Date
बिहि, कार्तिक १३, २०८३
Thu, October 29, 2026

दाेस्राे र तेस्राे माेडल ६ दिने एनिमेटर तालिम सम्पन्न

spot_img
spot_img

वीरगंज । संवाद सहजीकरणकाे लागि दाेस्राे र तेस्राे माेडलकाे ६ दिने एनिमेटर तालिम साेमबार वीरगंजमा सम्पन्न भएकाे छ ।

 युराेपिएन युनियनकाे सहयाेग र चाइल्ड नेपाल, संरक्षण नेपालकाे सहकार्य तथा ग्रामिण पुनर्निमाण संस्था (आरआरएन) काे आयाेजनामा संचालित किशाेरी संवाद कार्यक्रम अन्तर्गत हाेटल विजय ज्याेति वीरगंजमा संचालित तालिम सम्पन्न भएकाे हाे ।

तालिमकी सहभागि शान्ति किशाेरी संवाद केन्द्र परवानीपुरकी एनिमेटर राेमा कुमारी झाले वैदेशिक राेजगारीमा जादा अपनाउनु पर्ने सावधानी बारे तालिमबाट सिकेकाे वताइन । उनले विदेश मात्र गएर पैसा कमाउन नसकिने आफ्नाे देशमा पनि विभिन्न किसिमकाे राेजागरी गरेर पैसा कमाउन सकिने वताइन ।

अनमाेल किशाेरी संवाद केन्द्रका एनिमेटर  हैदर अली हवारीले समाज परिर्वतन र जिवन परिवर्तनकाे बारेमा तालिमबाट सिकेकाे वताए । उनले आम्दनीकाे स्राेत कसरी बढाउन सकिने र खर्च कसरी बचत गर्न सकिने बिषयमा पनि जानकारी प्राप्त भएकाे वताए ।

मुस्कान  किशाेरी संवाद केन्द्रकी एनिमेटर पुजा कुमारी गुप्ताले एडभान्स खर्च कटाैती गरे र जुवा, तासकाे खर्च बचत गरे जिवनमा दु:ख कष्ट नहुने वताइन । अध्ययनकाे क्रममा प्राप्त हुन नसकेकाे ज्ञापन तालिमबाट प्राप्त भएकाे उनकाे भनाई थियाे ।

किशाेरी संवाद कार्यक्रमका कार्यालय प्रमुख भिम कुमार राईकाे अध्यक्षतामा भएकाे तालिम समापन समाराेहमा पत्रकार सुरेश विडारी, कार्यक्रमका वित्त अधिकृत रविन अधिकारी, संवाद अधिकृत प्रकाश पाण्डे, संवाद उत्प्रेरक उमा राय माझीले मन्तव्य मार्फत तालिमबाट सिकेकाे कुरा व्यहारमा लागु गर्न सुझाव दिएका थिए । कार्यक्रमकाे सहजिकरण संवाद उत्प्रेरक सुनेश्वर साहले गरेका थिए । 

तालिम समापन समाराेह मै संवाद संचालन निर्देशिका भाग २ र ३ समेत वितरण गरिएकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पकाहाँ मैनपुरमा कांग्रेसका केन्द्रीय सदस्य क्षेत्रीलाई स्वागत तथा सम्मान

वीरगंज । नेपाली कांग्रेस पर्साका जिल्ला सभापति तथा नवनिर्वाचित केन्द्रीय सदस्य जनार्दन सिंह क्षेत्रीलाई पर्साको पकाह मैनपुर गाउँपालिका–३ मा आयोजित एक कार्यक्रमबीच स्वागत तथा...

वीरगंजका बैंकलाई सांसद पन्तको आग्रह : यहाँको नाफाको सीएसआर यहीँ खर्च गरौँ

वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साका सभापति एवं प्रतिनिधिसभा सदस्य हरि पन्तले वीरगन्जमा व्यवसाय सञ्चालन गरी नाफा कमाइरहेका बैंकहरूलाई आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्व...

दसैँमा समेत तलब नपाएपछि सखुवाप्रसौनीका प्रधानाध्यापकद्वारा ज्ञापनपत्र

सेढवा । पर्साको सखुवाप्रसौनी गाउँपालिकामा गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतबीचको विवादका कारण शिक्षक तथा कर्मचारीले दसैँमा समेत तलब पाउन नसकेको विषय सार्वजनिक भएको...