Date
सोम, भदौ २९, २०८३
Mon, September 14, 2026

ग्यास अधिकृत विक्रेता संघ पर्साकाे अध्यक्षमा पुन: बिरेन्द्र साह चयन

spot_img
spot_img
वीरगंज । ग्यास अधिकृत विक्रेता संघ पर्साकाे ८ औं साधारण सभा तथा ५ औं जिल्ला अधिवेशन शनिबार वीरगंजमा सम्पन्न भएकाे छ । बीरगंजस्थित होटल कुमु प्यालेसमा सम्पन्न साधारण सभा तथा अधिवेशनले पुन: बिरेन्द्र साहकाे अध्यक्षतामा २५ सदस्यीय नयाँ कार्य समिति चयन गरेकाे छ ।
 
जुन समितिकाे बरिष्ठ उपाध्यक्ष इन्द्रजित राैनियार, उपाध्यक्ष मनाेरन्जन साह, महिला उपाध्यक्ष सिन्दु देवी, महासचिव रामनाथ साह, सचिव निरन्जन साह, काेषाध्यक्ष लक्ष्मण साह, सह काेषाध्यक्ष रामाज साह चयन भएका छन् ।
 
यस्तै समितिकाे सदस्यमा विकास गुप्ता, राजन सिंह, मंजु अंसारी, अनिल साह तेली, दुर्गा साह तेली, विनाेद गिरी, अंकित कुमार चाैरसिया, राजेश गुप्ता, फ्रन्कु शर्मा, इन्दु भुषण कुशवाहा, मेघनाथ प्रसाद कलवार, धर्मराज प्रसाद पटेल, सुनिल साह, नुर आलम, नरेश प्रसाद साह चयन भएका छन् ।
 
साधारण सभा तथा अधिवेशनकाे उद्घाटन वीरगंज उद्याेग वाणिज्य संघका अध्यक्ष गाेपाल केडियाले गरेका थिए ।
 
ग्यास अधिकृत विक्रेता संघ पर्साका अध्यक्ष विरेन्द्र साहकाे अध्यक्षतामा उद्घाटन समाराेहमा एलपि ग्याँस उद्योग संघको उपाध्यक्ष मनोज कुमार दास, ग्यास बिक्रेता महासंघका संस्थापक अध्यक्ष ज्ञानेश्वर अर्याल, ग्यास बिक्रेता महासंघ प्रदेश नं २ का संयोजक राजकुमार सिन्धी, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बञ्जारा, वान प्रदेश नं. २ का संयोजक आरसी यादव लगायतकाले शुभकामना मन्तव्य राखेका थिए भने कार्यक्रमकाे संचालन संचारकर्मी माधुरी महतोले गरेकी थिइन ।
देशभरीका ग्यास व्यवसायीहरुकाे सामुहिक एकवद्धता, व्यवस्थित र आत्मनिर्भर ग्यास काराेबार हाम्राे प्रतिबद्धता नाराकाे साथ साधारण सभा र अधिबेशन सम्पन्न भएकाे हाे ।
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

मधेशमा ७७४ अस्थायी स्वास्थ्यकर्मीको कामकाजमा रोक

राजविराज । मधेश प्रदेशका स्वास्थ्य संस्थामा अस्थायी दरबन्दीमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीलाई कामकाजमा नखटाउन तथा हाजिर नगराउन प्रदेश सरकारले निर्देशन दिएको छ। मधेश प्रदेश...

उपनेश चौरसिया तरुण दल पर्साको उपाध्यक्षमा नियुक्त

वीरगंज । नेपाल तरुण दल पर्सा जिल्ला कार्यसमितिको उपाध्यक्षमा उपनेश कुमार चौरसिया नियुक्त भएका छन्। नेपाल तरुण दल पर्साका जिल्ला अध्यक्ष बालमीकी यादवले जिल्ला कार्यसमितिलाई...

सुधीर पटेलको नेतृत्वमा धादिङका बाढीपीडितलाई १५ लाखको राहत सामग्री वितरण

वीरगंज । जेन–जी पर्सा तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का युवा नेता सुधीर पटेलले धादिङको गजुरी गाउँपालिकाका बाढीपीडित परिवारलाई करिब १५ लाख रुपैयाँ बराबरको...