वीरगंज । मनवा बचत तथा ऋण सहकारी संस्था लि. को ११ औं वार्षिक सधारण सभा सम्पन्न भएको छ ।
पर्सागढी नगरपालिका–१ मनवा बजारमा एक कार्यक्रमका बिच ११ औं बार्षिक साधारण सभा सम्पन्न भएको हो । संस्थाको अध्यक्ष गिरी राज कंडेल को अध्यक्षता मा भएको कार्यक्रममा पर्सा नगरपालिकाको प्रमुख लोकनारायण यादवले वार्षिक साधारण सभाको उद्घाटन गरेका थिए ।
कार्यक्रममा मेयर यादवले सहकारीले हरेक क्षेत्रमा विकास गर्ने सघाएको बताए । उनले सहकारी मार्फत विभिन्न सिप सिकेर पनि कृषि क्षेत्रमा काम गरेर बेरोजगारीको समस्या समाधान गर्न सक्ने बताए । कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका यादवले बचतले आर्थिक सुधार गर्नुको साथ साथै यसले उच्च शिक्षा हासिल गर्नमा पनि सहयोग हुने धारणा राखे ।
कार्यक्रममा संस्थाका सचिव अमृत कुमार ओझाले आर्थिक प्रतिवेदन र कोषाध्यक्ष रामजन्म प्रसाद चौधरीले वार्षिक आय व्यय प्रस्तुत गरेका थिए ।
उदघाटन समारोहमा संस्थाले आषाढ मसान्तसम्मको शेयर पुँजी २६६८९००।– (छबिस लाख अणसठि हजार नौ सय) जगेडा कोष, ७०७४४९।– ंं(सात लाख सात हजार चार सय उननचास रुपैयाँ), बचत तथा निक्षेप ४२८४४८६।– (बेयालीस लाख चौरासी हजार चार सय छयासी रूपैयाँ), बचत कर्ता दुई सय जना, ऋणी लगानी एक सय चौतीस जना रहेको सार्वजनिक गरेको थियो ।
बार्षिक साधारण सभामा उत्कृष्ट बचतकर्ता फुलकुमार सहनी र असल ऋणी मनोज राउत थारूलाई नगर प्रमुख लोकनारायण यादब र नेफ्स्कूनका ब्रिजेश गुप्ताले दोसल्ला ओढाएर सम्मान गरेका थिए ।
बिशिष्ट अतिथि केन्द्रीय संचालक समिति सदस्य हरेराम पटेल, जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष राजेश पंडित, पर्सागढी नगरपालिका तुलाराम महतो, वडाअध्यक्ष बेदमन दास थारु, वडाध्यक्ष राम नारायण प्रसाद गौरौ, नेफ्स्कून जिल्ला शाखा प्रबन्धक ब्रिजेश गुप्ता लगायतका उपस्थिति रहेको थियो ।
कार्यक्रममा स्वागत मन्तब्य फलेष्टर राय र सहजिकरण रामजनम चौधरीले गरेका थिए ।








