Date
शुक्र, अशोज ३०, २०८३
Fri, October 16, 2026

सखुवा प्रसौनीमा दलित अधिकारको लागि दलित दबाव समुह गठन

spot_img
spot_img

वीरगंज । पर्साकाे सखुवाप्रसौनी गाउँपालिका वडा -२, सखुवाप्रसौनीमा दलित अधिकारको लागि दलित दबाब समुह गठन गरिएको छ । पिसफोर दलितस फाउन्डेसन नेपाल, प्रदेश -२ को आयोजनामा साेमबार भएकाे दलित समुदायको भेला गरि वडास्तरिय दलित दबाव समुह गठन गरिएकाे फाउन्डेसन नेपालको अध्यक्ष मनोज रामले वताए ।

प्रमेन्द्र पासवान संयोजकत्वमा १३ सदस्यीय समिति गठन गरिएको उनले जानकारी गराए । जुन समुहको सह संयोजक अशोक दुसाद, सदस्य धर्मेन्द्र मुसहर, तपेन्द्र महरा, मुन्ना मुसहर, शान्ति देवी पासवान, चनराउति देवी, धर्मेन्द्र माझी, पानमती देवी, मदोदरी देवी, पार्वती देवी, भिखारी देवी, बनिया देवी, कोसिला देवी लगायतका रहेका छन् ।

दलित समुदाय माथि भैइरहेको हिंसा, हत्या, विभेदको विरुद्ध आवाज उठाउन दलित दबाब समुह गठन गरिएको जनाइएकाे छ । 

भेलाले दलित समुदायको समस्या, दलित समुदायको अधिकारको लागि संघर्ष गर्न आवश्यक देखिएकाे निष्कर्ष समेत निकालेकाे छ । गाउँपालिकाबाट दलित समुदायले अहिलेसम्म सेवा सुबिधा नपाएको समेत उनीहरुकाे गुनासो रहेकोे छ ।

स्थानिय, प्रदेश र नेपाल सरकारलाई दलितको अधिकार लागि दबाब दिनको लागि वडा स्तरीय दबाब समुह गठन गरिएको दलित अभियन्ता समेत रहेका फाउन्डेनसका अध्यक्ष मनाेज रामले जानकारी दिए । सखुवा प्रसौनी गाउँपालिकाको ६ वटा वडामा वडा स्तरीय दलित दबाब समुह गठन गर्ने फाउन्डेसनकाे योजना रहेकोे उनले जानकारी गराए ।

भेलामा दलितको सामाजिक न्याय तथा सामाजिक स्वतन्त्रताको लागि १०१ दलित युवा नेतृत्व अभियानको संयोजक सुरेन्द्र पासवान, पिसफोर दलितस फाउन्डेसन नेपालको सदस्य संजोग राम, प्रदीप राम, दलित अगुवा हिरालाल राम, छनु पासवान लगायतको सहभागिता रहेकोे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

दसैँ–तिहारमा चिनी अभाव हुन नदिन सरकारको तयारी

काठमाडौँ । दसैँ, तिहारलगायतका चाडपर्वमा चिनीको अभाव हुन नदिन खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चिनीको मौज्दात व्यवस्थापन गरेको छ। कम्पनीसँग हाल झन्डै २२...

चार हजार ९९९ मै टेलिकमको फाइबर इन्टरनेट

काठमाडौँ । सरकारी स्वामित्वको नेपाल टेलिकमले आजदेखि चार हजार ९९९ मै ३० एमबिपिएसको इन्टरनेट सेवा उपलब्ध गराउने भएको छ । निजी क्षेत्रका इन्टरनेट सेवा प्रदायकले...

चाडपर्वमा खाद्य स्वच्छता कायम गर्न व्यवसायीलाई विभागको निर्देशन

काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले दसैँ, तिहार र छठलगायतका चाडपर्वलाई लक्षित गर्दै होटल, रेष्टुरेन्ट, मिठाइ पसल तथा भोजनालय सञ्चालकलाई खाद्य स्वच्छता...