Date
बिहि, कार्तिक १३, २०८३
Thu, October 29, 2026

विन्दवासिनी र छिपहरमाईमा नेपाली कांग्रेसको भेला सम्पन्न

spot_img
spot_img

वीरगंज । पर्साको विन्दवासिनी गाउँपालिकामा नेपाली कांग्रेसको बैठक सम्पन्न भएको छ ।  बुधबार नेपाली कांग्रेस बिन्दवासिनी गाउपालिकाका संयोजक बिबेक कुमार चौरसियाको अध्यक्षतामा विभिन्न निर्णय गरी बैठक सम्पन्न भएको हो ।

बैठकले संसद विघटन असंवैधानिक कदम भएकोले पार्टीको केन्द्रिय निर्णय अनुसार पालिका स्तरीय बिरोध कार्यक्रम अन्तर्गत माघ ३ गते पालिका क्षेत्रमा मोटरसाईकल ¥याली निकाल्ने र प्रसौनी भाठ्ठामा कोण सभ ागर्ने निर्णय गरेको छ । माघ ८ गते पालिकाको हरेक वडामा वडास्तरीय प्रदर्शन गर्ने निर्णय गरेको हो ।

यसैगरी छिपहरमाई गाउँपालिकामा पनि माघ ३ गते मोटरसाईकल ¥याली निकाली संसद विघटनको बिरुद्ध प्रर्दशन गरिने निर्णय गरिएको छ । नेपाली कांग्रेस छिपहरमाई गाउँका संयोजक धुरेन्द्र साह कानुको अध्यक्षतामा आज बसेको बैठकले सरकार बिरुद्ध बिरोध प्रर्दशन गर्ने निर्णय गरेको छ ।

बैठकमा बोल्दै नेपाली कांग्रेस पर्साका जिल्ला सदस्य नबिद सिंहले संसद बिघटन असंवैधानिक रहेको बताउँदै यसले लोकतन्त्रमा सिधै प्रहार भएको आरोप लगाए । संविधानमा व्यवस्था नै नभएको दफालाई प्रयोग गरि प्रधानमन्त्रीले संसद विघटन गर्नु संविधानको अपमान भएको बताए ।

पार्टीभित्रको आपसी लडाईमा देश र जनताको ख्याल नै नगरी मुलुकलाई अस्तव्यस्त बनाउने प्रधानमन्त्री ओलीले देश चलाउन नसक्ने छर्लङ्ग भएको बताउँदै नेता सिंहले मुलुकलाई स्थायित्व विकासमा लैजना नेपाली कांग्रेसको विकल्प नभएको दाबी गरे ।
बैठकमा नेका छिपहरमाई गाउँपालिकाको पाँचै वडाका बुथ सभापति तथा वडाअध्यक्षका उम्मेदवारहरुको उपस्थिति रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

थप समाचार

वीरगंजमा अव्यवस्थित बजार हटाउन महानगरको अल्टिमेटम, २१ दिनभित्र छपकैयामा सर्न निर्देशन

वीरगंज । वीरगंज महानगरपालिकाले सडक तथा सार्वजनिक स्थानमा जथाभावी सञ्चालन भइरहेका तरकारी तथा फलफूलका थोक बजार हटाउन व्यवसायीलाई २१ दिनको अल्टिमेटम दिएको छ ।...

पकाहाँ मैनपुरमा कांग्रेसका केन्द्रीय सदस्य क्षेत्रीलाई स्वागत तथा सम्मान

वीरगंज । नेपाली कांग्रेस पर्साका जिल्ला सभापति तथा नवनिर्वाचित केन्द्रीय सदस्य जनार्दन सिंह क्षेत्रीलाई पर्साको पकाह मैनपुर गाउँपालिका–३ मा आयोजित एक कार्यक्रमबीच स्वागत तथा...

वीरगंजका बैंकलाई सांसद पन्तको आग्रह : यहाँको नाफाको सीएसआर यहीँ खर्च गरौँ

वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साका सभापति एवं प्रतिनिधिसभा सदस्य हरि पन्तले वीरगन्जमा व्यवसाय सञ्चालन गरी नाफा कमाइरहेका बैंकहरूलाई आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्व...