Date
बिहि, कार्तिक १३, २०८३
Thu, October 29, 2026

सखुवा प्रसाैनीमा गर्भवतीहरुको लागि अल्ट्रासाउन्ड शिबिर

spot_img
spot_img

वीरगंज । पर्साकाे सखुवा प्रसाैनी गाउँपालिका वडा नं. ४ देउरबानामा शु्क्रबार गर्भवतीहरुको लागि अल्ट्रासाउन्ड शिबिर सम्पन्न भएकाे छ ।

गाउँपालिकाको सहयोगमा भएकाे शिविरमा वडा अन्तर्गतका २७ जना गर्भवती महिलाहरुले अल्ट्रासाउन्ड गराएकाे गाउँपालिका स्वास्थ्य संयाेजक राजेश राैनिरारले जानकारी दिए ।

शिविरकाे उद्घाटन गाउँपालिका अध्यक्ष प्रदिप जयसवालले गरेका थिए । साे अवसरमा वाेल्दै अध्यक्ष जयसवाले शिविरले अल्ट्रासाउन्डकाे लागि वीरगंज धाउनु पर्ने बाध्यता अन्त्य हुने वताए ।

स्वास्थ्य चाैकीमा भएकाे शिविरमा गर्भवती महिलाहरुकाे स्वास्थ्य परिक्षण समेत गरिएकाे थियाे । शिविरमा रेडियाेलाेजिस्ट डा. प्रदिप कुमार साहले अल्ट्रासाउन्ड र डा. प्रिती भट्टराईले स्वास्थ्य परिक्षण गरेका थिए । 

साेही अवसरमा गर्भवतीहरुलाई बहुक्षेत्रिय कार्यक्रम अन्तर्गत हाइजेनिक किट समेत वितरण गरिएकाे संयाेजक राैनियारले जानकारी दिए । सेनेटरी प्याड, साबुन, तुथ पेष्ट, ब्रस, नेल कटरकाे लगायतकाे सामग्री भएकाे किट वितरण गरिएकाे उनले जानकारी गराए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पकाहाँ मैनपुरमा कांग्रेसका केन्द्रीय सदस्य क्षेत्रीलाई स्वागत तथा सम्मान

वीरगंज । नेपाली कांग्रेस पर्साका जिल्ला सभापति तथा नवनिर्वाचित केन्द्रीय सदस्य जनार्दन सिंह क्षेत्रीलाई पर्साको पकाह मैनपुर गाउँपालिका–३ मा आयोजित एक कार्यक्रमबीच स्वागत तथा...

वीरगंजका बैंकलाई सांसद पन्तको आग्रह : यहाँको नाफाको सीएसआर यहीँ खर्च गरौँ

वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साका सभापति एवं प्रतिनिधिसभा सदस्य हरि पन्तले वीरगन्जमा व्यवसाय सञ्चालन गरी नाफा कमाइरहेका बैंकहरूलाई आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्व...

दसैँमा समेत तलब नपाएपछि सखुवाप्रसौनीका प्रधानाध्यापकद्वारा ज्ञापनपत्र

सेढवा । पर्साको सखुवाप्रसौनी गाउँपालिकामा गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतबीचको विवादका कारण शिक्षक तथा कर्मचारीले दसैँमा समेत तलब पाउन नसकेको विषय सार्वजनिक भएको...