Date
सोम, भदौ २९, २०८३
Mon, September 14, 2026

विन्दवासिनी र छिपहरमाईमा नेपाली कांग्रेसको भेला सम्पन्न

spot_img
spot_img

वीरगंज । पर्साको विन्दवासिनी गाउँपालिकामा नेपाली कांग्रेसको बैठक सम्पन्न भएको छ ।  बुधबार नेपाली कांग्रेस बिन्दवासिनी गाउपालिकाका संयोजक बिबेक कुमार चौरसियाको अध्यक्षतामा विभिन्न निर्णय गरी बैठक सम्पन्न भएको हो ।

बैठकले संसद विघटन असंवैधानिक कदम भएकोले पार्टीको केन्द्रिय निर्णय अनुसार पालिका स्तरीय बिरोध कार्यक्रम अन्तर्गत माघ ३ गते पालिका क्षेत्रमा मोटरसाईकल ¥याली निकाल्ने र प्रसौनी भाठ्ठामा कोण सभ ागर्ने निर्णय गरेको छ । माघ ८ गते पालिकाको हरेक वडामा वडास्तरीय प्रदर्शन गर्ने निर्णय गरेको हो ।

यसैगरी छिपहरमाई गाउँपालिकामा पनि माघ ३ गते मोटरसाईकल ¥याली निकाली संसद विघटनको बिरुद्ध प्रर्दशन गरिने निर्णय गरिएको छ । नेपाली कांग्रेस छिपहरमाई गाउँका संयोजक धुरेन्द्र साह कानुको अध्यक्षतामा आज बसेको बैठकले सरकार बिरुद्ध बिरोध प्रर्दशन गर्ने निर्णय गरेको छ ।

बैठकमा बोल्दै नेपाली कांग्रेस पर्साका जिल्ला सदस्य नबिद सिंहले संसद बिघटन असंवैधानिक रहेको बताउँदै यसले लोकतन्त्रमा सिधै प्रहार भएको आरोप लगाए । संविधानमा व्यवस्था नै नभएको दफालाई प्रयोग गरि प्रधानमन्त्रीले संसद विघटन गर्नु संविधानको अपमान भएको बताए ।

पार्टीभित्रको आपसी लडाईमा देश र जनताको ख्याल नै नगरी मुलुकलाई अस्तव्यस्त बनाउने प्रधानमन्त्री ओलीले देश चलाउन नसक्ने छर्लङ्ग भएको बताउँदै नेता सिंहले मुलुकलाई स्थायित्व विकासमा लैजना नेपाली कांग्रेसको विकल्प नभएको दाबी गरे ।
बैठकमा नेका छिपहरमाई गाउँपालिकाको पाँचै वडाका बुथ सभापति तथा वडाअध्यक्षका उम्मेदवारहरुको उपस्थिति रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

थप समाचार

मधेशमा ७७४ अस्थायी स्वास्थ्यकर्मीको कामकाजमा रोक

राजविराज । मधेश प्रदेशका स्वास्थ्य संस्थामा अस्थायी दरबन्दीमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीलाई कामकाजमा नखटाउन तथा हाजिर नगराउन प्रदेश सरकारले निर्देशन दिएको छ। मधेश प्रदेश...

उपनेश चौरसिया तरुण दल पर्साको उपाध्यक्षमा नियुक्त

वीरगंज । नेपाल तरुण दल पर्सा जिल्ला कार्यसमितिको उपाध्यक्षमा उपनेश कुमार चौरसिया नियुक्त भएका छन्। नेपाल तरुण दल पर्साका जिल्ला अध्यक्ष बालमीकी यादवले जिल्ला कार्यसमितिलाई...

सुधीर पटेलको नेतृत्वमा धादिङका बाढीपीडितलाई १५ लाखको राहत सामग्री वितरण

वीरगंज । जेन–जी पर्सा तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का युवा नेता सुधीर पटेलले धादिङको गजुरी गाउँपालिकाका बाढीपीडित परिवारलाई करिब १५ लाख रुपैयाँ बराबरको...