Date
सोम, भदौ २९, २०८३
Mon, September 14, 2026

सखुवा प्रसौनीमा बाल क्लब सञ्जालको नयाँ कार्य समिति गठन

spot_img
spot_img

वीरगंज । पर्साको सखुवा प्रसौनी गाउँपालिकामा बाल क्लब सञ्जालको नयाँ कार्य समिति गठन भएको छ । बिहीबार श्रीपुर पाँचगावास्थित श्री दिपनारायण उच्च माध्यमिक विद्यालयको प्राङ्गण एक कार्यक्रमका बिच अर्जुन साहको अधयक्षतामा बाल क्लब सञ्जालले १२ सदस्यीय नयाँ कार्य समिति गठन गरेको हो ।

साहको अध्यक्षतामा गठन भएको नयाँ कार्यसमितिमा उपाध्यक्ष समसाद अंसारी, सचिव पुजा कुमारी, सह–सचिव दिनेश शर्मा, कोषा अध्यक्ष सिवाङ्गी गुप्ता, सह–कोषाध्यक्ष भवानी पटेल, सदस्यहरु चन्द्रमुखी कुमारी, मुकेश कुमार कलवार, सृजना ओझैया, हेदर अंसारी, अनिषा कुमारी, आरती चौधरी रहेने गरीे १२ सदस्यीय नयाँ कार्य समिति गठन भएको छ ।

कार्यक्रममा अध्यक्ष साहले बाल अधिकार सुनश्चितताका लागि लडेर आफ्नो आधिकार लिनु पर्ने बताएका थिए । बालबालिकाहरु कलिलो उमेरको हुने हुँदा उनीहरुलाई आफ्नो हित र अहितको विषयमा आफै निर्णय गर्न नसक्ने भएकोले बालबालिकाको हितको लागि राज्य तथा अभिभावकले महत्वपूर्ण भूमिका खेल्नु पर्ने अध्यक्ष साहको भनाई थियो ।

कार्यक्रममा प्रधानध्यापक शिवनाथ थारु, सहायक प्रधानध्यपक दिली बुढाथोकी, विक्रमजित साह, स्थानीय पत्रकार प्रमोद यादव लगायतको सहभागिता रहेको थियो ।

 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

थप समाचार

मधेशमा ७७४ अस्थायी स्वास्थ्यकर्मीको कामकाजमा रोक

राजविराज । मधेश प्रदेशका स्वास्थ्य संस्थामा अस्थायी दरबन्दीमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीलाई कामकाजमा नखटाउन तथा हाजिर नगराउन प्रदेश सरकारले निर्देशन दिएको छ। मधेश प्रदेश...

उपनेश चौरसिया तरुण दल पर्साको उपाध्यक्षमा नियुक्त

वीरगंज । नेपाल तरुण दल पर्सा जिल्ला कार्यसमितिको उपाध्यक्षमा उपनेश कुमार चौरसिया नियुक्त भएका छन्। नेपाल तरुण दल पर्साका जिल्ला अध्यक्ष बालमीकी यादवले जिल्ला कार्यसमितिलाई...

सुधीर पटेलको नेतृत्वमा धादिङका बाढीपीडितलाई १५ लाखको राहत सामग्री वितरण

वीरगंज । जेन–जी पर्सा तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का युवा नेता सुधीर पटेलले धादिङको गजुरी गाउँपालिकाका बाढीपीडित परिवारलाई करिब १५ लाख रुपैयाँ बराबरको...