Date
बिहि, कार्तिक १३, २०८३
Thu, October 29, 2026

सखुवा प्रसौनीमा बाल क्लब सञ्जालको नयाँ कार्य समिति गठन

spot_img
spot_img

वीरगंज । पर्साको सखुवा प्रसौनी गाउँपालिकामा बाल क्लब सञ्जालको नयाँ कार्य समिति गठन भएको छ । बिहीबार श्रीपुर पाँचगावास्थित श्री दिपनारायण उच्च माध्यमिक विद्यालयको प्राङ्गण एक कार्यक्रमका बिच अर्जुन साहको अधयक्षतामा बाल क्लब सञ्जालले १२ सदस्यीय नयाँ कार्य समिति गठन गरेको हो ।

साहको अध्यक्षतामा गठन भएको नयाँ कार्यसमितिमा उपाध्यक्ष समसाद अंसारी, सचिव पुजा कुमारी, सह–सचिव दिनेश शर्मा, कोषा अध्यक्ष सिवाङ्गी गुप्ता, सह–कोषाध्यक्ष भवानी पटेल, सदस्यहरु चन्द्रमुखी कुमारी, मुकेश कुमार कलवार, सृजना ओझैया, हेदर अंसारी, अनिषा कुमारी, आरती चौधरी रहेने गरीे १२ सदस्यीय नयाँ कार्य समिति गठन भएको छ ।

कार्यक्रममा अध्यक्ष साहले बाल अधिकार सुनश्चितताका लागि लडेर आफ्नो आधिकार लिनु पर्ने बताएका थिए । बालबालिकाहरु कलिलो उमेरको हुने हुँदा उनीहरुलाई आफ्नो हित र अहितको विषयमा आफै निर्णय गर्न नसक्ने भएकोले बालबालिकाको हितको लागि राज्य तथा अभिभावकले महत्वपूर्ण भूमिका खेल्नु पर्ने अध्यक्ष साहको भनाई थियो ।

कार्यक्रममा प्रधानध्यापक शिवनाथ थारु, सहायक प्रधानध्यपक दिली बुढाथोकी, विक्रमजित साह, स्थानीय पत्रकार प्रमोद यादव लगायतको सहभागिता रहेको थियो ।

 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

थप समाचार

वीरगंजमा अव्यवस्थित बजार हटाउन महानगरको अल्टिमेटम, २१ दिनभित्र छपकैयामा सर्न निर्देशन

वीरगंज । वीरगंज महानगरपालिकाले सडक तथा सार्वजनिक स्थानमा जथाभावी सञ्चालन भइरहेका तरकारी तथा फलफूलका थोक बजार हटाउन व्यवसायीलाई २१ दिनको अल्टिमेटम दिएको छ ।...

पकाहाँ मैनपुरमा कांग्रेसका केन्द्रीय सदस्य क्षेत्रीलाई स्वागत तथा सम्मान

वीरगंज । नेपाली कांग्रेस पर्साका जिल्ला सभापति तथा नवनिर्वाचित केन्द्रीय सदस्य जनार्दन सिंह क्षेत्रीलाई पर्साको पकाह मैनपुर गाउँपालिका–३ मा आयोजित एक कार्यक्रमबीच स्वागत तथा...

वीरगंजका बैंकलाई सांसद पन्तको आग्रह : यहाँको नाफाको सीएसआर यहीँ खर्च गरौँ

वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साका सभापति एवं प्रतिनिधिसभा सदस्य हरि पन्तले वीरगन्जमा व्यवसाय सञ्चालन गरी नाफा कमाइरहेका बैंकहरूलाई आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्व...