Date
सोम, भदौ २९, २०८३
Mon, September 14, 2026

सम्पत्तिको लोभमा फुफाजुको योजनामा अकलेशको हत्या

spot_img
spot_img

वीरगंज । पर्साको बहुदरमाई नगरपालिका वडा नं. ४ बहुअरीका २१ वर्षीय अकलेश राउत अहिर मंसिर ३० गते वेपता भए । त्यसको भोली पल्ट पर्सागढी नगरपालिका–९ चैनपुरस्थित रुखमा झुण्डिएको अवस्थामा उनको शव फेला प¥यो ।

उतिबेला गलबन्दीले फा“सो लगाएर आत्महत्या गरेको हल्ला फैलियो । प्रहरीले पनि घटनालाई आत्म हत्याकै रुपमा लियो । चैनपुरस्थित खेतको आलीमा रहेको पकडीको रुखमा झुण्डिएको अवस्थामा अकलेशको शव भेटिएको थियो । प्रहरी अधिकारीसहितको टोली भटनास्थतल पुगे । घटनास्थतल जा“च मुचुलका तयार पारेर शव पोस्टमार्टमका लागि पठाए । पोस्टमार्टम पछि शवको दाह संस्कार पनि भयो ।

प्रहरीले घटनास्थलमा लिएको तस्बीरहरु घटनास्थल र घटना अघिपछिका अवस्था तथा घटनासंग सम्बन्धीत स–साना तथ्यहरुको अध्ययन सुरु ग¥यो । उनको मृत्युबाट विभिन्न पक्षलाई हुन सक्ने लाभहानीलाई समेत विश्लेषण ग¥यो । मृत्युको सम्भावित कारणहरुबारे सुक्षम अनुसन्धान गर्दै जादा“ सम्पत्तिको लागि आफ्नै चाचा सहित तीनजनाको समूहले हत्या गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । हत्यामा संलग्न आरोपित चाचासहित तीन जनालाई पर्सा प्रहरीले पक्राउ गरेको शुक्रबार पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा पर्सागढी नगरपालिका – ५ बस्ने ५१ वर्षीय भागरित राउत अहिर, ४१ वर्षीय शेष ताहिर मिया“ र २७ वर्षीय छठु पटेल भन्ने दिनेश पटेल रहेका छन् । प्रहरीका अनुसार अभियुक्त भागरित मृतकको फुपाजु हुन् । बुबा शिवचरण राउत अहिरको दुई भाइ भएपनि उनीहरुको अकलेश मात्रै एक्लो छोरा थिए ।

अकलेशको मृत्यु पश्चात निजको बुबा तथा ठूलोबुबाको नाममा भएको जग्गा जमिन लगायत सम्पत्तिको एक्लो हकदार भागरित नै हुन्थे । त्यसै योजना अनुसार घटना भन्दा २ दिन अघि अन्य अभियुक्तहरुस“ग भेटी आर्थिक प्रलोभनमा पारी योजना बनाएको प्रहरी अनुसन्धानबाट खुलेको छ । उनीहरुले अकलेशको घा“टीमा डोरीले कसेर मारेर हत्या गरि अकलेशकै गलबन्दीको पासो बनाई रुखमा झुण्ड्याएर आत्महत्या जस्तो देखाउन खोजेको प्रहरीको अनुसन्धानबाट खुलेको पर्सा प्रहरी प्रमुख प्रहरी उपरिक्षक बेल बहादुर पाण्डे जनाए । उनीहरु विरुद्ध कर्तव्य ज्यान मुद्दामा अनुसन्धान अघि बढाइएको उनले बताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

थप समाचार

मधेशमा ७७४ अस्थायी स्वास्थ्यकर्मीको कामकाजमा रोक

राजविराज । मधेश प्रदेशका स्वास्थ्य संस्थामा अस्थायी दरबन्दीमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीलाई कामकाजमा नखटाउन तथा हाजिर नगराउन प्रदेश सरकारले निर्देशन दिएको छ। मधेश प्रदेश...

उपनेश चौरसिया तरुण दल पर्साको उपाध्यक्षमा नियुक्त

वीरगंज । नेपाल तरुण दल पर्सा जिल्ला कार्यसमितिको उपाध्यक्षमा उपनेश कुमार चौरसिया नियुक्त भएका छन्। नेपाल तरुण दल पर्साका जिल्ला अध्यक्ष बालमीकी यादवले जिल्ला कार्यसमितिलाई...

सुधीर पटेलको नेतृत्वमा धादिङका बाढीपीडितलाई १५ लाखको राहत सामग्री वितरण

वीरगंज । जेन–जी पर्सा तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का युवा नेता सुधीर पटेलले धादिङको गजुरी गाउँपालिकाका बाढीपीडित परिवारलाई करिब १५ लाख रुपैयाँ बराबरको...