा संचालित तालिम सम्पन्न भएकाे हाे ।

तालिमकी सहभागि शान्ति किशाेरी संवाद केन्द्र परवानीपुरकी एनिमेटर राेमा कुमारी झाले वैदेशिक राेजगारीमा जादा अपनाउनु पर्ने सावधानी बारे तालिमबाट सिकेकाे वताइन । उनले विदेश मात्र गएर पैसा कमाउन नसकिने आफ्नाे देशमा पनि विभिन्न किसिमकाे राेजागरी गरेर पैसा कमाउन सकिने वताइन ।

अनमाेल किशाेरी संवाद केन्द्रका एनिमेटर  हैदर अली हवारीले समाज परिर्वतन र जिवन परिवर्तनकाे बारेमा तालिमबाट सिकेकाे वताए । उनले आम्दनीकाे स्राेत कसरी बढाउन सकिने र खर्च कसरी बचत गर्न सकिने बिषयमा पनि जानकारी प्राप्त भएकाे वताए ।

मुस्कान  किशाेरी संवाद केन्द्रकी एनिमेटर पुजा कुमारी गुप्ताले एडभान्स खर्च कटाैती गरे र जुवा, तासकाे खर्च बचत गरे जिवनमा दु:ख कष्ट नहुने वताइन । अध्ययनकाे क्रममा प्राप्त हुन नसकेकाे ज्ञापन तालिमबाट प्राप्त भएकाे उनकाे भनाई थियाे ।

किशाेरी संवाद कार्यक्रमका कार्यालय प्रमुख भिम कुमार राईकाे अध्यक्षतामा भएकाे तालिम समापन समाराेहमा पत्रकार सुरेश विडारी, कार्यक्रमका वित्त अधिकृत रविन अधिकारी, संवाद अधिकृत प्रकाश पाण्डे, संवाद उत्प्रेरक उमा राय माझीले मन्तव्य मार्फत तालिमबाट सिकेकाे कुरा व्यहारमा लागु गर्न सुझाव दिएका थिए । कार्यक्रमकाे सहजिकरण संवाद उत्प्रेरक सुनेश्वर साहले गरेका थिए । 

तालिम समापन समाराेह मै संवाद संचालन निर्देशिका भाग २ र ३ समेत वितरण गरिएकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

मधेशमा ७७४ अस्थायी स्वास्थ्यकर्मीको कामकाजमा रोक

राजविराज । मधेश प्रदेशका स्वास्थ्य संस्थामा अस्थायी दरबन्दीमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीलाई कामकाजमा नखटाउन तथा हाजिर नगराउन प्रदेश सरकारले निर्देशन दिएको छ। मधेश प्रदेश...

उपनेश चौरसिया तरुण दल पर्साको उपाध्यक्षमा नियुक्त

वीरगंज । नेपाल तरुण दल पर्सा जिल्ला कार्यसमितिको उपाध्यक्षमा उपनेश कुमार चौरसिया नियुक्त भएका छन्। नेपाल तरुण दल पर्साका जिल्ला अध्यक्ष बालमीकी यादवले जिल्ला कार्यसमितिलाई...

सुधीर पटेलको नेतृत्वमा धादिङका बाढीपीडितलाई १५ लाखको राहत सामग्री वितरण

वीरगंज । जेन–जी पर्सा तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का युवा नेता सुधीर पटेलले धादिङको गजुरी गाउँपालिकाका बाढीपीडित परिवारलाई करिब १५ लाख रुपैयाँ बराबरको...