Date
सोम, भदौ २९, २०८३
Mon, September 14, 2026

युवालयद्वारा विपन्न परिवारलाई करिब ३ लाखको राहत वितरण

spot_img
spot_img

वीरगंज । युवालय नामक संस्थाले १ सय ३८ घर परिवारलाई करिब ३ लाख मुल्य बराबरको राहत सामाग्री वितरण गरेको छ । वीरगञ्ज महानगरपालिकाको समन्वय तथा इम्प्रुभिङग लाईभ्स इन नेपालको आर्थिक सहयोगमा युवालयले वीरगञ्ज महानगरपालिका वडा न.२७ उदयपुरघुर्मी र २९ बसडिलवाका १ सय ३८ परिवारलाई राहत सामाग्री वितरण गरेको हो ।

उदयपुरघुर्मिका ८८ जना र बसडिलवाका ५० परिवारलाई राहतस्वरुप खाद्यान्न सामाग्री वितरण गरिएको युवालयका कार्यसमिति सदस्य जया साहले जानकारी दिनुभयो ।

प्रति परिवार १५ केजी चामल, १ केजी मसुर दाल, रहरको दाल १ केजी, चना १ केजी, १ लिटर तेल, १ केजी नुन, १ केजी मकै, नुहाउने र कपडा धुने साबुन १र१ पिस, शिशुहरुको लागी लिठो १ प्याकेटसहितको राहत प्याकेज वितरण गरिएको हो ।

त्यसैगरी वडा न. २९ बसडिलवामा वडा अध्यक्ष धर्मेन्द्र प्रसाद महतो, वडा सचिब शेर महमद मियाँ, वडा सदस्य भंगिमा देवी चमैन, स्थानीय गोपाल प्रसाद यादब लगायतको रोहबरमा राहत वितरण गरिएको हो ।

कोभिड कालमा विशेष गरी गर्भवति, सुत्केरी तथा बालबालिकाहरुलाई विभिन्न राहतका सामाग्री वितरण गर्दै आएका युवालय संस्थाले लकडाउन यता दैनिक ज्यालादारी गरी खानेहरुको दैनिय हुँदा पनि कसैको ध्यान नगएपछि ३ लाख मुल्य बराबरको राहत सामाग्री वितरण गरेको छ ।

राहत वितरण कार्यक्रमलाई सम्बोधन गर्दै युवा नेता एवम् सामाजिक अभियानता ओमप्रकाश सर्राफले शहरी क्षेत्रभन्दा पनि ग्रामिण क्षेत्रलाई प्राथमिकतामा राखेर गरीरहेका क्रियाकलाप अत्यन्तै सह्रानिय भएको बताउनुभयो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

थप समाचार

मधेशमा ७७४ अस्थायी स्वास्थ्यकर्मीको कामकाजमा रोक

राजविराज । मधेश प्रदेशका स्वास्थ्य संस्थामा अस्थायी दरबन्दीमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीलाई कामकाजमा नखटाउन तथा हाजिर नगराउन प्रदेश सरकारले निर्देशन दिएको छ। मधेश प्रदेश...

उपनेश चौरसिया तरुण दल पर्साको उपाध्यक्षमा नियुक्त

वीरगंज । नेपाल तरुण दल पर्सा जिल्ला कार्यसमितिको उपाध्यक्षमा उपनेश कुमार चौरसिया नियुक्त भएका छन्। नेपाल तरुण दल पर्साका जिल्ला अध्यक्ष बालमीकी यादवले जिल्ला कार्यसमितिलाई...

सुधीर पटेलको नेतृत्वमा धादिङका बाढीपीडितलाई १५ लाखको राहत सामग्री वितरण

वीरगंज । जेन–जी पर्सा तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का युवा नेता सुधीर पटेलले धादिङको गजुरी गाउँपालिकाका बाढीपीडित परिवारलाई करिब १५ लाख रुपैयाँ बराबरको...