Date
बुध, भदौ १७, २०८३
Wed, September 2, 2026

संसद बिघटनको बिरोधमा जसपाद्वारा पोखरियामा बिरोध प्रदर्शन

spot_img
spot_img

बीरगञ्ज । पर्साको पोखरिया नगरपालिकामा जनता समाजवादी पार्टीले संसद विघटनको विरुद्धमा विरोध प्रदर्शन गरेको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि विघठित संसद पर्सा क्षेत्र न. ३ का प्रतिनिधि सभा सदस्य हरी नारायण रौनियारले संसद विघटन पुर्ण रुपमा असंवैधानिक र गैर राजनितिक भएको बताए ।

जसपाका केन्द्रिय सदस्य समेत रहेका रौनियारले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानले नदिएको कानुनलाई प्रयोग गरी संसद विघटन गरेर देशलाई दुर्गतितर्फ धकेलेको टिप्पणी गरे ।  जसपाले देशब्यापी रुपमा संसद पुर्नस्थापना हुनुपर्ने माग गर्दै विरोध प्रदर्शन गरीरहेको उनले वताए ।

पर्सा क्षेत्र न. १ का प्रतिनिधि सभा सदस्य प्रदिप यादबले १ महिना भित्र प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो ठाउँमा आउने वताए । नेकपाको सरकार भ्रष्टाचारमा लिप्त रहेको र हरेक ठाउँमा आफ्ना आसेपासेलाई मात्रै राखेर संवैधानिक निकाय कब्जा गरी देशमा निरङ्कुशता लाद्ने योजना असफल पार्न जसपा सडकमा उत्रिएको यादबको भनाई थियाे ।

जनता समाजवादी पार्टी पर्साका अध्यक्षद्वय रामनरेश यादब र जगदिश प्रसाद पटेलको सयुँक्त सभापतित्वमा भएको कार्यक्रममा प्रदेश सभा सदस्यहरु प्रहलाद गिरी, रमेश पटेल, मञ्जुर अन्सारी, भिमा यादब, जसपाका नेताहरु सुरेन्द्र कुर्मी, शिव पटेल, शशिकपुर मियाँ, पुरुषोत्तम झा, नेजामोदिन समानी, रामचन्द्र पयिडत लगायतको उपस्थिती रहेको थियो ।

कार्यक्रममा जसपा पर्साका सचिब तबरेज अहमदले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

सो अवसरमा नेपाल कम्युनिष्ट पार्टी नेकपा र नेपाली काङ्ग्रेस पार्टी परित्याग गरी १ सय भन्दा धेरैले जसपामा प्रवेश गरेका थिए । दोस्रो चरणको कार्यक्रम अन्र्तगत आज अन्तिम दिन विरोध प्रदर्शन गरिएको हो । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

विपद्मा सुरक्षाकर्मीसँगै जनपरिचालन पनि हुनुपर्छः संयोजक दाहालले

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय विपत्तिको अवस्थामा सरकारले सबै पक्षलाई विश्वासमा लिएर अघि बढ्नुपर्ने बताउनुभएको छ । प्रतिनिधिसभाको आजको...

बिश्रामपुरका ११ वर्षीय बालकको अपहरणपछि हत्या, १७ वर्षीय किशोर पक्राउ

बारा । बाराको बिश्रामपुर गाउँपालिका वडा नम्बर ३ मुसहर्वाका ११ वर्षीय राजेश कुमार साहको अपहरणपछि हत्या गरिएको घटनामा एक १७ वर्षीय किशोर पक्राउ परेका...

तरुण दल पर्साको कोषाध्यक्षमा विराज साह नियुक्त

वीरगंज । नेपाल तरुण दल पर्साको कोषाध्यक्षमा विराज साह नियुक्त भएका छन् । नेपाल तरुण दल पर्साका अध्यक्ष बाल्मिकी यादवले साहलाई कोषाध्यक्ष पदमा नियुक्त गरेका...