Date
सोम, भदौ २९, २०८३
Mon, September 14, 2026

बाराको परवानीपुरमा पनि नेपाली कांग्रेसद्धारा बिरोध प्रदर्शन

spot_img
spot_img

वीरगंज । बाराको परवानीपुर गाउँपालिकामा पनि नेपाली कांग्रेसको बिरोध ¥याली तथा बिरोध सभा सम्पन्न भएको छ ।

नेपाली कांग्रेसको केन्द्रिय कमिटिको निर्णय अनुसार संसद विघटन बिरुद्ध देशैभरी भईरहेको प्रदर्शनको क्रममा बिहीबार परवानीपुर गाउँपालिका वडा नं ५ बहुअरीमा पनि विरोध ¥याली तथा विरोध सभा कार्यक्रम सम्पन्न भएको हो ।

मोटोरसाईकल जुलुशसहति वडा परिक्रममा गरी कोण सभामा परिण्त भएको थियो । कोण सभालाई सम्बोधन गर्दै परवानीपुर गाउँपालिकाका महाधिवेशन प्रतिनिधि जगदिश प्रसाद गुप्ताले वर्तमान सरकार भ्रष्टाचार र बैमनिमा डुबेको आरोप लगाए ।

बिरोध कार्यक्रमका प्रमुख अतिथि समेत रहेका गुप्ताले ओली नेतृत्व सरकारको रवैया हेर्दा तोकिएको मितिमा निर्वाचन हुनेमा पनि आशंका रहेको आरोप लगाए ।

परवानीपुर गाउँपालिकाका मेयर पदका उम्मेदवार लालबाबु यादवले नेपाली कांग्रेस पार्टी बर्गजको रुख जस्तो पार्टी भएको बताउँदै मुलुकलाई सुशासनसहितको समृद्ध बनाउन कांगै्स बाहेक बिकल्प नरहेको दाबी गरे । सबै वर्ग, हिन्दु, मुस्लिम, मधेशी, पहाडी आदि सबैजातिलाई साथमा लिएर हिड्ने पार्टी नेपाली कांग्रेस नै भएकोले युवाहरुलाई पनि साथ दिन आग्रह गरे ।

पूर्व गाविस अध्यक्ष किशोर पटेलको अध्यक्षतामा भएको कार्यक्रममा बिशिष्ट अतिथि लालबाबु यादव, प्रभु पटेल, अतिथि परवानीपुर गाउँपालिका वडा नं. ४ का एकाई कमिटि अध्यक्ष महन्थ राम, युवा नेता लोहा सिंह, गौरी साह, योगेन्द्र साह, रामानन्द साह लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रमका सहजीकरण राजकिशोर गुप्ताले गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

थप समाचार

मधेशमा ७७४ अस्थायी स्वास्थ्यकर्मीको कामकाजमा रोक

राजविराज । मधेश प्रदेशका स्वास्थ्य संस्थामा अस्थायी दरबन्दीमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीलाई कामकाजमा नखटाउन तथा हाजिर नगराउन प्रदेश सरकारले निर्देशन दिएको छ। मधेश प्रदेश...

उपनेश चौरसिया तरुण दल पर्साको उपाध्यक्षमा नियुक्त

वीरगंज । नेपाल तरुण दल पर्सा जिल्ला कार्यसमितिको उपाध्यक्षमा उपनेश कुमार चौरसिया नियुक्त भएका छन्। नेपाल तरुण दल पर्साका जिल्ला अध्यक्ष बालमीकी यादवले जिल्ला कार्यसमितिलाई...

सुधीर पटेलको नेतृत्वमा धादिङका बाढीपीडितलाई १५ लाखको राहत सामग्री वितरण

वीरगंज । जेन–जी पर्सा तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का युवा नेता सुधीर पटेलले धादिङको गजुरी गाउँपालिकाका बाढीपीडित परिवारलाई करिब १५ लाख रुपैयाँ बराबरको...