Date
शनि, साउन २३, २०८३
Sat, August 8, 2026

एम.आई‍‍‍.एस. अपरेटर तथा फिल्ड सहायकहरुकाे समिति गठन, भाेली ज्ञापन पत्र बुझाउने

spot_img
spot_img

वीरगंज । पर्साकाे स्थानिय तहहरुकाे सेवा एकाईमा कार्यरत एम‌.आई.एस. अपरेटर तथा फिल्ड सहायकहरुकाे भेला आज वीरगंजमा सम्पन्न भएकाे छ ।

वीरगंज श्रीपुरस्थित सम्झना हाेटलमा भएकाे भेलाले मनाेज राउत थारुकाे अध्यक्षतामा १७ सदस्यिय एम‌.आई.एस. अपरेटर तथा फिल्ड सहायक समिति गठन गरेकाे छ । जुन समितिकाे उपाध्यक्ष अमिरिता साह, सचिव श्याम प्रसाद कुशवाहा, काेषाध्यक्ष जितेन्द्र यादव चयन भएका छन् ।

यस्तै सदस्यहरुमा बिनाेद साह, रंजन कुमार गुप्ता, अजय कुमार, अनु कुमारी, सविता तिमिल्सिना, चन्दशेखर यादव, सावन कुमार गुप्ता, ओमप्रकाश महताे, भिस्म राज खतरी, लक्ष्मण साह, आशिष कुमार कुशवाहा, प्रविन्द्र साह, इब्राहिम अंसारी रहेका छन् ।

नव गठित समितिकाे आजै बसेकाे बैठकले भाेली (आइतबार) जिल्ला प्रशासन कार्यालय पर्सामा ज्ञापन पत्र बुझाउने निर्णय गरेकाे छ ।

कालिकामाई गाउँपालिकाकाे सेवा ईकाइमा कार्यरत एम‍.आई.एस अपरेटर र फिल्ड सहायककाे म्याद सकेकाे एक महिना वितिसक्दा पनि हाल सम्म थप नभएकाेले ज्ञापन पत्र बुझाउने निर्णय भएकाे नव गठित समितिका अध्यक्ष थारुले जानकारी दिए ।

गृह मन्त्रालय मातहका राष्ट्रयि परिचयपत्र तथा पंजीकरण विभागले म्याद थप्न स्विकृत सहितकाे निर्देशन दिए पनि गाउँपालिकाले म्याद थप्न नमानेकाेले दबावकाे लागि ज्ञापन पत्र बुझाउन निर्णय भएकाे उनले जानकारी गराए ।

उनले भने “आज कालिकामाई गाउँपालिकामा यस्ताे समस्या आएकाे छ, भाेली अरु पालिकामा पनि आउन सकने भएकाेले हामी एउटा समिति नै गठन गरी त्यस्ताे कार्यकाे बिराेध र संघर्ष गर्ने निर्णय गरेका छाैं ।” 

विभागले मिति पुस १२ गते च.न. १३२१ भएको पत्र मार्फत गाउँपालिकाको पंजीकरण शाखामा कार्यरत रहेको एम.आई.एस अपरेटर र फिल्ड सहायकको म्याद थप गर्ने स्विकृत सहितको निर्देशन दिएको थियो । तर पुस १४ गते विभागको निर्देशन विपरित ति दुई कर्मचारीको म्याद थप नगर्न कार्यपालिकाबाट निर्णय भएको गाउँपालिका अध्यक्षले आफै एक पत्र लेखि जानकारी गराएका छन् ।

राष्ट्र व्यापी खुल्ला प्रतियोगिताबाट सेवा कारारमा न्युक्त भएका एम.आई.एस. अपरेटर लक्ष्मण साह र फिल्ड सहायक भेष साहको काम र प्रगति विवरण संतोषजनक नरहेको निर्णय भएकोले म्याद करार नविकरण गर्न नसकिने लेखिए पनि गाउँपालिका कै प्रशासन शाखाले मंसिर ८ गते कार्य सम्पादन संतोषजनक रहेको टिप्पणी आदेश दिएको छ ।

कालिकामाई गाउँपालिकाकाे गलत रवैयाले राष्ट्र व्यापी अभियान मै असर पर्ने भएकाेले हामी पर्साका एम.आई.एस. अपरेटर र फिल्ड सहयाकहरु एकताबद्ध भएकाे नव गठित समितिका काेषाध्यक्ष यादवले वताए । 

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजको मुख्य सडक विस्तार अभियान, अव ६० संरचना हटाउन मात्र बाँकी

वीरगंज । त्रिभुवन राजमार्गअन्तर्गत वीरगंजको मुख्य सडकको दायाँ–बायाँ २५/२५ मिटर क्षेत्र खाली गराउने अभियान अन्तिम चरणमा पुगेको छ । सडक डिभिजन कार्यालय हेटौंडाले थालेको...

नयाँ आर्थिक वर्ष र नयाँ प्रहरी नेतृत्व आए पनि रोकिएन कवाडी करको नाममा अवैध असुली

वीरगंज । नयाँ आर्थिक वर्ष सुरु भएसँगै पर्सा प्रहरीले नयाँ नेतृत्व पाए पनि त्रिभुवन राजमार्गअन्तर्गत ड्राइपोर्ट–परवानीपुर सडकखण्डमा कवाडी करको नाममा हुँदै आएको अवैध असुली...

सर्वस्वहरण भएको लोकतन्त्र स्थापित गर्न मोर्चा बनाएका हौं, सहकार्य लामो जान्छ : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले नेपालमा लोकतन्त्रको सवलीकरण नभई ‘सर्वस्वहरण’ भएको दाबी गर्दै वास्तविक लोकतन्त्र स्थापना गर्न...