Date
मङ्ल, अशोज ६, २०८३
Tue, September 22, 2026

सशस्त्र प्रहरीद्वारा अबैध कुखुराको चल्ला नष्ट

spot_img
spot_img

वीरगंज ।सशस्त्र प्रहरी बल पर्साले भारतबाट अबैध रुपमा ल्याउँदै गरेको लाखौं मूल्य बराबरको कुखुराको चल्ला बरामद गरि नष्ट गरेको छ । सशस्त्र प्रहरी बल सुरक्षा बेस क्याम्प बहुअर्वाभाठ्ठाबाट खटेको प्रहरी टोलीले शनिबार बिहान बहुदरमाई वडा नं. १ बिश्रामपुरबाट करिब १९ सय कुखुराको चल्ला सहित भारतीय नम्बरको मोटरसाईकल पक्राउ गरेको थियो ।

भारतबाट अबैध रुपमा भन्सार छली चोरी पैठारी गरी नेपालको भित्रि ग्रामिण भेगसम्म भित्रियाई सकेको अवस्थामा सशस्त्र प्रहरी बल बहुअर्वाभाठ्ठाबाट खटेको गस्ती टोलीलाई देख्नसाथ उक्त कुखुराको चल्लाहरु फालेर तस्करी गर्ने मानिस फरार रहेको शसस्त्र प्रहरीले जनाएको छ ।

पर्साको विन्दासिनीदेखी उत्तरतर्फ द्यच्ण्छ च्् टघडढ नम्बरको भारतीय मोटरसाईकलमा लगिरहेको अवस्थामा पक्राउ गरिएको उक्त कुखुराको चल्ला शनिबार दिउसो बहुअर्वाभाठ्ठा बेस क्याम्प पछाडी खाल्डो खनि नष्ट गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पक्राउ गरिएको कुखुरासहितको गाडीको अन्दाजी मूाल्य रु १ लाख ५८ हजार रहेको छ । शनिबार विदा भएकोले मोटरसाईकललाई भोली वीरगंज भन्सार कार्यलयमा बुझाउने सशस्त्र प्रहरीले जनाएको छ ।

                              तस्करीकै चल्लाबाट पर्साका अधिकांश कुखुरा फर्म संचालन रहेको खुलासा
शित लहर र कुाहिरो बढेपछि पर्साको ग्रामिण भेगबाट राति–राति र बिहान बेलुका दैनिक लाखौंको राजश्व छली गर्ने अबैध कारोबार फस्टाएको छ । सिमासहित ग्रामिण भेगमा खटेका तल्लो तहका केही शसस्त्र प्रहरी र नृेपाल प्रहरीका अधिकारीका कारण सिमा क्षेत्रसहित भित्रि ग्रामिण भेगसम्म कुखुराको चलाको तस्करी भएको स्थानीयले बताएका छन् ।

सरकारले उठाएको राजश्वबाट मुलुकको अर्थतन्त्र चले पनि प्रहरी संगठनमा आबद्ध केही प्रहरीले सरकारको राजश्व छली गरी राति–रातिमा अबैध कारोबार गराईरहेको दक्षिणी सिमा नाकाबाट करिब ६÷७ किलो मिटर भित्रबाट समातिएको कुखुराको चल्लाबाट पुष्टि हुन्छ ।

पर्साको बिन्दवासिनी, बहुदरमाई, पर्सागढी, सखुवा प्रसौनी लगायतका गाउँपालिकामा संचालन रहेको कुखुरा फर्ममा भारतबाटै तस्करी भई आएको कुखुराको चल्लाबाट व्यवसाय संचालन रहेको नाम नराख्ने सर्तमा एक जना कुखुरा व्यवसायीले नै बताएका छन् । भारतसंग सिमा नाका जोडिएको अमरपट्टी, झौवागठ्ठी, ईटयाही, बिन्दवासिनी र बहुर्वाभाठ्ठा हुँदै उत्तरी ग्रामिण बिश्रामपुर, भौटाटार, डोकैला बहुअरी, रामनगरी, एकटाङ्गा लगायतका ठाउँहरुमा भारतीय र नेपाली तस्करहरुले प्रत्येक हप्ता लाखौं मूल्य बराबरको राजश्व उठने अबैध कुखुराको चल्ला भित्रियाउने गरेको स्रोतले जनाएको छ ।

अतः सम्बन्धीत निकायले तदारुकताका साथ यी ठाउँहरुमा कडा निगरानी गर्दै जाने हो भने मुलुकको अर्थतन्त्रमा अझै टेवा पुग्नुको साथै कुखुराको चल्ला तस्करी र तस्कर माफियालाई तह लगाउन सकिने स्रोतको दाबी छ । तसर्थः राजश्व बृद्धि गर्न खुल्ला सिमाना भएको पर्साको अमरपट्टि, सबैठवा, भिस्वा, जानकीटोला लगायतका सिमा नाकामा राति–राति र विहान सम्बन्धीत निकायको विशेष ध्यानाकर्षण हुने आवश्यक देखिएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

थप समाचार

शुक्रबारदेखि तीन दिन भारी वर्षाको सम्भावना, बाढी–पहिरो र डुबानको जोखिम

काठमाडौं । आगामी शुक्रबारदेखि आइतबारसम्म देशका धेरै ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले विशेष मौसम बुलेटिन जारी गर्दै केही स्थानमा...

प्रधानमन्त्री शाह आज अमेरिका प्रस्थान गर्दै

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री वालेन्द्र शाह आज संयुक्त राज्य अमेरिकाको न्युयोर्क सहर प्रस्थान गर्दै...

त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको मृत्यु

वीरगंज । त्रिपुरेश्वरमा सोमबार बसमा भएको आगलागीमा परी गम्भीर घाइते भएका चालकको उपचारका क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा २५ वर्षीय चालक दावा लामा रहेका...