Date
बिहि, कार्तिक १३, २०८३
Thu, October 29, 2026

बाराको परवानीपुरमा पनि नेपाली कांग्रेसद्धारा बिरोध प्रदर्शन

spot_img
spot_img

वीरगंज । बाराको परवानीपुर गाउँपालिकामा पनि नेपाली कांग्रेसको बिरोध ¥याली तथा बिरोध सभा सम्पन्न भएको छ ।

नेपाली कांग्रेसको केन्द्रिय कमिटिको निर्णय अनुसार संसद विघटन बिरुद्ध देशैभरी भईरहेको प्रदर्शनको क्रममा बिहीबार परवानीपुर गाउँपालिका वडा नं ५ बहुअरीमा पनि विरोध ¥याली तथा विरोध सभा कार्यक्रम सम्पन्न भएको हो ।

मोटोरसाईकल जुलुशसहति वडा परिक्रममा गरी कोण सभामा परिण्त भएको थियो । कोण सभालाई सम्बोधन गर्दै परवानीपुर गाउँपालिकाका महाधिवेशन प्रतिनिधि जगदिश प्रसाद गुप्ताले वर्तमान सरकार भ्रष्टाचार र बैमनिमा डुबेको आरोप लगाए ।

बिरोध कार्यक्रमका प्रमुख अतिथि समेत रहेका गुप्ताले ओली नेतृत्व सरकारको रवैया हेर्दा तोकिएको मितिमा निर्वाचन हुनेमा पनि आशंका रहेको आरोप लगाए ।

परवानीपुर गाउँपालिकाका मेयर पदका उम्मेदवार लालबाबु यादवले नेपाली कांग्रेस पार्टी बर्गजको रुख जस्तो पार्टी भएको बताउँदै मुलुकलाई सुशासनसहितको समृद्ध बनाउन कांगै्स बाहेक बिकल्प नरहेको दाबी गरे । सबै वर्ग, हिन्दु, मुस्लिम, मधेशी, पहाडी आदि सबैजातिलाई साथमा लिएर हिड्ने पार्टी नेपाली कांग्रेस नै भएकोले युवाहरुलाई पनि साथ दिन आग्रह गरे ।

पूर्व गाविस अध्यक्ष किशोर पटेलको अध्यक्षतामा भएको कार्यक्रममा बिशिष्ट अतिथि लालबाबु यादव, प्रभु पटेल, अतिथि परवानीपुर गाउँपालिका वडा नं. ४ का एकाई कमिटि अध्यक्ष महन्थ राम, युवा नेता लोहा सिंह, गौरी साह, योगेन्द्र साह, रामानन्द साह लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रमका सहजीकरण राजकिशोर गुप्ताले गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

थप समाचार

वीरगंजमा अव्यवस्थित बजार हटाउन महानगरको अल्टिमेटम, २१ दिनभित्र छपकैयामा सर्न निर्देशन

वीरगंज । वीरगंज महानगरपालिकाले सडक तथा सार्वजनिक स्थानमा जथाभावी सञ्चालन भइरहेका तरकारी तथा फलफूलका थोक बजार हटाउन व्यवसायीलाई २१ दिनको अल्टिमेटम दिएको छ ।...

पकाहाँ मैनपुरमा कांग्रेसका केन्द्रीय सदस्य क्षेत्रीलाई स्वागत तथा सम्मान

वीरगंज । नेपाली कांग्रेस पर्साका जिल्ला सभापति तथा नवनिर्वाचित केन्द्रीय सदस्य जनार्दन सिंह क्षेत्रीलाई पर्साको पकाह मैनपुर गाउँपालिका–३ मा आयोजित एक कार्यक्रमबीच स्वागत तथा...

वीरगंजका बैंकलाई सांसद पन्तको आग्रह : यहाँको नाफाको सीएसआर यहीँ खर्च गरौँ

वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साका सभापति एवं प्रतिनिधिसभा सदस्य हरि पन्तले वीरगन्जमा व्यवसाय सञ्चालन गरी नाफा कमाइरहेका बैंकहरूलाई आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्व...