Date
सोम, भदौ २९, २०८३
Mon, September 14, 2026

श्रीमद भागवत धन धान्याचंल सप्ताह ज्ञान महायज्ञ सम्पन्न

spot_img
spot_img

वीरगंज । पर्सागढी नगरपालिकाकाे वडा नं. ३ बढनियारमा आयाेजित श्रीमद भागवत धन धान्याचंल सप्ताह ज्ञान महायज्ञ सम्पन्न भएकाे छ ।

असहाय बृद्ध/बृद्धाकाे लागि आश्रमकाे भवन निर्माण हेतु  पुस १५ गते देखी सुरु भएकाे महायज्ञ बिहिबार सम्पन्न भएकाे हाे । 

महायज्ञ समापन्न समाराेलाई सम्बाेधन गर्दै प्रदेश सभा सदस्य (सांसद) राजेश्वर साहले आश्रम निर्माणकाे लागि आफ्नाे व्यक्तिगत तर्फबाट एक लाख ११ हजार सहयाेग गर्ने घाेषण गरे ।

समापन्न समाराेहका प्रमुख आतिथी समेत रहेका सांसद साहले त्यसकाे वाहजुद पनि आश्रम निर्माणमा घटेकाे रकम सहयाेग गर्ने प्रतिबद्धता जनाए । महायज्ञकाे उद्घाटन सांसद साहले नै गरेका थिए ।

महायज्ञ मुल आयाेजक समितिका अध्यक्ष अशाेक बुर्लाकाेटीकाे अध्यक्षतामा भएकाे समापन्न समाराेहमा पर्सागढी नगरपालिकाकी उप मेयर अर्चना चाैधरी, वडाध्यक्षहरु बेदमन दास थारु, उद्व बहादुर उप्रेती, वीरगंज २८ का कांग्रेसका सभापति सरजुग महताे, श्याम चाैधरी लगायतकाे सहभागिता रहेकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

सरकारी भवनलाई बीमाको दायरामा ल्याउने तयारी

हेटौँडा । बागमती प्रदेश सरकारले प्रदेश मातहतका सरकारी भवनलाई बीमाको दायरामा ल्याउने तयारी गरेको छ । प्राकृतिक विपद् तथा अन्य जोखिमबाट सरकारी संरचनामा हुनसक्ने...

महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन कांग्रेसका महामन्त्री पौडेलको आह्वान

ललितपुर । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण पार्टी सदस्य, समर्थक तथा शुभेच्छुकलाई आह्वान...

एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता

काठमाडौँ । ‘एसिसी प्रिमियर कप २०२६’को उपाधि विजेता नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फिर्ता भएको छ । उक्त टोली आइतबार अबेर काठमाडौँ आइपुगेको...