Date
सोम, साउन १८, २०८३
Mon, August 3, 2026

सखुवा प्रसाैनीमा गर्भवतीहरुको लागि अल्ट्रासाउन्ड शिबिर

spot_img
spot_img

वीरगंज । पर्साकाे सखुवा प्रसाैनी गाउँपालिका वडा नं. ४ देउरबानामा शु्क्रबार गर्भवतीहरुको लागि अल्ट्रासाउन्ड शिबिर सम्पन्न भएकाे छ ।

गाउँपालिकाको सहयोगमा भएकाे शिविरमा वडा अन्तर्गतका २७ जना गर्भवती महिलाहरुले अल्ट्रासाउन्ड गराएकाे गाउँपालिका स्वास्थ्य संयाेजक राजेश राैनिरारले जानकारी दिए ।

शिविरकाे उद्घाटन गाउँपालिका अध्यक्ष प्रदिप जयसवालले गरेका थिए । साे अवसरमा वाेल्दै अध्यक्ष जयसवाले शिविरले अल्ट्रासाउन्डकाे लागि वीरगंज धाउनु पर्ने बाध्यता अन्त्य हुने वताए ।

स्वास्थ्य चाैकीमा भएकाे शिविरमा गर्भवती महिलाहरुकाे स्वास्थ्य परिक्षण समेत गरिएकाे थियाे । शिविरमा रेडियाेलाेजिस्ट डा. प्रदिप कुमार साहले अल्ट्रासाउन्ड र डा. प्रिती भट्टराईले स्वास्थ्य परिक्षण गरेका थिए । 

साेही अवसरमा गर्भवतीहरुलाई बहुक्षेत्रिय कार्यक्रम अन्तर्गत हाइजेनिक किट समेत वितरण गरिएकाे संयाेजक राैनियारले जानकारी दिए । सेनेटरी प्याड, साबुन, तुथ पेष्ट, ब्रस, नेल कटरकाे लगायतकाे सामग्री भएकाे किट वितरण गरिएकाे उनले जानकारी गराए ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

अत्यधिक वर्षाको जोखिम बढ्दै : पर्सा प्रशासनद्वारा उच्च सतर्कता अपनाउन आग्रह

वीरगंज । जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानअनुसार अत्यधिक भारी वर्षा भई नदी–नालामा पानीको बहाव बढ्ने तथा होचा भू–भाग डुबानमा पर्ने उच्च जोखिम देखिएपछि...

वीरगंज–७ मा चार महिनादेखि बाटो अवरुद्ध गरी घर निर्माण, स्थानीयको विरोध

वीरगंज । वीरगंज महानगरपालिका–७ रेल्वे रोडमा सार्वजनिक बाटो अवरुद्ध गरी निजी घर निर्माण गरिएको भन्दै स्थानीयवासीले विरोध जनाएका छन् । स्थानीय आनन्द चौधरीले करिब चार...

बालमैत्री सिकाइ वातावरणका लागि पटेर्वा सुगाैलीमा ४ कोठे विद्यालय भवनको शिलान्यास

वीरगंज । पर्साको पटेर्वा सुगौली गाउँपालिका–४ स्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, पटेर्वामा निर्माण हुने ४ कोठे विद्यालय भवनको शिलान्यास गरिएको छ । दिव्य विकास...